२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उत्पादनमा आधारित अनुदान कटौती नगर

उत्पादनमा आधारित अनुदान कटौती नगर

उत्पादनमा आधारित अनुदान कटौती नगर

उत्पादनमा आधारित अनुदान कटौती नगर

उत्पादनमा आधारित अनुदान कटौती नगर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • लुम्बिनी प्रदेश सरकारले किसानलाई प्रोत्साहित गर्न दिएको उत्पादनमा आधारित अनुदान कटौती गरेपछि दुग्ध किसान मारमा परेका छन् । दूध उत्पादनमा बढ्दो लागत र सरकारले दिएको अनुदान कटौतीले किसान पशुपालन व्यवसायबाट पलायन हुने जोखिम बढेको छ । दूध किसानलाई दिएको अनुदान कटौती सरकारको अविवेकी र गैरजिम्मेवार निर्णय हो ।


    अहिले कृषिमा युवालाई टिकाउनै हम्मेहम्मे छ । बढ्दो उत्पादन लागत र घट्दो प्रतिफलले किसान क्रमशः पलायन भई वैदेशिक रोजगारीमा गइरहेका छन् । कुखुरापालनमा लागेका किसान अहिले धेरै पलायन भए । अहिले रूपन्देहीमा साना कुखुरा पालन किसानको संख्या नगण्य छ । भारतबाट खुलेयाम सस्तो कुखुराको मासु र कुखुरा आयात भएपछि यहाँका किसान टिक्नै सकेनन् । किसानलाई यही टिकाउने योजनामा सरकार चुक्दा अहिले रूपन्देहीमा कुखुरा उत्पादक घटेको छ । दुग्ध उत्पादनमा लागेका किसानको अवस्था पनि उस्तै छ । उत्पादन लागत घटाउने योजना प्रचारमुखी बढी छ, नतिजामुखी बनाउन पटक्कै ध्यान छैन । दाना खुवाएर पशुपालन महँगो पर्छ, आयात गरेको दाना खुवाएर पशुपालनमा टिक्न किसानलाई सकस छ, किन कि दानाको मूल्यवृद्धि दिनप्रतिदिन बढिरहेको छ ।


    प्रदेश सरकारको उत्पादनमा आधारित अनुदान प्रतिफलमुखी थियो । यसले किसानलाई प्रोत्साहित गरेको थियो । पहिले बाँडेको अनुदान पारदर्शी नभएपछि उत्पादनका आधारमा अनुदान दिने नीति लिइएको थियो ।  यस्तो व्यवस्थाले व्यवसायिक पशुपालन किसानलाई प्रोत्साहन भएको थियो । किसानलाई फाइदा पुगेको यो अनुदान बन्द हुँदा बढ्दो उत्पादन लागतले किसानलाई टिक्न सकस हुनुले दुग्ध उत्पादन व्यवसाय जोखिममा परेको छ ।


    उत्पादनमा आधारित अनुदान उत्पादनलाई बढाउने उत्तम विधि हो । उत्पादन गर्नका लागि दिने अनुदान वितरण प्रक्रिया जटिल छ, जुन विवादित पनि हुँदै आएको छ । उत्पादनका लागि प्रोत्साहन गर्न दिने अनुदान कटौती नगर्ने तर उत्पादनमा आधारित अनुदान कटौती गर्ने निर्णय किसान मारा कदम हो । अहिले कृषिमा युवालाई टिकाउनका लागि  र व्यवसायिक बनाउन उत्पादनमा आधारित अनुदान नै उत्तम विधि हो । सरकारले उत्पादनमा आधारित अनुदानलाई कटौती नगरी बढाउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij