कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका वडा न. ४ अस्नैयास्थित रुद्रपुर माध्यमिक विद्यालयको “विना शिक्षा अध्यारो समाज, घर–घरमा पु¥याऔं प्राविधिक शिक्षाको आवाज” भन्ने मूल नाराका साथ स्वर्णमहोत्सव सरु भएको छ । स्वर्णमहोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले गरेका छन् ।
विद्यालय स्थापनाको ५०औं वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको ४ दिने स्वर्णमहोत्सवको उद्घाटन गर्दै मन्त्री ढकालले शिक्षाको विकास नै समाज विकासको मूल आधार भएको उल्लेख गरे । शैक्षिक प्रगतिका लागि सबै एकजुट हुनुपर्ने बताउँदै मन्त्री ढकालले भने–“यो विद्यालय एउटा रुखको छहारीबाट सुरु भएर आज ५० वर्षमा पुग्दैछ, यो ५०औं वर्षमा यस विद्यालयले अनेकौं आँधीहुरी सहन परेको छ । अनेकौँ दुःख कष्टहरूलाई र समस्याहरूलाई झेल्दै आज यो चरणमा आइपुगेको छ, म यो विद्यालयलाई शुभकामना दिन चाहन्छु ।” यस विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण फड्को मार्न सकोस् र रुद्रपुर माविको अलग्गै पहिचान बनाउन सफल होस् र शिक्षाको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुनेगरी यसले आफूलाई अगाडि बढाउन सकोस् भन्दै मन्त्री ढकालले शुभकामना व्यक्त गरेका थिए ।
स्थापनाकालदेखि अहिलेसम्म विद्यालयको यो अवस्थासम्म ल्याउन अतुलनीय योगदान गर्ने अग्रज, अभिभावक, विद्यार्थी, शिक्षक तथा शुभेच्छुहरू प्रतिपनि मन्त्री ढकालले धन्यवाद व्यक्त गरेका थिए ।
कृषिसँग जोडिएर कृषि प्राविधिकधारको शिक्षालाई अगाडि बढाउन र गाउँँगाउँमा कृषिको आधुनिकरण गर्ने, कृषिको विकास गर्ने हँुदा आफ्ना सन्ततिहरूले कृषिको बारेमा जरैदेखि बुझेर भोलि हाम्रो कृषि प्रधान देशलाई अझैँ अगाडि बढाउन र कृषिमा आत्मनिर्भर बनाउन कृषि प्राविधिक शिक्षा सञ्चालनको उद्देश्यलाई पूरा गर्न विद्यालयसँगसँगै रहेर प्रयत्न गर्ने प्रतिबद्धता उनले जनाए ।
स्वर्णमहोत्सव मूल समारोह कार्यक्रमका विशिष्ट अतिथि तथा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले शिक्षाको क्षेत्रमा भौतिक पूर्वाधार सम्पन्न गर्न र शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्ने गरी दुईवटा कार्यक्रमहरूसँगै लगेको स्मरण गर्दै आफू गाउँपालिका अध्यक्ष भइसकेपछि यस विद्यालयमा दुई कोठे भवन निर्माणको लागि बजेट व्यवस्थापन गरेको बताए । स्थानीय सरकारसग पर्याप्त बजेट नभएको हँुदा ठूला योजनाहरू ल्याउनको लागि प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गर्दै आइरहेको समेत अध्यक्ष ढकालले बताए । विद्यालयको पूर्व शिक्षक समेत भएर विद्यालय र यस क्षेत्रको सेवा गर्ने अवसर समेत पाएको स्मरण गर्दै अध्यक्ष ढकालले समाजलाई समाज र चेतनशिल बनाउन शिक्षा अनिवार्य विषय भएको र चेतनशिल समाजले मात्र विकास के हो भन्ने कुराको विश्लेषण गरेर भइरहेको विकासको दिगोपनमा ध्यान दिने जनाए ।
विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक पौडेलले विद्यालयको स्वर्णमहोत्सवले हरेक अभिभावक, शिक्षक, विद्यार्थी, शिक्षाप्रेमी, स्थानीयहरुमा प्राविधि शिक्षा सञ्चालनप्रतिको आकर्षण र उत्साह बढेको बताए ।
स्वर्णमहोत्सवको अवसरमा प्राविधिक शिक्षा सञ्चालनका लागि घर–घरमा अभियान सञ्चालन गर्दा शुभेच्छुकहरुबाट प्राप्त भएको आर्थिक, भौतिक, नैतिक सहयोग, सदभाव र सहकार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै प्राविधिक शिक्षा सञ्चालनका लागि पालिका, प्रदेश हँुदै संघीय सरकारसँग आवश्यक पहलका लागि जनप्रतिनिधिहरु समक्ष प्रधानाध्यापक पौडेलले आग्रह समेत गरेका छन् ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजको पहल तथा पूर्व विद्यार्थी ज्योति विकास बैंकका सि.ई ओ. कपिल ढकालको नेतृत्वमा प्राप्त भएको स्मार्ट तथा डिजिटल बोर्ड ज्योति विकास बैंक मुर्गिया शाखाका प्रबन्धक कपिल न्यौपानेले विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनाललाई हस्तान्तरण गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक ध्रुव पौडेलले विद्यालयको स्वर्णमहोत्सवले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शिक्षा प्रेमीहरुमा उर्जाशिल बनाएको र विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने अभिभावकहरुको इच्छालाई विद्यालयको तर्फबाट पूरा गर्न हरदम प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आगामी दिनहरुमा पनि सबैपक्षको सहयोग र सहकार्यको अपेक्षालाई साथ दिने विश्वास व्यक्त गरेका थिए ।
विद्यालयका शिक्षक गोपाल पौडेलको सञ्चालनमा भएको कार्यक्रममा कार्यपालिका सदस्य चित्रलाल तुलाचन, राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका देवीराम रेग्मी, सामुदायिक विद्यालयहरुको तर्फबाट हरैया माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा पूर्व विद्यार्थी मेघनाथ पौडेल, शिक्षक महासंघको तर्फबाट विद्यालयका पूर्व सहायक प्रधानाध्यापक प्रकाश आचार्य, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको तर्फबाट मेघनाथ पौडेल, सामुदायिक वनहरुको तर्फबाट रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापा, हरैया बहुमखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टीकाराज गिरी, पूर्व विद्यार्थी समाज, रुद्रपुर मा.वि.का अध्यक्ष डा. सुमन आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विभिन्न संघसंस्था, विद्यार्थी तथा टोल विकास संस्थाहरुद्वारा स्थानीय झाँकीसहित सांस्कृतिक ¥याली (प्रभातफेरी) सहित सुरु भएको स्वर्णमहोत्सवमा १ लाखभन्दा माथि आर्थिक तथा भूमिदान गर्ने दाताहरु, पूर्व प्रधानाध्यापक, विद्यालयका संस्थापक, पूर्व प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो ।
कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाइ हुने रुद्रपुर माध्यमिक विद्यालयमा हाल ७०० जना विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले विद्यालयको स्वर्ण स्तम्भको अनावरण र स्मारिका पत्र रुद्रपुर दर्पण लोकार्पण समेत गरेका थिए ।




