२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लागुू औषधसहित सन्धिखर्कबाट पाँच जना पक्राउ

लागुू औषधसहित सन्धिखर्कबाट पाँच जना पक्राउ

लागुू औषधसहित सन्धिखर्कबाट पाँच जना पक्राउ

लागुू औषधसहित सन्धिखर्कबाट पाँच जना पक्राउ

लागुू औषधसहित सन्धिखर्कबाट पाँच जना पक्राउ
घिमिरे  अर्घाखाँचीमा रहेर समसामयीक विषयमा कलम चालाउँछन् ।
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका हुन् । 

    सन्धिखर्क नगरपालिका–१०, बिहारमा चेकजाँच गर्दा सन्धिखर्क–१ का प्रतिक भनिने शिलबन्दु कँडेललाई लागू औषधसहित प्रहरीले पक्रेको छ । २४ वर्षिय कँडेलको साथबाट पाँचसयको नोटमा लुकाई राखेको अवस्थामा ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । 

    यस्तै सन्धिखर्कमा बुटवलबाट आउँदै गरेको हाईस चेकजाँचको क्रममा लागु औषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पक्राउ पर्नेमा सन्धिखर्क–१० का २१ वर्षिय कमल प्रसाद खत्री, सन्धिखर्क–१ का २० वर्षिय सुरज कुमाल, २० वर्षिय सुजन नेपाली र १९ वर्षिय सुमित रायमाझी रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विष्णु प्रसाद पौडेलले जानकारी दिए । 

    उनीहरुको साथबाट १३० मिलिग्राम ब्राउन सुगर नामक लागु पदार्थ फेला परेको हो । पाँचै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij