२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कविता - नयाँ बाटो

कविता - नयाँ बाटो

कविता - नयाँ बाटो

कविता - नयाँ बाटो

कविता -  नयाँ बाटो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • फोरेर श्रमका फालीहरूले
    बाझो यो धर्ति
    खन्याएर पसिना गराहरूमा
    ए दाजै,
    तिमीले नै उमारेका हौ
    जीवनका बालीहरू
    पालेर यो सिंगै संसार
    भन त,
    कति रात निदायौ तिमी
    भोको पेट
    अनि निख्लो सपना ओढेर
    अझै कति जोतिबस्छौ
    परम्पराको हलोले यो जमिन?
    अझै कति फोर्छौ खेतका डल्लाहरू
    उहि पुराना कुटी र कोदालाहरूले?
    समय फेरिएको छ दाजै
    मान्छेले छोईसकेको छ मंगल
    प्रविधिको बूँई चढेर
    तिमी अझै कहिलेसम्म बोकिराख्छौ
    पुरानो यो भारी
    आफैलाई निचोरेर पनि
    भरिदैन तिम्रो अभावको कसौडि
    आखिर कहिलेसम्म
    मरिरहन्छौ यसरि नै
    हुरि, बतास र झरीहरूमा
    फाल यि हलो जुवा
    अनि लगाउ काममा
    नयाँ प्रविधिहरू
    रोप तिम्रा खेत खल्यानहरूमा
    नयाँ सोच
    सिकेर हेर एकफेर
    कसरि चल्छन यि
    नयाँ मसिनहरू
    कसरि उमार्छन
    तिम्रा गराहरूमा असर्फी
    हेर दाजै हेर एकफेर
    फालेर पुराना तौरतरिकाहरू
    अब बाच्नुहुँदैन गरिबीमा
    हामी किसानहरू
    छोडेर सबै किन्तु परन्तुहरू
    अब हिड्नैपर्छ हामी
    आधुनिकताको नयाँ बाटो
    आखिर कहिलेसम्म हिडिरहने हो
    आफ्नै रहरको मलामी?
    (कक्षा ११, क्यानन सेकेन्डरी स्कुल)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij