गुल्मी । गुल्मीको मालिका गाउँपालिका ६ अर्जै पोखराबारीमा रहेको अर्जै माध्यमिक विद्यालयको झण्डै ७० वर्षको इतिहासमा एक जना महिलाले पहिलो पटक महिला प्रधानाध्यापक भएर इतिहास रचेकि छन् । त्यस विद्यालयकि पूर्व विद्यार्थीसमेत रहेकी सम्झना विष्टले प्रधानाध्यापक भएर इतिहास रचेकि हुन् ।
छापाहिले माइती घर भई अर्जै राम्चे निवासी विष्ट २०६६ सालमा निमावि राहत दरबन्दीमा नियुक्ति पाएकी थिइन । सोहि तहमा २०७२ साल पौषसम्म अर्जै माविमै रहेकी विष्ट २०७२ माघमा मावि तह शिक्षकमा बढुवा भएपछि उनी सोही महिनादेखि सोही वर्षको चैत्रसम्म पृथ्वी मावि पुर्कोटदहमा पढाएकि थिइन ।
२०७२ साल बैशाखमा अर्जै माविमा आएकी विष्ट २०७३ सालसम्म सोही विद्यालयको निमित्त प्रधानाध्यापक भएकी थिइन । २०७९ साल असार १५ गते अर्जै माविको प्रधानाध्यापकमा नियुक्ति पाएकि विष्टले यही पुस २२ र २३ गते सम्पन्न त्यस विद्यालयको ७९औं वार्षिकोत्सवमा पहिलो महिला प्रधानाध्यापकको हैसियतले वार्षिक प्रतिवेदन पेश गरिन ।
कक्षा ६ देखि एसएलसी पास गर्ने बेलासम्म अर्जै माविमै पढेकी विष्टले रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासबाट कक्षा १२ उत्तीर्ण गरेकि थिइन ।
काठमाडौं ताहचल क्याम्पसबाट एमएडसम्मको अध्यन गरेकी उनी त्यस पालिका, अर्जैवासी, त्यहाँका शिक्षक, अभिभावक र विद्यार्थीले दिएको माया र हौसलाले नै आफू प्रधानाध्यापकसम्मको जिम्मेवारीमा पुग्न सफल भएको बताउँछिन् ।




