२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेशमा २० हजार बढी होटेल–रेष्टुरेण्ट सञ्चालनमा

लुम्बिनी प्रदेशमा २० हजार बढी होटेल–रेष्टुरेण्ट सञ्चालनमा

लुम्बिनी प्रदेशमा २० हजार बढी होटेल–रेष्टुरेण्ट सञ्चालनमा

लुम्बिनी प्रदेशमा २० हजार बढी होटेल–रेष्टुरेण्ट सञ्चालनमा

लुम्बिनी प्रदेशमा २० हजार बढी होटेल–रेष्टुरेण्ट सञ्चालनमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • लुम्बिनी संवाददाता
    बुटवल
    लुम्बिनी प्रदेशमा २० हजार बढी होटेल तथा रेष्टुरेण्टहरु सञ्चालनमा रहेका सरकारी तथ्यांकले देखाएको छ । यो संख्या सात प्रदेश मध्ये तेस्रो धेरै संख्या हो । सबैभन्दा धेरै होटेल–रेष्टुरेण्ट बागमती प्रदेशमा सञ्चालनमा छन् । 


    केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षण २०८०’ अनुसार लुम्बिनी प्रदेशमा २० हजार १ सय ५६ होटल तथा रेष्टुरेण्ट सञ्चालनमा छन् । यो सर्वेक्षणमा १० भन्दा बढी जनशक्ति काम गर्ने प्रतिष्ठानको पूर्णगणना गरिएको छ ।


    कोशी प्रदेशमा २५ हजार ८ सय ८७, मधेशमा ११ हजार ७ सय ४०, बागमतीमा ५२ हजार १ सय २३, गण्डकीमा १६ हजार ९ सय ७६, कर्णालीमा ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ छन् ।


    नेपालमा हाल सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टले एकसाथ २२ लाख ३४ हजार पाहुनालाई सेवा दिन सक्ने क्षमताको पुर्वाधार छ ।


    सर्वेक्षणका अनुसार आतिथ्य सत्कार उद्योगको स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब रुपैयाँ बराबर पुगेको छ ।स्थायी सम्पत्तितर्फ सबैभन्दा धेरै बागमती प्रदेशमा २ खर्ब ४१ अर्ब २९ करोड ९६ लाख ५ हजार बराबर छ । 


    त्यसपछि गण्डकीमा १ खर्ब ६ अर्ब ६४ करोड, कोसी ८५ अर्ब ६९ करोड, लुम्बिनी ५१ अर्ब ३६ करोड, सुदूरपश्चिम २२ अर्ब ९९ करोड, मधेश २२ अर्ब २३ करोड र कर्णाली प्रदेशमा ११ अर्ब १ करोड बराबर छ ।


    मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होटल तथा रेष्टुरेण्ट उद्योगको योगदान १.९६ प्रतिशत पुगेको छ । 
    हाल होटलहरूमा कोठा संख्या १ लाख १६ हजार १ सय पुगेको छ । तीमध्ये तारे होटलमा ८ हजार ४ सय ९६, ताराविहीन होटलमा १ लाख ७५, रिसोर्टमा ३ हजार ८ सय २९ र होमस्टेमा ३ हजार ७ सय कोठा छ ।


    सर्वेक्षण अनुसार ३ लाख ८७ हजार ७ सय ४७ जनाले होटल तथा रेस्टुरेन्ट उद्योगमा संलग्न छन् । तीमध्ये नियमित तलब वा ज्याल पाउने कामदार संख्या १ लाख ६ हजार ४ सय ५९ छ ।


    तीमध्ये कोसी प्रदेशमा ६२ हजार ५३, मधेश २८ हजार ६ सय ७०, बागमती १ लाख ६२ हजार ५ सय ८६, गण्डकी ४७ हजार ६ सय १५, लुम्बिनी ५१ हजार २ सय ७८, कर्णालीमा १५ हजार ६ सय ९३ र सुदूपश्चिम प्रदेशमा १९ हजार ८ सय ४३ छन् ।


    त्यसैगरी सर्वेक्षण अवधिमा होटल तथा रेष्टुरेण्ट क्षेत्रले कामदारलाई तलब तथा ज्यालामा २० अर्ब ६१ करोड ५० लाख ७६ जहार रुपैयाँ भुक्तानी गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij