२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरावल मनरीमा ३० लाखको लागनीमा थारु रिर्सोट

सरावल मनरीमा ३० लाखको लागनीमा थारु रिर्सोट

सरावल मनरीमा ३० लाखको लागनीमा थारु रिर्सोट

सरावल मनरीमा ३० लाखको लागनीमा थारु रिर्सोट

सरावल मनरीमा ३० लाखको लागनीमा थारु रिर्सोट
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • परासी । पश्चिम नवलपरासीमा थारु रिर्सोट संचालनमा आएको  छ । नवलपरासीको सरावल गाउँपालिकाको वडान २ स्थित मनरीमा सुबिधा सम्पन्न थारु रिर्सोट संचालनमा आएको हो । थारु परिकार र थारु कला संस्कृतिकलाई संरक्षण गर्ने उदेश्यले सरावल २ स्थित मनरीमा रहेको थारु सांस्कृतिक पार्क नजिकै एक थारु युवाको लागानीमा थारु रिर्सोट संचालनमा  ल्याएका छन । 

    थारु समुदायमा लोकप्रिय परिकारका पारखीका लागि एउटा गतिलो गन्तव्य स्थल बनाउने योजना सहित सुबिधा सम्पन्न थारु रिर्सोट सञ्चालनमा ल्याईएको सञ्चालक सरावल गाउँपालिका वडान २ स्थित मनरी बस्ने नागेन्द्र चौधरीले बताए । लोप हुदै गएको थारु सांस्कृतिक संरक्षण गर्न र आन्तरिक तथा बह्य पर्यटकलाई लक्ष्ति तथा नजिकै रहेको थारु संस्कृतिक पार्कको संरक्षण प्रबर्दन र प्रचारप्रचारको निम्ती रिर्सोट संचालनमा ल्याएको चौधरीले भने ।

    उनीभन्छन   कोरोना महामरीपछि  धेरै व्यवासय खस्किदै गएको तर होटल व्यवसाय थोरै भएपनि सम्भवाना देखेपछि बिदेश जानुभन्दा अफनै स्वदेशमा केही गरौ सोचका साथ आफनै गाउँ घर तथा मनरीमा रिर्सोट संचालनमा ल्याएको  बताए ।

    उनीभन्छन  पहिलादेखी आटो तथा ग्यारेज व्यवासयमा रमाउदै आएको र अब थारु संस्कृतिक र थारु परिकारको पहिचान दिनको लागि अफानै गाउँ मनरीमा सुबिधा सम्पन्न  रिर्सोट संचालन ल्याएको चौधरीको भनाई छ । थारु संस्कृतिक पार्क नजिकै गरी १२ कठ्ठा लिजमा लिएर थारु गाउँ र अझै पर्यटकलाई लक्ष्ति गरी थारु   रिर्सोट  संचालनमा ल्याएको संञ्चालक  चौधरीले जानकारी दिए  । 

    मनरी गाउँमा धेरै थारु बस्ती रहेको  थारु संस्कृतिक प्रबर्दन र थारु खाना परिकार प्रबर्दधन गर्नको लागि रिर्सोट संचालनमा ल्याएको चौधरीले बताए । स्थानिय उत्पादन भएको  खानाको परिकार बनाउने चौधरीले बताउदै अफानै गाउँघरमा उत्पादन चामल दाल तरकारीहरु ,मासु लोकल गाउँमै पालको हाँस लोकाल कुखुरा ,परेवा ताजा माछा लगायतको खानाको  परिकार बनाउने व्यवस्था गरिएको बताए । 

    चौधरीले ३० लाखको लागानी भइसकेको तर सरचानाहरु निमार्ण कार्य जारी रहेको  र  स्थानीयलाई रिर्सोटमा  सात जना रोजगारी पनि दिएको बताए ।हाल करिब एक सय जना आट्ने क्षमताको सभाहल ,कट्ेजसहित खानाको परिकार सेवा दिदै आएको चौधरीले भने  केही समयपछि थारु कला र साँस्कृतिक भल्किने नृत्य प्रर्दशनी  हेर्न पाउने सेवा बिस्तारको ंतयारी भईरहेको छ । सरावल गाउँपालिकामा थारु समुदायको बहुल्यता धेरै  रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij