हिमालपारीको देश
मुस्ताङको थाकखोलामा
झण्डै नौ दशक अगाडि
जन्मिएको थियो
एउटा कविता
अर्थात् प्रिय भूपि
परिवर्तनको सपना भरेर
निर्झर आँखाहरूमा
नयाँ झ्याउरे गीतहरू गाउँदै
हुर्किएका थिए
प्रिय भूपि
समयको एउटा घुम्तिमा
व्यङ्ग्य र आक्रोशको
आँधिबेहरी उभारेर
खबरदारी गरेकाथिए उनैले
घुम्ने मेचमाथि बस्ने
अन्धा मान्छेहरूलाई
फेरेर कविताकै परिभाषा
नयाँ विम्ब र अलंकारहरूले
एउटा युग बाँचेकाथिए
प्रिय भूपि
धेरै लेखेर थोरै बाँच्नेहरूभन्दा
थोरै लेखेर धेरै बाँच्ने कवि भूपि
सगर हुन आधुनिक कविताका
सिन्धु हुन नेपाली अक्षरहरूका
अभिसप्त घरजस्तो लाग्ने यो समयमा
असार बगिरहने नियति बाँचिरहँदा
ए मेरो जून
मेरो प्रिय भूपि
यो एक कविता
तिम्रो सम्झनामा
हो, प्रिय भूपि
मलाई पनि
तिमीलाई जस्तै अचेल
गलत लाग्छ,
मेरो देशको इतिहास
लाग्छ रोकिएझैं समय
घण्टाघरमा एकटक
तिम्रो घैटोभित्रको वटवृक्ष
फालिए झंै लाग्छ
समयको चिसो एष्ट्रेमा
जीवनको यो अँध्यारो सडकमा
हिंडिरहदा एक्लै
सम्झिरहन्छु तिमीलाई
मेरो प्रिय भूपि
तिमीले गाएको गीतमा
म आफ्नै धमिलो छायाँ देख्छु
डढेलो लाग्दै गरेको
सपनाको खरानीमा
तिम्रै कविता भेट्छु
(कक्षा ७, क्यानन सेकेन्डरी स्कुल)




