२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मदन भण्डारी गोल्डकपको तयारी पुरा, ट्रफि सार्वजनिक, प्रधानमन्त्रीले उद्धाटन गर्ने

मदन भण्डारी गोल्डकपको तयारी पुरा, ट्रफि सार्वजनिक, प्रधानमन्त्रीले उद्धाटन गर्ने

मदन भण्डारी गोल्डकपको तयारी पुरा, ट्रफि सार्वजनिक, प्रधानमन्त्रीले उद्धाटन गर्ने

मदन भण्डारी गोल्डकपको तयारी पुरा, ट्रफि सार्वजनिक, प्रधानमन्त्रीले उद्धाटन गर्ने

मदन भण्डारी गोल्डकपको तयारी पुरा, ट्रफि सार्वजनिक, प्रधानमन्त्रीले उद्धाटन गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • बुटवल । बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ हुने भएको छ ।

    च्याम्पियनसिपको बुधबार एक समारोहका बीच मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको रामनगर खेल मैदानमा बिहान ११ः०० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  

    च्याम्पियनसिपको तयारी पूरा भएको मङ्गलबार बुटवलमा आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलनमा बताइएको हो । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६औँ स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।

    प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठवटा समूहले प्रतिस्पर्धा गर्दैछन् । सहभागी हुने टिममा मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रहेको एकेडेमीका अध्यक्ष आचार्यले बताए । 

    प्रतियोगितामा प्रथम पुरस्कार सात लाख रुपियाँ रहेको छ । यस्तै द्वितीय पुरस्कार तीन लाख ५० हजार, तृतीय पुरस्कार एक लाख ७५ हजार, सान्त्वना पुरस्कार एक लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । 

    यस्तै उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको छ ।  प्रतियोगिताका लागि बुधबारको खेल निशुल्क गरिएको छ भने विहिवारदेखि प्रति व्यक्ति तीनसय रुपियाँ टिकटको व्यवस्था गरिएको छ ।

    अध्यक्ष आचार्यले परिस्थिति अनुसार टिकट शुल्कमा बृद्धि पनि हुन सक्ने बताए । रामनगर खेल मैदानमा हुने प्रतियोगिता २५ सय दर्शकले हेर्न सक्नेछन । लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री लिला गिरिले पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij