२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आन्दोलन होइन, सहमति गर

आन्दोलन होइन, सहमति गर

आन्दोलन होइन, सहमति गर

आन्दोलन होइन, सहमति गर

आन्दोलन होइन, सहमति गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • यो बेला विकास निर्माणको मुख्य समय हो । पुँजीगत खर्च बढाएर विकासको प्रतिफल दिनका लागि सरकारले बजेट खर्चका लागि सरकारले ध्यान दिइरहेका बेला निर्माण व्यवसायीले आन्दोलनको तयारी गरेका छन् । बजेट खर्च गर्ने समयमा आन्दोलनको तयारी गर्नु पुँजीगत खर्चका लागि तगारो हाल्नु हो ।


    मुलुक दुई वर्षयता आर्थिक मन्दीमा परेको छ । आर्थिक मन्दीले मुलुकको अर्थतन्त्रको चक्र बिथोलिएको छ । अर्थतन्त्रको चक्र बिथोलिंदा मुलुकमा निराशा बढेको छ । समाजमा बढ्दो निराशालाई चिरेर अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सरकार अग्रसर छ । अर्थतन्त्रमा देखिएका समस्या पहिचान गर्न सरकारले पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा कार्यदल बनाएर काम गरिरहेको छ  । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको बेला सबैले सरकारलाई सघाउ पु¥याउन प्राथमिकता दिनु जिम्मेवारी हो ।


    त्यसो त व्यवसायीका आफ्नै समस्या छन् । उनीहरु सरकारले असहयोग गरेकोले समस्या भएको बताएका छन् । व्यवसायीले सरकारप्रति राख्ने गरेका कतिपय गुनासा जायज पनि छन् । निर्माण व्यवसायीले लामो समयदेखि काम गरेको भुक्तानी पाउन सकेका छैनन् । सरकारले बेलैमा काम नगर्ने व्यवसायीलाई कालोसूचीमा राख्दै आएको छ । तर भुक्तानी लामो समयदेखि रोकेर व्यवसायी मारमा पर्दा मौन बस्नु सरकारको पनि गैरजिम्मेवार क्रियाकलाप हो । 


    सिमेण्ट, डण्डीलगायत निर्माण सामग्रीको मूल्य मनपरी बढिरहेकोले व्यवसायीले काम गर्न सक्ने वातावरण बिथोलिएको हो । व्यवसायीले प्रधानमन्त्रीसहित विकासे मन्त्रालयका मन्त्रीलाई भेटेर समस्याबारे जानकारी गराइसकेका छन् । 


    सरकारले व्यवसायीका जायज माग पूरा गर्न तालिका बनाएर काम गर्नुपर्छ । सरकारले तालिकाअनुसार माग पूरा  गर्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । आन्दोलन गरेर पुँजीगत खर्च हुन रोक्दा व्यवसायीलाई नै मार पर्छ नै, मुलुकले पनि मूल्य चुकाउनुपर्नेछ । मुलुकको आर्थिक अवस्था जर्जर भएका बेला सरकारको सहयोगी बन्ने र जायज माग पूरा गराउन लाग्नु नै उत्तम हो ।
    निर्माण व्यवसायी महासंघले आन्दोलनको तयारी होइन्, सरकारसँग सघन छलफलमा बस्नुपर्छ । व्यवसायीलाई आन्दोलनमा जान बाध्य पार्ने गतिविधि रोकेर उनीहरुका जायज माग पूरा गर्ने विश्वास सरकारले पनि दिनसक्नुपर्छ । निर्माण व्यवसायी र सरकारबिचको अविश्वासले मुलुकमा लयमा जान लागेको अर्थतन्त्रलाई पुनः बिथोल्न सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij