२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भन्सार राजस्व बढाउने उपाय

भन्सार राजस्व बढाउने उपाय

भन्सार राजस्व बढाउने उपाय

भन्सार राजस्व बढाउने उपाय

भन्सार राजस्व बढाउने उपाय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • देशको दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा कुल लक्ष्यको ३५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको छ । गत वर्ष लक्ष्य पूरा गर्न नसकेपछि यो वर्ष राजस्व संकलनको लक्ष्य घटाइएको थियो । देशको आम्दानी भन्सार राजस्वमा निर्भर रहेको र भन्सार राजस्व अपेक्षित संकलन हुन नसकिरहेकोले त्यसको असर मुलुकको समग्र संरचनामा परिरहेको छ । चालु आवमा राजस्व संकलनमा सुधार आउने अपेक्षा गरिएको भए पनि अपेक्षित सुधार हुन सकेन् ।


    आयात–निर्यात हुने पहिलो वीरगञ्ज भन्सार कार्यालयपछि भैरहवा भन्सार कार्यालयले लगातार तीन वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन ।भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आव २०८०-०८१ मा १ खर्ब २७ अर्ब ८३ करोड ६६ लाख राजस्व संकलनको लक्ष्य दिएकोमा ८० अर्ब ७२ करोड अर्थात् लक्ष्यको ६३ दशमलव २४ प्रतिशत राजस्व संकलन भएको छ । आब २०७८-०७९ मा लक्ष्यको ९१ प्रतिशत र  २०७९-०८० मा लक्ष्यको ४९ प्रतिशत राजस्व संकलन भएको थियो । भन्सार राजस्वमा निर्भर देशको आम्दानी भन्सार राजस्व न्यून संकलन भएसँगै घटेको छ । आम्दानी घट्दा सरकारलाई चालु खर्च धान्न सकस परिरहेकोले विकास खर्च झन टाढाको विषय भएको छ ।


    अहिले आयात अपेक्षित सुधार हुन सकेको छैन । निर्यात पनि आशालाग्दो छैन । त्यसैको असर राजस्व संकलनमा परेको छ । आर्थिक मन्दीले व्यक्तिको उपभोग क्षमता बढ्न नसक्दा आयातमा सुधार हुन सकेको छैन । भारतमा सिमेन्ट, किलिङ्कर, प्लाइउड, अदुवालगायतको निकासी आशालाग्दो सुधार हुन सकेको छैन । भारतले नेपालको निर्यात व्यापारमा सहयोगी बनिरहेको छैन । अनेकौं व्यवधानलाई पन्छाउनुपर्ने झण्झटले नेपाली कृषि उत्पादन भारत निकासीमा अप्ठ्यारो छ । नेपाल–भारतबिचको खुला सीमाका कारण चोरी तस्करीले पनि अपेक्षित राजस्व संकलन भएको छैन । बजारमा सामान आउने, तर भन्सार विन्दु छलेर आउने प्रवृत्ति बढेकाले पनि राजस्व संकलन प्रभावित भएको छ । सीमा क्षेत्रमा चोरी तस्करी नियन्त्रण गर्न कडाइ गर्नका लागि सरोकारवाला निकायको समन्वयात्मक परिचालन आवश्यक छ । केही दिनअघि भैरहवामा भएको सुरक्षा गोष्ठीमा सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले चोरी तस्करी नियन्त्रण गर्न प्रहरी सक्रिय हुन निर्देशन दिएका थिए । त्यसपछि प्रहरीको सक्रियता बढेको र नियन्त्रणमा सुधार आएको तथ्याङ्क भेटिदैन ।


    अर्कोतर्फ सरकारले २०७८ पुष ५ गतेबाट लागू भएको अनिवार्य प्रतितपत्र (एलसी)खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेकाले पनि आयात न्यून हुँदा राजस्व संकलन प्रभावित भएको हो । यो व्यवस्था लागू हुनु अघि मंसिरसम्म राजस्व संकलन राम्रो देखिन्छ । प्रतितपत्र खोल्न नसक्ने साना व्यवसायीले आयात गर्न नसक्ने भए । सरकारी नीतिकै कारण पनि चोरी तस्करीलाई बल पुगेको छ । 


    प्रहरी युनिटबिचको सक्रिय परिचालनले तस्करी नियन्त्रण हुन सक्छ । भन्सार विन्दुभन्दा बाहिरबाट हुने आयातलाई रोक्न प्रहरी सक्रियता अनिवार्य छ । राजस्व सुधारका लागि भन्सार कार्यालयभित्रको आन्तरिक प्रशासन सुधार र जवाफदेहीता पनि उत्तिकै आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij