२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छरितो सेवा प्रवाहले जगाउने आशा

छरितो सेवा प्रवाहले जगाउने आशा

छरितो सेवा प्रवाहले जगाउने आशा

छरितो सेवा प्रवाहले जगाउने आशा

छरितो सेवा प्रवाहले जगाउने आशा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • संघीय शासन प्रणाली स्थापना भएपछि स्थानीय तह नागरिकको घरदैलोको सरकारको रूपमा स्थापित भएको छ । संविधानले स्थानीय तहलाई सेवा प्रवाहको केन्द्र मानेको छ । संवैधानिक प्रबन्धअनुसार प्रदेश सरकार मझौला विकास आयोजना अघि बढाउने र संघीय सरकार ठूला विकास आयोजना अघि बढाउने जिम्मेवारी छ ।


    सेवा प्रवाहको केन्द्र स्थानीय तहको काम छिटो छरितो गर्न प्रविधिको प्रयोग र उपयोगलाई जोड दिइए पनि सूचना प्रविधिको ज्ञान र इन्टरनेटको सहज पहुँचको अभावले सेवा प्रभावकारितामा समस्या देखिएको छ । सेवा प्रवाहलाई छिटो छरितो गर्दा मात्रै सिंहदरबारको अधिकार नागरिकको घरदैलोमा पु¥याउन सकिन्छ । 


     पालिका कार्यालय स्थापना हुनु र राजनैतिक नेतृत्व स्थापित हुनु मात्रै शासन प्रणालीको आधार होइन । नागरिकले सरकार हुनुको अनुभूति प्राप्त गर्नु महत्वपूर्ण पक्ष हो । सेवा प्रवाहमा ढिलासुस्ती र नागरिकप्रति गर्ने व्यवहारले सरकारप्रतिको धारणा तयार हुन्छ । सेवा प्रवाहलाई छिटो छरितो बनाउन मानव संशाधन परिचानलले मात्रै संभव छैन । प्रविधिको पहुँच विस्तारले सहज र छरितो बनाउन सकिन्छ । प्रविधिको पहुँच विस्तार गर्न आवश्यक छ । नयाँ पुस्ता प्रविधिको प्रयोग गर्न अभ्यस्त छन्, तर पुरानो पुस्ता प्रविधिको प्रयोग गर्न कमजोर छन् । 


    नयाँ पुस्ताले प्रविधिको प्रयोग गरी जति सेवा प्रवाहको उपभोग गर्न सक्छन्, पुराना पुस्ताले प्रविधिको प्रयोग गर्न नसक्दा समस्या छ । स्थानीय तहले सेवा प्रवाहलाई छिटो छरितो बनाउन नागरिकले दिने निवेदन, जन्म, मृत्यु, विवाद दर्ता, नक्शा स्वीकृतिलगायतका काम विद्युतीय माध्यमलाई जोड दिएका छन् । स्थानीय तहमा पनि प्रविधि जानेको जनशक्तिको अभाव उत्तिकै छ । प्रविधिको प्रयोग गरिरहँदा त्यसले पारेको प्रभावको बारेमा अध्ययन गर्ने, कमजोरी सुधार गर्ने र विस्तारलाई अझँै जोड दिँदा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिन्छ । नागरिकका चुलिएका अपेक्षा एकातिर छन्, अर्काेतिर सरकारी कार्यालयमा सेवा प्रवाहमा ढिलासुस्तीले सरकारविरुद्ध आक्रोश छ । सेवा प्रवाहलाई छरितो पार्न र सुशासन कायम गर्न प्रविधिको विस्तार र सहज पहुँचलाई प्राथमिकता दिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij