२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

०८२ पुसमा उद्योग व्यापार संघ बुटवलले  पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव गर्ने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • बुटवल । उद्योग व्यापार संघ बुटवलले  पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ आगामी २०८२ पुस ५ देखि १८  गतेसम्म गर्ने भएको छ ।  बुटवलका उद्योगी व्यवसायीका मुख्य ४ संस्थाले  हरेक वर्ष आलो पालो मेला सञ्चालन गर्ने बुटवल उप महानगर सँगको सहमति अनुसार  २०८२ साल पुसमा मेला गर्न लागेको  संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।  

    बुटवल मण्डपमा यस अघिका भन्दा फरक र विशिष्ट तरिकाले  सम्पन्न   गर्ने उद्देश्यका साथ तयारीका काम शुरू भएको र २५० स्टल बुक भइसकेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । उनले मेला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकामा पुसमा मेला गत मंसिर  ७ गते  निवेदन दर्ता र  मेलाको मिति तय भईसकेपछि २०८२ साल  पुस ५ देखि १८ गते सम्म मेला सञ्चालन गर्ने जानकारी पत्र पनि उपमहानगरलाई गराइसकेको अध्यक्ष  विष्णुप्रसाद पाण्डेले बताए । 

    संघका निवर्तमान अध्यक्ष गोविन्द राज गैरेले  बुटवलका ४ वटा संस्थाले  आलोपालो मेला सञ्चालन गर्ने  नियम अनुसार २०७८  सालमा संघले  चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको  र आगामी २०८२ मा पाचौ मेला  गर्न लागेको बताए । 

    संघका संस्थापक अध्यक्ष खिम नारायण  पराजुलीले २०८२को मेला यस अघिको भन्दा फरक र उत्कृष्ट बनाउन एक वर्ष अघि बाटै तयारी थालेको बताए । स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधीकरणको मूल नारा सहित संघले मेलामा  स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले बताए । 

    संघका वरिष्ठ उपाध्यक्ष  लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जिसी,महासचिव यमलाल मरासिनी लगायतले बुटवलमा मेला तथा प्रदर्शनी गर्दै आएका अन्य तीन   संस्था, सरोकारवाला सरकारी र गैर सरकारी निकायसँग सहकार्य गरेर मेलालाई हाल सम्मकै उत्कृष्ट बनाउने  गरी तयारी थालेको बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij