२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साम्रराज्यवाद, विस्तारवाद र प्रभुत्ववाद–मूर्दावाद !

साम्रराज्यवाद, विस्तारवाद र प्रभुत्ववाद–मूर्दावाद !

साम्रराज्यवाद, विस्तारवाद र प्रभुत्ववाद–मूर्दावाद !

साम्रराज्यवाद, विस्तारवाद र प्रभुत्ववाद–मूर्दावाद !

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • एउटा भनाइ छ– ‘हात्ती आपसमा लडे पनि वा मिले पनि रुख बिरुवाकै बढी खति’ ठीक यो भनाइ विश्व साम्रराज्यवादी वा विस्तारवादी राष्ट्रहरुबिचको द्वन्द्व वा मिलेमोतोमा देखिन थालेको छ । विश्वका थुप्रै साना विकासोन्मुख नव औपनिवेशिक मुलुकहरुमा पनि यो देखिने गरेको छ । यसको ताजा उदाहरण युक्रेन छ । अमेरिकी साम्रराज्यवादको उक्साहट र रुसी साम्रराज्यवादको हस्तक्षेपले युक्रेन र युक्रेनी जनता अहिले यस्तै द्वन्द्वको चपेटामा पिल्सिरहेका छन् । अर्काे उदाहरण अफगानिस्तान छ ।  अफगानिस्तान लामो समयदेखि रुसी र अमेरिकी हस्तक्षेप र दमनमा जकडिरह्यो । हालै मात्र रुस–अमेरिका अफगानिस्तानबाट भगाइएका छन् । यस्तै स्थिति हालै सिरियामा देखिदै छ । इजाइली साम्रराज्यवादको हस्तक्षेप र आक्रमणबाट हजारौं प्लेस्टाइनी जनताको हताहत भइरहेको छ र सिंगो अरब मुलुक यस्तै साम्रराज्यवादी हस्तक्षेप र दमनबाट आक्रान्त छन् । हाम्रै दक्षिण एसियाली मुलुक बंगलादेश श्रीलंका र पाकिस्तानमा समेत यस्तै घटना बढ्दो चलखेल छ भने अर्काेतिर भारतीय विस्तार र चिनियाँ प्रभुत्ववादको पनि बढ्दो सक्रियताले यो क्षेत्रका प्रायः सबै मुलुकहरु एकपछि अर्काे रुपमा यस्तोे विश्व अन्तर साम्रराज्यवादी हस्तक्षेप र चेपुवामा पारिंदै छन् । स्वयं हाम्रो देश नेपाल पनि यसबाट पीडित हुँदै आएको छ । 


    एकातिर अमेरिकी एमसीसी परियोजना लागू गराइदै छ भने अर्काेतिर त्यस्तै चिनियाँ बि.आर.आई. परियोजना पनि यहाँ लागू हुने भएको छ ।  यी दुवैमा भारतीय विस्तारवाद असहमत देखिदै आएको छ । यसभन्दा पहिले भारत अनि बढी अमेरिकासँग निकट र चीनसँग अलि बढी आक्रमक हुँदै आएको थियो । बेला बखत चीन–भारत सीमा विवादलाई लिएर झडप पनि हुने गरेको थियो । तर युक्रेन द्वन्द्व पछि भारत अमेरिकी फेवरतिर भन्दा रुसी फेवरतिर अलि बढी ढल्किन पुग्यो । अझ अहिले बंगलादेशको घटनापछि त भारत अमेरिकासँग बढी ससंकित देखिन थालेको छ । विक राष्ट्र (रुस–चीन–भारत, ब्राजिल र दक्षिण अफ्रिका) बीचको एकता र सहकार्यले भारत अमेरिकी पोल्टाबाट रुस–चीन निकट देखिन थालेको छ । 


    भारत यसभन्दा पहिले चीन–अमेरिकाबीच द्वन्द्व बढाएर यो क्षेत्रको प्रभावलाई यथावत राख्दै आफ्नो क्षेत्रीय प्रभुत्वलाई अझ बढवा गराउन चाहान्छौं । त्यही भएर नेपालमा चिनियाँ बि.आर. आइ.को बदलामा एमसीसी अमेरिकी साम्रराज्यवादी परियोजना भित्रिदा पनि चुप लागि बस्यो । तर बंगलादेशको घटनाबाट भने भारत अमेरिकासँग अलि बढी ससंकित भएको छ । बंगलादेशलाई आधार बनाए भारतीय भूभाग समेतलाई अलग्याउने अमेरिकी षड्यन्त्र जसको खुलासा बंगलादेशको अपदस्त प्रधानमन्त्री शेख हसिनाले गरे पछि भारत अमेरिकासँग अलि बढी संसकित देखिन थालेको छ । धार्मिक, जातीय र क्षेत्रीयतालाई भड्काएर आफ्नो प्रभुत्व र साम्रराज्यको आधार तयार पार्नु अमेरिकी साम्रराज्यवादको रणनीति नै हो । 


    त्यस्तै फेरि भारत, चिनियाँ प्रभावबाट पनि घेरिदैछ । पाकिस्तान श्रीलंका, मालदिप विस्तारै बंगलादेशमा समेत चिनियाँ बि.आर.आइ. मार्फत् भइरहेको बढ्दो आर्थिक लगानी र यसको प्रभावबाट भारत यो क्षेत्रबाट एक्लिदै जान थालेको अवस्था देखिंदैछ । हालै मात्र नेपाल समेत बि.आर.आइ. परियोजनामा गाँसिएपछि झन भारत अत्तालिन स्वाभाविक नै छ । यही मौकामा चौक पार्ने दाउमा चीन थियो । नभन्दै रुसी मध्यस्तरमा चीन–भारतबिच केही मिलान सहमति हुन थालेको छ । पहिले चीन–भारतबिच सिमामा भइरहने दोहोरो सशस्त्र झडप र द्वन्द्व नगर्ने सहमति भएको छ । त्यस्तै दुई पक्षीय व्यापार आदानप्रदान त पहिलेदेखि नै हुँदै आएको थियो । अहिले चीन–भारतबीच नेपाली भूमि कालापानी, लिपुलेक हुँदै मानसरोवरसम्म धार्मिक तीर्थ पर्यटन गर्ने सहमति हालै मात्र भएको समाचार बाहिर आएको छ । यही गत डिसेम्बर २८ अर्थात् पौष ३ गते भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ विदेश मन्त्री वाङबिच कैलाश मानसरोवर यात्रा साथै अन्य व्यापार आदानप्रदान गर्ने सहमति सम्झौता भएको छ । 


    यसरी चीन–भारतबिच दुई पक्षीय आपसी सम्बन्ध फराकिलो हुँदै जान थालेको छ । यो राम्रो कुरा हो । एसियाली अझ नेपालका  निकट छिमेकी मुलकबीचको यो सम्बन्धले निश्चिय नै विश्व जगत्लाई राम्रै प्रभाव पार्ने देखिन्छ । खासगरी अमेरिकी साम्रराज्यवादलाई एक्लाउने र यसको बढ्दो प्रभावलाई निस्तेज पार्ने यो प्रयत्न सकारात्मक नै छ । तर भारत यो क्षेत्रको अर्काे हकैमवादी एक प्रकारले साम्रराज्यवादी नै मुलुक हो । यो भारतीय हस्तक्षेपमा यो क्षेत्रका प्रायः सबै मुलुक पीडित हुँदै आएका छन् । पाकिस्तानसित त पटक–पटक युद्ध नै भई आएको छ । त्यस्तै मालदिप, श्रीलंका,बगलादेशमा भारतीय हस्तक्षेप हुने गरेको छ । भुटान त उसैको औपनिवेशिकतामा नै रहँदै आएको छ । नेपालको त कुरै नगरौं, भारतीय हस्तक्षेप मात्रै होइन अतिक्रमणमा नै पर्र्दै आएको छ । नेपालको सीमा अतिक्रमण भारतीय विस्तारवादको पुरानै विरासद हो । अंग्रेजी साम्रराज्यवादकै विरासदलाई आज पनि भारतले नेपालमा यथावत राख्दै आएको छ । 


    यसको अलवा नेपाल–अंग्रेजबीचको सुगौली सन्धि अनुरुप प्राप्त नेपालको ठूलो भू–भाग अहिले पनि भारतीय अतिक्रमित नै  छ । त्यो मध्येको एउटा पश्चिम नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतीय अतिक्रमित भूभाग हो । यसको बारेमा पटकपटक कुरा उठिरहेका छन् ।  तर भारतले एक पछि अर्काे रुपमा त्यो भू–भागलाई जबर्जस्त हड्प्दै आएको छ । कालापानीमा भारतीय फौजी व्यारेक नै स्थापित गरेको छ । एकतर्फी रुपमा त्यहाँ स्थायी सडक सञ्जाल विस्तार गरिरहेको छ । हुँदाहुँदा पछि त उक्त त्यो सम्पूर्ण भू–भागलाई भारतले आफ्नै नक्सामा गाभी नयाँ भारतीय नक्सा अघि सारेको छ । अनेक गर्दा पनि भारतले यो नसुनेपछि नेपालले पनि यसको विकल्पमा नयाँ चुच्चे नक्सा जारी त गरेको छ । तर भारतले त्यसलाई बेवास्ता गर्दैै एकपछि अर्काे रुपमा त्यहाँ भारतीय अतिक्रमणलाई मजबुत बनाइरहेको छ । 


    हालै मात्र भारतले त्यही भू–भागबाट नेपाललाई कुनै जानकारी नै नदिई चीनसँग मानसरोवर धार्मिक तीर्थस्थल जाने सहमति गरेको छ । केही वर्ष पहिले त्यही बाटोबाट चीन–भारत व्यापार आदानप्रदान गर्ने समझदारी पनि गरिएको थियो । त्यो बेला भारत–चीन दुवैको विरोध भएको थियो । नेपालको चुच्चे नक्साको पनि जानकारी दिँदै नेपालले त्यसको विरोध गर्दै आएको छ । तर अहिले फेरि त्यही काम चीन–भारत दुवलै देशले गरेका छन् ।  भारतले त पहिलेदेखि नै नेपालको त्यो स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई चुनौती नै दिँदै आइरहेको छ । त्यसलाई अब चीनले पनि स्वीकार्न थालेको छ । जुन हालै चीन–भारतबिच भएको त्यो दुई पक्षीय समझदारीबाट हुने देखिन्छ । चीनलाई पहिलेदेखि नै थाहा छ त्यो भू–भाग नेपालकै हो । तर अहिले चीन पनि भारतलाई नचिडाउने र आफू निकट पार्ने उद्देश्यका साथ त्यसप्रति आँखा चिम्लिन थालेको छ । अन्ततः चीनले पनि आफ्नो प्रभुत्ववादी शक्ति विस्तारका लागि आफ्ना छिमेकी साना मुलुकहरुको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामाथि खेलवाड वा बेवास्ता गर्दैंछ । प्रभुत्ववादको विकसित रुप साम्रराज्यवाद नै हो । अब चीन पनि विस्तारै साम्रराज्यवादयतिर अग्रसर हुँदैछ । त्यही भएर माथि भने जस्तै दुई ठूला हात्ती लडे पनि वा मिले पनि जंगलका रुख बिरुवाकै क्षति । यो आज हाम्रो देशको लागि चीन र भारतबिचको एकता वा द्वन्द्व दुवैबाट पुष्टि हुँदैछ ।


    तर के गर्ने नेपालकै राष्ट्रघाती दलाल शासकहरु सबै यस्तै छन् । चीन भ्रमण गर्दा भारतीय कार्ड भन्ने प्रचण्ड । फेरि भारतले तपाईं भनुस कि नभनुस आफैँ मपाई भन्दै जसरी भए पनि भारत भ्रमण गर्नै पर्ने ओली अडान । त्यस्तै चीन भ्रमणलाई ठूलो उपलब्धि ठान्ने ओली कार्ड सबै यसबाट असफल । चीन जाँदा चीनको दलाली अनि भारत जाँदा भारतको दलाली र चाकडी । यो चीनलाई पनि थाहा छ र भारतलाई पनि । भारत जाँदा चीन चिडिने चीन जाँदा भारत चिडिने भन्नेहरु आखिर अहिले चीन–भारत मिली नेपालको राष्ट्रियता र स्वाभिमान कुलिच्दा यी सबै दलाल तै चुप मै चुप । तैपनि आम देशभक्त र स्वाभिमान नेपालीहरु यसको विरुद्धमा छन् । चाहे भारत चाहे चीन वा चाहे अरु जो कुनै होस् जसजसले नेपालको राष्ट्रियता र स्वाभिमानप्रति हस्तक्षेप र खेलवाड गर्छन् ती सबैका विरुद्ध सबै नेपाली एक भई संघर्ष गरौं । साम्रराज्यवाद, विस्तारवाद र प्रभुत्ववाद अनि राष्ट्रघाती, दलाल सबै–मूर्दावाद । देशको राष्ट्रियता र स्वाभिमान जिन्दावाद ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij