मल्लिका घिमिरे
अटिजम एक प्रकारको न्योरोडेभलपमेन्टल विकास हो, जस्ले मानिएको सामाजिक र सञ्चार गर्ने क्षमतालाई प्रभावित गर्नुको साथ साथै उनीहरुले गर्न नहुने खालका क्रियाकलापहरु एककोहरी पारा दोह्रयाई तेह्रयाई गर्ने गर्छन् । आफ्नो इच्छाभएको काम एकदम राम्रो सँग गर्न सक्ने हुन्छन् । यि चुनौती सँगसगै अरु धेरै चुनौतीहरु छन् ।
जसको कारणले गर्दा अटिजमभएकाले विभिन्न प्रकारका व्यवहारहरु देखाउँछन् । अटिजम भएकाले विभिन्न प्रकारका व्यवहारहरु देखाउँछन् । आटिजम बच्चामा आमाको गर्भासयमा हुँदै भएको र यसको लक्षणहरु बच्चाहरुमा सामान्यतया ३ वर्षको उमेर देखा पर्नथाल्छ । अटिजम भएका व्यक्तिहरुलाई विभिन्न प्रकारका चुनौतीहरुको सामना गर्नुपर्छ । यस विषयमा चेतना फैलाउनु निकै जरुरी छ । अटिजम लक्षणहरुको कुरा गर्दा व्यक्तिव्यक्तिमा यसको लक्षण फरक हुन सक्छ ।
अटिजमका मुख्य लक्षणहरू
सामाजिक अन्तरक्रिया गर्न कठिनाइ ।
भाषा विकासमा ढिलाइ ।
एकै चिजमा अत्याधिक चासो ।
रुचिको विषयमा अडिक रहन्छन् ।
भावनालाई बुझ्न गाह्रो हुन्छ ।
दोहो¥याई तेहे¥याई कुनै काम गर्ने वा बोल्ने बानीहुन्छ ।
एक्लै खेल्नबस्न रुचाउने ।
आँखा जुधाएर कुरा गर्न नसक्ने ।
दोहो¥याउने गतिविधि जस्तै : हल्लाउने ।
दौडी रहने, उफ्रिरहने ।
परिवर्तन नरुचाउने ।
संवेदनशीलताप्रति धेरै प्रतिक्रियाशिलता(ध्वनी, प्रकाश, स्पर्श )
अटिजमका बारेमा जनचेतना फैलाउन हामी सबैको महत्वपूर्ण भूमिका छ । अरुलाई यसको बारेमा जानेको कुरा भनेर सकारात्मक सोंच फैलाउन र स्वीकार गर्न भनेर प्रेरित गर्न सक्छौँ । अटिजमको बारेमा जनचेतना फैलाउनु र यसलाई आत्मासाथ गर्नु भनेको नै अटिजम भएका बालबालिका र व्यक्तिलाई सहज रुपले समाजमा समावेश हुन सही वातावरण दिनु हो । यसले सकारात्मक परिवर्तन ल्याउने छ ।
बालबालिका अटिजम भएका बालबालिकाका लागि समावेशी शिक्षाको महत्व अटिजम भएका बालबालिकालाई अन्य बालबालिकासँग खेल्न र साथी बनाउन समावेशी शिक्षाले अवसर दिन्छ । यसले बालबालिकाको सामाजिक कौशलतालाई सुधार गर्न मद्दत गर्छ ।
स्कुलको वातावरणमा अटिजम भएका बालबालिकले धेरै कुरा सिक्ने हुनाले समावेशी शिक्षाले बच्चाहरुको विकासमा ठूलो भूमिका खेल्छ । शिक्षक, अभिभावक र सम्बन्धित निकाय मिलेर काम गर्न समावेशी शिक्षाप्रणालीले प्रोत्साहित गर्छ । सबै बालबालिकाहरुमा समान शिक्षाको अवसर दिनु जरुरी भएकाले अटिजम भएका बालबालिकालाई पनि आफूलाई व्यक्त गर्ने स्थान र अवसर दिनुपर्छ । समावेशी शिक्षाले आटिजम भएका बालबालिकालाई भविष्यको लागि हरेक क्रियाकलाप गर्ने तयार पार्दछ ।
नेपालमा समावेशी शिक्षाको अवस्था
नेपालको शैक्षिक प्रणालीको महत्व पूर्णपक्ष समावेशी शिक्षा हो । जसले सबै बालबालिकालाई चाहे तिनीहरुका शारीरिक, मानसिक वा अन्य सामाजिक आर्थिक अवस्थाका कारण, शिक्षा पाउने समान अवसर दिन्छ । नेपालमा गरिएको समावेशी शिक्षासम्बन्धी पहिलो प्रयासले हरेक प्रकारका जाति, भाषा र आवश्यकता भएका बालबालिकालाई शिक्षा पाउनका लागि वातावरण सिर्जना गर्न बाटोमा सकारात्मक कदम चालेको छन् ।
समावेशी शिक्षाको लागि सरकारले विभिन्न नीति नियम बनाएता पनि नेपालका स्कुलहरुमा अटिजम भएका बालबालिकालाई अरु सरह अध्ययन गराउन वा समावेश गराउन धेरै चुनौतीहरुको सामना गर्नुपर्छ थोरै विद्यालयहरुले माग अटिजम र समावेशी शिक्षालाई बुझेको र केही विद्यार्थीलाई समावेश गरेको पाइन्छ ।
अटिजमको सचेतना नभएको शिक्षकहरुले सोही अनुसार तालिम नपाएको, शैक्षिक सामग्री तथा पाठ्यक्रमको कमी यी सबै कारणहरुले गर्दा विद्यालयहरुमा बालबालिकालाई समावेशी गर्न गाह्रो भएको छ ।
अटिजम भएका बालबालिकाका लागि समावेशी शिक्षाको महत्व अत्यन्तै ठूलो छ, किनभने यसले उनीहरूको व्यक्तिगत, सामाजिक र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्छ । समावेशी शिक्षाले विशेष आवश्यकतासहितका बालबालिकालाई समान अवसर प्रदान गर्दै समानताको भावना विकास गर्न मद्दत गर्दछ । यसका केही प्रमुख महत्वहरू निम्न छन् :
१. सामाजिक समावेशीकरण
समावेशी शिक्षा प्रणालीले अटिजम भएका बालबालिकालाई अन्य बालबालिकासँग सामूहिक रूपमा सिक्ने अवसर प्रदान गर्दछ । यसले उनीहरूको सामाजिक सम्बन्ध सुधार्न र संवाद र सहयोग कौशल विकास गर्न मद्दत गर्दछ ।
२. आत्मविश्वास र आत्मनिर्भरता वृद्धि
सामान्य कक्षामा सहभागी भएर अटिजम भएका बालबालिकाले आत्मविश्वास बढाउँछन् । समान परिस्थितिमा सिक्न पाउँदा उनीहरूमा आत्मनिर्भरता र जिम्मेवारीको भावना पनि बलियो हुन्छ ।
३. समान अवसर र समानता
समावेशी शिक्षाले सबैलाई समान अवसर प्रदान गर्छ । यसले भेदभावलाई हटाउँदै सबै बालबालिकालाई सिक्नका लागि समान वातावरण सिर्जना गर्छ, जुन सामाजिक न्याय र मानव अधिकारको लागि महत्त्वपूर्ण छ ।
४. सहकार्य र सहानुभूतिको विकास
सामान्य विद्यार्थीहरूले पनि विशेष आवश्यकतासहितका बालबालिकासँग सहकार्य गर्न सिक्छन् । यसले उनीहरूमा सहानुभूति र विविधता स्वीकार गर्ने मानसिकता विकास गर्न मद्दत गर्छ ।
५. व्यक्तिगत र शैक्षिक विकास
अटिजम भएका बालबालिकाको शिक्षण–शिखाइ प्रक्रिया उनीहरूको विशेष आवश्यकतालाई ध्यानमा राखेर गर्नुपर्छ। समावेशी विद्यालयहरूले व्यक्तिगत शिक्षा योजना लागू गरी उनीहरूको सृजनात्मकता र क्षमतालाई निखार्न मद्दत गर्छन् ।
त्यसैले, समावेशी शिक्षा प्रणाली अटिजम भएका बालबालिकाको सम्पूर्ण विकासको लागि एक सशक्त माध्यम हो । यो प्रणालीले उनीहरूको जीवनस्तर सुधार गर्न मात्र नभई समाजलाई पनि सबैका लागि अधिक समान र न्यायसंगत बनाउँछ । त्यसैले, यसलाई प्रवद्र्धन र कार्यान्वयन गर्न सम्पूर्ण शैक्षिक प्रणालीमा सुधारको आवश्यकता छ ।
(लेखक घिमिरे, अटिजम केयर शोसाइटी लुम्बिनीका विशेष शिक्षक, प्रशासन प्रमुख तथा केयुमा समावेशी र विशेष आवश्यकता विषयमा स्नातकोत्तर अध्ययनरत छन् । )




