२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रविधिको प्रयोगले  बदलिंदै सिद्धार्थनगर

प्रविधिको प्रयोगले  बदलिंदै सिद्धार्थनगर

सिद्धार्थनगर नगरपालिकाले प्रविधिको प्रयोग  गरी सेवा प्रवाह छरितो बनाएको छ । सीसीटिभीले नगरको गतिविधि निगरानी गरी अपराध नियन्त्रणमा प्रहरीलाई सघाउ पुगेको छ ।

प्रविधिको प्रयोगले  बदलिंदै सिद्धार्थनगर

प्रविधिको प्रयोगले  बदलिंदै सिद्धार्थनगर

सिद्धार्थनगर नगरपालिकाले प्रविधिको प्रयोग  गरी सेवा प्रवाह छरितो बनाएको छ । सीसीटिभीले नगरको गतिविधि निगरानी गरी अपराध नियन्त्रणमा प्रहरीलाई सघाउ पुगेको छ ।

प्रविधिको प्रयोगले  बदलिंदै सिद्धार्थनगर
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • भैरहवा । सिद्धार्थनगरको निगरानी सीसी क्यामराले गर्दैैछ ।  प्रविधिको प्रयोग गरी निगरानी र सुरक्षा गर्ने योजना कार्यान्वयन भएपछि अहिले नगरपालिकाको सेवा प्रवाहमा सुधार भएको  छ ।

    नगरको व्यस्त ठाउँमा १८ वटा सीसी क्यामराबाट निगरानी भएको  छ । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पालिका क्षेत्रमा रहेका व्यस्त क्षेत्र, मुख्य मार्ग र सम्भावित क्षेत्रको सीसी क्यामेराबाट निगरानी हुँदै आएको हो । नगरको मुख्य १८ स्थानमा रहेका सीसी क्यामराले गतिविधि सिधैँ जिल्ला प्रहरी कार्यालयको सूचना शाखामा रहेको स्क्रिनमा पठाउँछ । 


    सीसी क्यामरामा रेकर्ड भएको दृश्यले सवारी दुर्घटना भएपछि सत्य तथ्य थाहा पाउन प्रहरीलाई सजिलो भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रञ्जितसिंह राठौरले बताए  । उनका अनुसार, सिसिटिभीको फुटेजबाट साना–ठूला अपराध अनुसन्धानका क्रममा प्रहरीलाई ठोस प्रमाण जुटाउन र कारवाही गर्न सिसी क्यामरा सहयोगी हुने गरेको छ ।


    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँका अनुसार, प्रविधिको प्रयोगले विकास र आर्थिक हैसियत मापन गर्छ । तीब्र शहरीकरण भइरहेकाले प्रविधिको प्रयोग अपरिहार्य छ ।

    siddartha1.jpg


    नगरपालिका र मातहतका सेवाप्रदायक कार्यालयहरुमा सुशासन र पारदर्शिताको लागि प्रदान गर्ने सेवा सुविधालाई चुस्तदुस्त पार्न कार्यालयको निगरानीको लागि सीसी क्यामरा जडान गरिएको छ ।  यसले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको गुनासोलाई कम गर्न र सेवाग्राहीको सेवालाई पारदर्शी बनाउन सहयोग पुगेको नगरप्रमुख खाँले जानकारी दिए  । 


    भैरहवा खुला सिमाका कारण सवारी साधनको अनाधिकृत प्रयोग पनि समस्याको रुपमा रहेको छ । जिल्लामा बढ्दो दुर्घटना, चोरी, हत्यालगायत विभिन्न अपराधिक क्रियाकलापमा सवारीसाधनको प्रयोग हुने, तर सवारीसाधन नभेटिने समस्या रहेकोले हामीले त्यसको निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा’ (एएनपीआर) प्रणाली जडान भएको छ  । यसले शंकास्पद गाडीका नम्बरप्लेट र गतिविधि नियाल्न सक्ने क्षमता राख्दछ । 


    मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ । सिटबेल्ट लगाएको छ कि छैन, चालकको अवस्था, फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ । अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ ।
    आधुनिक प्रविधियुक्त उक्त क्यामेराले गाडीको नम्बरप्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर पठाउने हुँदा ट्राफिक व्यवस्थापनमा यसले  सहयोग पुर्‍याउँदै आएको छ ।


    आधुनिक प्रविधि भएकाले नेपाली र इम्बोष्ट नम्बरलाई पनि क्याप्चर गर्छ । सिद्धार्थनगर नगरपालिकाको तिन वटा स्थान बेलहिया, देवकोटा चोक र एयरपोर्टमा उक्त प्रविधि जडान गरिएको छ । त्यसले सूचनाहरू जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सूचना शाखामा पठाउँछ । त्यसबाट विश्लेषण गरेर आवश्यक काम गर्न सकिन्छ ।


     सिद्धार्थनगर नगरपालिकाले क्यूआर कोडमार्फत् राजस्व भुक्तानी पनि सुरु गरेको छ । राजस्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नगरपालिकाको नीति अनुरुप क्यूआर कोडमार्फत् राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो । नगरपालिका कार्यालय अन्तर्गत राजस्व प्रशासन शाखा, घरनक्सा शाखा र वडा कार्यालयहरुमा बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुहरु क्यूआर कोडमार्फत् भुक्तानी गर्न सकिनेछ ।


    त्यस्तै फोहोर मैला संकलन गर्ने ट्याक्टरहरुमा जीपीएस जडान गरी कहाँ छन् भन्ने पक्ता लगाउन सकिने व्यवस्था मिलाएको छ । यसबाट फोहोर मैला सकंलन गर्ने ट्याक्टरहरु कहाँ र कुन अवस्थामा छन भन्ने पक्ता लगाउन सकीने छ । र सोहीअनुसार आफ्नो क्षेत्रमा रहेका ट्याक्टरको लोकेसन पत्ता लगाई फोहोर पठाउन सकीने छ । यसकोलागि आफ्नो मोबाइलमा लुना जीपीएस डाउनलोड गरी सहजै सेवा लिन सकिने व्यवस्था मिलाइएको छ ।


    क्यामरा जडान भएपछि  नगरको अधिकांश संदिग्द क्षेत्र क्यामेराको सुरक्षाभित्र छ, यसले अध्ययन अनुसन्धानमा ठोस प्रमाणको रुपमा पनि सहयोग भएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख एसपी  राठौरले बताए । प्रहरी देख्दा नियम मान्ने, नदेख्दा नियम उलङ्घन गर्ने प्रवृत्तिको अन्त्यका लागि पनि सीसी क्यामरा सहयोगी बनेको उनको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij