२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पालिकामा दलित सहभागिताले जगाएको आशा

पालिकामा दलित सहभागिताले जगाएको आशा

पालिकामा दलित सहभागिताले जगाएको आशा

पालिकामा दलित सहभागिताले जगाएको आशा

पालिकामा दलित सहभागिताले जगाएको आशा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • स्थानीय तहको हरेक वडामा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित छ । संवैधानिक प्रबन्ध भएपछि  वडास्तरमा दलित महिलाको अभूतपूर्व र जबरजस्त उपस्थिति गराएको छ । युगौंदेखि हेपिएको र थिचिएको समुदायले नीति निर्माण तहमा आवाज उठाइरहेका छन्, यो नेपाली लोकतन्त्रको सुन्दर पक्ष हो ।


    पालिकाका बैठकहरूमा अन्य जातिका जनप्रतिनिधिसँगै बसेर उनीहरू  विचार राख्न सक्ने भएका छन् । उनीहरुको नेतृत्व क्षमता बढेको छ । लुम्बिनी प्रदेशमा १ हजार ६ जना दलित महिला वडा सदस्यमा निर्वाचित भएका छन् ।  बदलिँदो नेपाली समाजको यो सुन्दर पक्ष हो  । वडा सदस्य अझ दलित वडा सदस्यले काम गर्न सकेनन् भन्ने टिप्पणी नभएको होइन, तर समावेशी प्रतिनिधित्वको प्रयोग भएको धेरै भएको छैन । प्रणाली व्यवस्थित बन्दै जाँदा समावेशी प्रतिनिधित्वको प्रयोग व्यवस्थित हुन्छ ।
    तीन हजार वर्षदेखि जात व्यवस्था र पितृसत्ताको दोहोरो–तेहरो मार खेपेका दलित महिलाले एकाएक चमत्कार गर्छन् भन्ने अपेक्षा राख्नु व्यावहारिक र न्यायोचित पनि हुँदैन । भुइँतहको दलित प्रतिरोध र बहिष्कृत आवाजलाई स्थानीय सरकारसम्म पु¥याउन उनीहरूले निर्वाह गरेको भूमिकालाई महत्वपूर्ण मान्नुपर्छ ।


    सामान्यतया वडा सदस्यको जिम्मेवारी वडा समितिका बैठकहरूमा सहभागी हुने र आफ्नो क्षेत्रका मुद्दा वा समस्याहरू उठाउने हो । उनीहरूको आवाजलाई पालिकाको बैठकले सुन्ने र सम्बोधन गर्ने गर्दा मात्रै संविधानको व्यवहारिक कार्यान्वयन हुन्छ । संविधानको मर्म आत्मसात हुन्छ ।  स्थानीय निर्वाचन ऐन–२०७३ ले अनिवार्य गरेको दलित महिलाको आरक्षित सिटबाहेक वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका, उप–महानगरपालिका र महानगरपालिकाका मेयर र उपमेयरमा समानुपातिक समावेशी सिद्धान्त अनुसार जनसंख्याका आधारमा दलित तथा सीमान्तकृत समुदायलाई टिकट दिने र जित्ने वातावरण बनाउन राजनीतिक दलहरू अग्रसर हुनुपर्छ । यसो गर्दा सामाजिक विभेद हटाउन बल पुग्छ । स्थानीय तहमा दलित महिलाको सहभागिताले सामाजिक जागरणलाई बल पु¥याएकोले आशा धेरै जगाएको छ ।


    लोकतन्त्र नागरिकले अनुभूति गर्नुपर्छ । संवैधानिक प्रबन्ध र यसको मर्मलाई बुझेर दायरा फराकिलो पार्दै अघि बढ्दा मात्रै लोकतन्त्र सवल हुँदै जाने हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij