२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिद्धार्थनगरका ३५ विद्यालयका ४४  प्रतिशत विद्यार्थी एसईई उत्तीर्ण

सिद्धार्थनगरका ३५ विद्यालयका ४४  प्रतिशत विद्यार्थी एसईई उत्तीर्ण

सिद्धार्थनगरका ३५ विद्यालयका ४४  प्रतिशत विद्यार्थी एसईई उत्तीर्ण

सिद्धार्थनगरका ३५ विद्यालयका ४४  प्रतिशत विद्यार्थी एसईई उत्तीर्ण

सिद्धार्थनगरका ३५ विद्यालयका ४४  प्रतिशत विद्यार्थी एसईई उत्तीर्ण
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  • मोहम्मद हबिब
    भैरहवा 
     रुपन्देहीको सिद्धार्थनगरको एसईई नतिजा यस वर्ष सन्तोषजनक छैन । विगतका वर्षहरुमा राम्रै नतिजा आउने यस नगरबाट अहिले भने विगतमा भन्दा फरक नतिजा आएपछि  शैक्षिक संस्थाहरु निराशा छाएको छ, सामुदायिक विद्यालयको नतिजा यस वर्ष मुख्यत खस्केको छ । गत चैत्रमा नगरका सामुदायिक तथा संस्थागत ३५ वटा विद्यालयबाट एसईईमा १ हजार ५ सय ६१ जन विद्यार्थी सहभागी भएकोमा ६ सय ९० जना अर्थात ४४ दशमलव २ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । 


    १२ सामुदायिक र २३ संस्थागत विद्यालयहरुबाट विद्यार्थीहरु सहभागी भए पनि ३ वटा सामुदायिक विद्यालयको नतिजा  शून्य आएको छ । बिहीबार सार्वजानिक गरिएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अनुसार समुदायिक विद्यालयतर्फ पक्लिहवा माविका ४३ जनामध्ये २ जना, भैरहवा नमूना माविका ८५ जनामध्ये ४ जना, रुपन्देही लिलाराम माविका २ सय ३ जनामध्ये ९२ जना, भानु माविका ७२ जनामध्ये ८ जना, संस्कृत माविको २६ जनामध्ये १७  जना , बहिरा बाल माविका १० जनामध्ये ८ जना, सुर्यदेव माविका २८ जनामध्ये १ जना र नव दुर्गा माविका ३० जनामध्ये ६ जना मात्रै उत्र्तीण भएका छन् । सामुदायिकका महात्मा बुद्ध, संस्कृत विद्याश्रम, बेलहिया माविको नतिजा शून्य रहेको सिद्धार्थनगर शिक्षा शाखाले जानकारी दिएको छ । 


    यस्तै संस्थागत तर्फबाट आर्य पब्लिक स्कुलले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गरेको छ । बुद्ध ज्योतिले ३६ जना विद्यार्थी सहभागी गराउँदा १६ जना उत्र्तीण भएका छन्, एआरडी मोडलबाट १४ जनामध्ये ९ जना, सनसाइनबाट ४८ जनामध्ये ३२ जना, इस्ट वेस्टबाट २८ जना मध्येबाट ३ जना, आदर्श विद्या मन्दिरबाट २५ जनामध्ये १२ जना, जेसीसबाट ५८ जनामध्ये ३९ जना, बृहस्पतिबाट ४८ जनामध्येबाट १६ जना, मनकामनाबाट २३ जनामध्येबाट १९ जना उत्तीर्ण भएका छन् । 


    यस्तै मन्टेश्वरी मेमोरियलबाट ३० जना सहभागी  हँुदा ८ जना, नेपाल  नालन्दाबाट ३८ जना सहभागी हँुदा २० जना, साइग्लोबलबाट ७९ जनामध्ये ४२ जना, सिबी पब्लिकबाट १८ जना सहभागी हुँदा ४ जना, पश्चिमाञ्चलबाट ६६ जना सहभागी हुँदा ६१ जना, अमरज्योतिबाट ६८ जना सहभागी हुँदा ५५ जना, न्यू इराबाट ७१ जना सहभागी हँदा ३६ जना, काशी नोबलबाट १ सय १३ जनामध्ये ९५ जना, बुद्ध ज्ञाननिकेतनबाट २४ जनामध्ये ७ जना, मुनलाइटबाट ७८ जनामध्ये ३९ जना, युनिभर्सल पब्लिकबाट १९ जनामध्ये ७ जना मात्रै उत्र्तीण भएका छन् । 


    यसैगरी पशुपति शिक्षा मन्दिरबाट २२ जना सहभागी भएकोमा ४ जना, हेभेन्लीबाट २५ जनामध्येबाट १० जना, ब्राइट स्टारबाट ४३ जनामध्ये ५ जना र मोर्डन पब्लिकबाट १० जनामध्ये ५ जनाले मात्रै एसईई उत्र्तीण गरेको नगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ । 


    आफ्नो नतिजामा चित्त नबुझे नजिता सार्वजानिक भएको १५ दिनभित्र अनलाइन माध्यमबाट पनि पुनर्योगको लागि आवेदन दिन सक्ने व्यवस्था भने मिलाइएको छ । 


    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय समेत गरेको छ ।


    धेरै विद्यार्थीहरु अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले शुक्रबार निर्णय गरेकी छिन् । एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।


    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो ।


    ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि मन्त्रालयले दोस्रो पटक निर्देशिका संशोधन गर्ने र सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो ।


    यसअघि निर्देशिकामा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले अर्को वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने व्यवस्था रहेको थियो । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पहिलोपटक नयाँ लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा सार्वजनिक गरेको थियोे ।


    पन्त भइन नगर प्रथम
    भैरहवास्थित काशी नोबल एकेडमीकी विद्यार्थी श्रीदिमा पन्त एसईई सिद्धार्थनगर प्रथम भएकि छन् । विद्यालयले आइतबार एक कार्यक्रम आयोजना गरी उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । काशीले यसअघि पनि उत्कृष्ट नतिजा ल्याउँदै विद्यार्थीको प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको थियो, आइतबार विद्यालयका प्रथम हुने छात्र र छात्रालाई नगदसहित सम्मान गरेको हो । २०५१ सालमा स्थापित विद्यालयले २०६३ सालबाट एसएलसीमा सहभागिता जनाउँदै आएको छ । 


    १२ सय ५१ विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयले यस वर्ष १ सय १३ विद्यार्थी एसईईमा सहभागी गराएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले जानकारी दिए । उनले विद्यार्थीहरुको प्रोत्साहनका लागि विगतका वर्षहरुबाट उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिंदै आएको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij