२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

२ करोड लगानीमा तम्घासमा पानी उद्योग

२ करोड लगानीमा तम्घासमा पानी उद्योग

२ करोड लगानीमा तम्घासमा पानी उद्योग

२ करोड लगानीमा तम्घासमा पानी उद्योग

२ करोड लगानीमा तम्घासमा पानी उद्योग
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • गुल्मी । दुई करोड लगानीमा तमघासमा पानी उद्योग खुलेको छ । यहाँका तीन युवाले  रेसुङ्गा  जल  उद्योग  प्रालि खोलेका हुन् ।
    बजारमा मिनरल  वाटरको माग बढेको र स्थानीय उत्पादन नभएकोले पानी प्रशोधन उद्योग खोलेको रेसुुङ्गा जल उद्योगका सञ्चालक विश्वास पुनले जानकारी दिए ।

     ऐतिहासिक,धार्मिक क्षेत्र  रेसुङ्गाको  काखको  रैथाने पानीको  मुलको  प्रशोधित पानीले बजार लिएपछि उद्योगी उत्साहित भएका छन् । ॅबजारमा राम्रो माग छ, गुणस्तरमा ध्यान दिएर बाहिर पनि पठाउन खोजीरहेका छौं,—पुनले भने ।
      रेसुङ्गा  अक्वा  नामक  शिलप्याक  पानीको  बोत्तल अहिले  एक  लिटर  र  आधा  लिटर  बजारमा  उपलब्ध छ  । प्रति   लिटर  २०  रुपैयाँ खुद्रा  मुल्य  रहेको  छ  ।

    चिनियाँ अत्याधुनिक नयाँ स्वचालित   प्रविधि बाट  उत्पादन हुने  पानीको  मुहान  रेसुङ्गा  नगरपालिका—३  को  रेसुङ्गा  बनको  पुछार  सेतीखोला  किनारको   कलकल  बग्ने  झरनामा   अवस्थित   छ  ।  पानीको  मुलबाट  करिव  १७ सय मिटर  तल  लाम्खेत फाँटमा उद्योग  रहेको  छ  । 

    पाइप  मार्फत  पहिलो  चरणमा  ५  हजार  लिटर  क्षमताको ट्याङ्कीमा  संकलन   हुन्छ  ।    त्यस  पछि  तिन  चरणको  फिल्टरिङ्ग  प्रक्रिया सुरु  हुन्छ  ।  त्यहाँ बाट  आरओ   प्रविधिमा  पुगेको  पानी  भित्री एसएस  ट्याङकीमा  जम्मा  हुन्छ  र  त्यहाँ बाट  युभि  प्रविधि हुँदै पानी  बोत्तलमा  प्याकिङ  हुन्छ ।  

    प्रतिघण्टा  कुल  २  हजार  लिटर  उत्पादन क्षमताको उद्योगले अहिले   ८  सय  देखि  एक  हजार  लिटर उत्पादन गरेको उद्योगका  प्रबन्ध निर्देशक  तथा  फोकल पर्शन  इन्जिनियर राम  पन्थीले जानकारी   दिए  । 

    उद्योगका लगानीकर्ता  रेसुङ्गा नगरपालिका वडा नम्बर ३  का   इन्जिनियर सन्तोष कुँवर  वडा नम्बर  २  छापटोलाका  बिश्वास  पुन  र  वडा  नम्बर  ६  चेक्मिका  इन्जिनियर   राम  पन्थी हुन् । उनीहरु तमघासको  रिडर्श पब्लिक   हाईस्कुलका एउटै ब्याची हुन्  ।  

    उद्योगका अध्यक्ष सन्तोष कँुवरले रेसुङ्गाको  काखमा  अबस्थित  रैथाने  मुलको  पानी  उद्योग  सञ्चालन  गर्नका लागि चार वर्ष अध्ययन गरेको बताए  । रेसुङ्गा नगरपालिका— ३ का  वडाध्यक्ष  बाबुराम खत्रीले  यस उद्योग सञ्चालनले आफूहरु उत्साहित भएको बताए  । ॅयुवाहरु बिदेशिने क्रमले निरास भईरहेको बेला यहाँका युवाहरुले  स्वदेशकै साधान श्रोतबाट  पानी उद्योग खोलेकोले  सबै प्रकारको सहयोग गर्न तयार छौँ,—उनले भने । 


    स्थानीय ७४ बर्षीय नन्दराम भण्डारीलेचिसो र मिठो पानीको रुपमा  रुचाउँदै आएको  मुलको  पानीबाट उद्योग खुलेकोमा खुशी लागेको बताए  । 

    रेसुङ्गा   धार्मिक क्षेत्रमा पिउने पानीको भगवान श्रीराम संग जोडिएको इतिहास  छ  । राजा दशरथलाई सन्तान लाभ नभए पछि अयोध्यामा रेसुङ्गाका तपस्वी  ऋषिश्रृगेलाई बोलार महायज्ञ लगाए पछि उनलाई श्रीराम लगायतका सन्तान लाभ भएको र त्यही प्रभावबाट श्रीराम लक्ष्मण भरत  लगायत रेसुङ्गामा  ऋषिश्रृगेलाई भेटन आएको , त्यस बेला ऋषिश्रृगेले पानीको अभाव भएको बताए पछि रामले बाँण हानेर पानीको कुवा  अर्थात मुल फुटेकोले यहाँको पानीलाई अमृत जल  पनि भन्ने गरिएको किम्बदन्ती पाइन्छ । 

    यसर्थ पनि  यहाँको पानीको धार्मिक महिमा छ । यस धार्मिक क्षेत्रको चारैतिरको पानीको मुललाई स्थानीयले उपभोग गर्दै आइरहेका  छन्   । यहि धार्मिक क्षेत्रको अर्को पानीको मुलमा रेसुङ्गा  नगरपालिकाले मझेङ्ग   बृहत खानेपानी योजनाको काम सुरु गरेको छ । यसैको कोखमा अर्को मुलबाट प्रशोधित पानी उद्योग सञ्चालनमा आए पछि रेसुङ्गा   नगरपालिकाले उद्योगीहरुलाई  आबश्यक   सहयोग गर्ने  प्रतिबद्धता जनाएको  सञ्चालकहरुले  बताएका  छन्  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij