२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शाइन रेसुंगा बैंकको अध्यक्षमा पुनः पौडेल

शाइन रेसुंगा बैंकको अध्यक्षमा पुनः पौडेल

शाइन रेसुंगा बैंकको अध्यक्षमा पुनः पौडेल

शाइन रेसुंगा बैंकको अध्यक्षमा पुनः पौडेल

शाइन रेसुंगा बैंकको अध्यक्षमा पुनः पौडेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.को १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    रुपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । ८ अर्ब अधिकृत पुंजी तथा जारी र चक्ता पुंजी  समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकोमा बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ४ अर्ब ८७ करोड पुग्ने छ । 


    साधारणसभाले संस्थापक शेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र विरेन्द्र भुसाल तथा सर्वसाधारण शेयरधनीबाट विरेन्द्र विष्ट,नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालक निर्वाचित गरेको थियो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए । 


    सभापश्चात बसेको सञ्चालक समितिको वैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए । 


    सञ्चालक समितिमा डा. हिमाल भट्टराई र विरेन्द्र भुसाल नयां हुन् भने बांकी यसअघिकै सञ्चालक समितिमा रहेका हुन् । 


    नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले शहरी क्षेत्रसंगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुंच बढाउने उद्देश्यले बैंकले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरु विस्तार गरेको र डिजिटल बैकिङलाई थप प्राथमिकता दिएर अगाडि बढ्ने बताए । बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैक हो । 


    बैंकका ८८ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर, १६ वटा एटीएम मेशिन सञ्चालनमा छन् । ७ लाख ५ हजार ५८ जना वचतकर्ता रहेको बैंकले १७ हजार १३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ ।  बैंकमा  ७३८ जना कर्मचारी कार्यररत छन् ।

    बैंकको पछिल्लो वित्तीय विवरण अनुसार कूल निक्षेप ६७ अर्ब १७ करोड,९५ लाख,कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रति शेयर आम्दानी १४.४८ रहेको छ । बैंकको पूजिकोष अनुपात १२.५६ प्रतिशत छ ।  बैंकले गत वर्ष इमर्जिङ एशिया बैकिंङ अवार्ड अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि र नेपालमा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij