२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बगनासकालीले गर्‍यो  कृषि मेला तथा प्रदर्शनी

बगनासकालीले गर्‍यो  कृषि मेला तथा प्रदर्शनी

बगनासकालीले गर्‍यो  कृषि मेला तथा प्रदर्शनी

बगनासकालीले गर्‍यो  कृषि मेला तथा प्रदर्शनी

बगनासकालीले गर्‍यो  कृषि मेला तथा प्रदर्शनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • पाल्पा । बगनासकाली गाउँपालिकाको अधिकांश भू–भाग कृषियोग्य जमिन रहेकोले पालिकाले कृषि उत्पादनमा वृद्धि गर्न, कृषकका समस्या, गुनासाहरु सुन्न र सम्बोधन गर्न १२ दिने स्थानीय उत्पादनको प्रदर्शनी तथा मेला गरेको छ । बगनासकाली गाउँपालिका, तरकारी, अदुवा वेसास, दुध, मौरी, लहरेवाली, मसलाजन्यवालीलगायतका कृषि उत्पादनमा प्रख्यात रहेको छ । 

    गाउँ–गाउँमा कृषि उत्पदान वृद्धि गर्न, कृषकहरु  उत्पादनप्रति हौसल्ला बढाउन, कृषि उत्पादनमा प्रोत्साहन गर्न बगनासकाली गाउँपालिकाले पालिकास्तरीय कृषि मेला तथा प्रदर्शनी गरेको छ । पालिकाले विभिन्न ४ वटा कृषि विधालाई प्राथमिकता दिई पालिकास्तरीय कृषि मेला तथा प्रदर्शनी गरेको हो । 

     कृषि उत्पादन प्रदर्शनी तथा मेलामा पालिका भरीका १ सय १ जना कृषकहरुले आ–आफ्‌नो खेतबारीमा उत्पादन गरेका कृषि उत्पादन प्रदर्शन गरेका थिए । विभिन्न थरीका कृषि उत्पादन देखेर कृषकहरु नै एक आपसमा दंग परेका छन् । 
    गाउँ–गाउँमा व्यवसायिक कृषि उत्पादन वृद्धि गर्न, कृषकहरुलाई  कृषि पेशाप्रति आकर्षण गराउँदै उत्पादनप्रति हौसल्ला बढाउन पालिकास्तरीय कृषिमेला तथा प्रदर्शनी आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीदर्लामीले बताइन । गाउँपालिकाले सबैभन्दा धैरे बजेट कृषि क्षेत्रमा लगानी गर्दै आएकोले कृषकहरुलाई व्यवसायि बनाउँदै घर–घरमा रोजगारी बढाउन कृषि मेला तथा प्रदर्शनीले सहयोग पुगेको  पालिका अध्यक्ष दर्लामीले बताइन । 

    गाउँपालिकाको प्रमुख आयश्रोत भनेकै कृषि उत्पादन हो । प्रत्येक वडा, टोल, टोलमा व्यवसायिक कृषि उत्पादन बढाउन, उनीहरुलाई प्रोत्साहन गर्न,  कृषि उत्पादनसम्बन्धी मल, बिउ, पानी, रोग, किरा नियन्त्रण, विषादीको प्रयोगको बारेमा जानकारी गराई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन पालिकाले कृषि मेला तथा प्रदर्शनीको आयोजना गरेको पालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताए । 

    पालिकास्तरीय कृषि प्रदर्शनीले १ सय १ वटै किसानले उत्पादन गरेका विभिन्न किसिमका कृषि उत्पादन हेरेर, कृषि उत्पादनको तरीका, मलबिउतथा खेती गर्ने विधिको बारेमा जानकारी लिएको बगनासकाली ९ चापपानीकी सीता बस्यालले बताइन । 
    पालिकाले  विगत दुई वर्षदेखि  कृषि प्रदर्शनी तथा मेला संचालन गर्दै आएको छ । आ.व.७९/ ८० मापालिकाले ९ वटै वडामा, आ.व. ८०/८१ मापालिका स्तरीय र चालु आर्थिक वर्षमा पनि पालिकास्तरीय कृषि मेला तथा प्रदर्शनी आयोजना गरी कृषिमा देखिएको उपलब्धि, समस्या, सुझाव एक अर्कालाई जानकारी गर्ने गराउने,  एक आपसमा सिक्ने सिकाउने काममा सहयोग पुगेको कृषि शाखा प्रमुख रामहरि गैरेले बताए । प्रदर्शनीले गतवर्ष भन्दा गुणस्तरीय उत्पादन भएको, उत्पादनमा वृद्धि भएको, कृषकहरु जागरुपर चेतनामा वृद्धि भएको, कृषिउत्पादनमा मागहरुमा वृद्धि भएको कृषि प्रमुख गैरेले बताए । 

    कृषि प्रदर्शनी तथा मेलामा तरकारी फलफूल पुष्पवाली, मसला, नगदे तथा गानावाली, स्थानीय रैथानेवाली र दलन, तेलहन, तथा खाधान्न वाली गरी ४ विधामा कृषकहरुले आ–आफ्‌ना उत्पादनहरु ल्याएका थिए । कृषि प्रदर्शनी तथा मेलामा १ सय १जनाको सहभागी रहेको र विभिन्न ४ वटा विधाका प्रथम, द्वितीय र तृतिय हुने  १२ जना कृषकहरुलाई पुरस्कृत गरिएको थियो । अन्य ८९ जना कृषकहरुलाई यातायातसहित सम्मान गरेको कृषि प्राविधिक खिमराज कोइरालाले बताए । 

    प्रदर्शनीमा तरकारीबालीअन्तरगत बगनासकाली २ का कृषक ऋषि प्रसाद श्रेष्ठको फर्सी प्रथम भएको छ भने बगनासकाली ७ का वेनकला गौतमको भाण्टा द्वितीय, बगनासकाली १ चिरतुंधाराकी लक्ष्मी न्यौपानेको रायोको साग तृतीय भएको छ । यसैगरी स्थानीय रैथाने, खाद्यान्न दलहन, तेलहन तथा विविध बालीअन्तरगत बिगनासकाली २ का विजय भट्टराईको कोदो बाली प्रथम,  सोही स्थानकै सूमन पहारीको फाफर बाली द्वितीय र बगनासकाली ७की यमीसरा  बुढाथोकीको गहते सिमीबाली तृतीय भएको छ ।

    यसैगरी फलफूल तथा पुष्पवालीतर्फ बगनासकाली ६ की यमकला अधिकारीको अम्बा प्रथम भएको छ भने द्वितीयमा सोही ठाउँकै खड्कराज बस्यालको सुन्तला परेको छ भने तृतीयमा बगनासकाली ८ का झपिन्द्र बस्यालको सयपत्रीफूल परेको छ । 
    मसलानगदे तथा गानोबालीतर्फ बगनासकाली ४ की अम्बिका न्यौपानेको तरुल, बगनासकाली ९ की सीता बस्यालको अदुवा द्वितीय र वडा नंं ६ काधनिसरा बस्यालको पिडाँलु तृतीय भएको छ । पालिकाले प्रथम हुनेलाई नगद ८ हजार, द्वितीय हुनेलाई नगद ६ हजार र तृतीय हुनेलाई नगद ४ हजार, प्रमाण र मेडल प्रदान गरेको छ । 

    बगनासकाली गाउँपालिकाले  गुणस्तरी कृषिउत्पादन बृद्धि गर्ने, एक आपसमा प्रतिष्पर्धा बढाउन पालिकास्तरीय कृषि मेला तथा प्रदर्शनी सहयोग पुगेको जनाएको छ । प्रदर्शनीले कृषकहरुमा उत्साह जगाएको छ, जोश जागर चलाए जे पनि राम्रोसंग उत्पादन गर्न सकिने रहेछ भन्ने आत्मबल वृद्धि भएको बगनासकाली २ पोखराथोकका विजय भट्टराईले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij