२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेशसभाको सन्देश

लुम्बिनी प्रदेशसभाको सन्देश

लुम्बिनी प्रदेशसभाको सन्देश

लुम्बिनी प्रदेशसभाको सन्देश

लुम्बिनी प्रदेशसभाको सन्देश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • लुम्बिनी प्रदेशलाई टुक्र्याउनुपर्ने आवाज संघीय संसद प्रतिनिधिसभामा उठेपछि लुम्बिनी प्रदेशसभामा खबरदारी सुरु भएको छ । लुम्बिनी प्रदेशलाई टुक्र्याउनसक्दा मुलुकमा अस्थिरता श्रृजना गर्न सकिन्छ भन्ने विश्लेषण गरेका शक्तिकेन्द्रहरुलाई बल पुग्ने गरी बाँके-२ का सांसद सूर्य ढकालले गएको प्रतिनिधिसभा अधिवेशनमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने धारणा राखेका थिए । ढकालले प्रतिनिधिसभामा राखेको यो धारणाले संघीय शासन प्रणालीलाई संस्थागत गर्नुको साटो अस्थिर बनाउन बल पुग्छ ।


    संघीय शासन प्रणालीलाई संस्थागत गर्न  प्रदेश संरचनाले काम गर्न पाउनुपर्छ । प्रदेश संरचनामा राजनैतिक नेतृत्व स्थापित त भएको छ, तर यो राजनैतिक नेतृत्वले काम गर्ने अवसर पाएको छैन । प्रदेश सरकारले संवैधानिक प्रबन्धअनुसार काम गर्न कानुनी प्रबन्ध भएको छैन । संघीयता कार्यान्वयनसँग सम्बन्धित ४० वटा कानुन तत्काल बन्नुपर्ने निष्कर्ष राष्ट्रिय सभाको विधायन समितिले निकालेर सरकारलाई बुझाइसकेको छ । अहिलेको काम भनेको संविधान कार्यान्वयन नै प्राथमिकता हो । संवैधानिक प्रबन्धअनुसार कानुन बनाउनका लागि प्रतिनिधिसभाको ध्यानाकर्षण गराउनुपर्ने सदस्यहरु कुन जिल्ला कहाँ रहनुपर्छ भन्ने बहसमा उत्रनु स्वभाविक हुन सक्तैन् । मुलुकमा अस्थिरता बढाउने समूह सक्रिय भइरहेको बेला प्रतिनिधिसभा सदस्यले गैरजिम्मेवार अभिव्यक्ति दिएको विषय लुम्बिनी प्रदेशसभामा छलफलको विषय बन्यो । यो छलफलले लुम्बिनी प्रदेशसभा परिपक्क हुँदै गएको पुष्टि भएको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित चौधरी र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक राजकुमार चौधरीले मंगलबार प्रदेशसभा अधिवेशनको पहिलो बैठकमै संविधान विरोधी गतिविधि भइरहेको प्रति प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराएका छन् । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक चौधरीले प्रदेशसभाले प्रतिवाद गर्नुपर्ने धारणा राखेर विषयको प्रवेश गराएका छन् ।


    लुम्बिनी प्रदेश विगतको तीन आञ्चलिक मनोविज्ञानले बनेको छ । लुम्बिनी, राप्ती र भेरीको तीन आञ्चलिक मनोविज्ञानले बनेको यो प्रदेश जाति, भाषा, संस्कृति र भूगोलमा पनि विविधता छ । हिमाल, पहाड, भित्री मधेश र तराई भएको यो प्रदेशलाई ‘मिनी नेपाल’ को रुपमा पनि चित्रित गरिन्छ । बाँके र बर्दिया कर्णालीमा गाभ्दा के फाइदा हुन्छ ? र लुम्बिनीमै रहँदा के बेफाइदा भएको छ ? यस बारेमा कुनै अध्ययन विना सस्तो लोकप्रियताका लागि समाजलाई भड्काउने ढंगले आएका गैरजिम्मेवार अभिव्यक्तिलाई प्रदेशसभाले गम्भीर रुपमा लिनुपर्छ । प्रदेशको रेखाङ्कन संविधान बनाउँदा धेरै छलफल र बहसबाट भएकाले धेरै अहिले बेमौसमी बाजा बजाउनु गैरजिम्मेवार क्रियाकलाप हो ।


    लुम्बिनी प्रदेशलाई एकीकृत राख्ने हिसाबले नै प्रदेश मुकाम राप्ती उपत्यका तोकेको प्रदेशसभाले लुम्बिनी प्रदेशको एकता विरोधी कुनै गतिविधि भए सशक्त प्रतिवाद गर्नु स्वभाविक हुन्छ । प्रतिनिधिसभा सदस्य हुँदै कतिपय राजनैतिक दलका नेता र कार्यकर्ता प्रदेश टुक्र्याउने गतिविधिमा लाग्न सक्ने जोखिमलाई पनि विश्लेषण गरी प्रदेश सरकार अघि बढ्नुपर्छ । लुम्बिनी प्रदेशमा अस्थिरता उत्पन्न हुँदा मुलुकभर अस्थिरताको आगो बल्ने भएकाले संघीय सरकारले पनि निगरानी गर्न आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij