बुटवल । पानस कृषि सहकारी संस्था लिमिटेड बुटवल–११ को ९ औं साधारणसभा तथा चोथौं अधिवेशन शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शोभाकर सुनारको अध्यक्षता तथा तिनाउ गाउपालिकाका उपाध्यक्ष लालबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै थापाले भविष्यको खांचो टार्नका लागि बचत गर्ने बानी बसाल्नुपर्ने बताए । उनले सहकारीहरु अब उत्पादन केन्द्रित बन्नुपर्नेमा जोड दिए ।
सहकारीका अध्यक्ष शोभाकर सुनारले सहकारी नर्सरी व्यवस्थापन र बजारीकरण गर्ने भावी योजना सहित अघि बढेको बताए । त्यस्तै उनले कृषि उत्पादन, बजार व्यवस्थापन र भण्डारमा लागेको बताए ।
सहकारीमा ४२२ जना शेयर सदस्यहरु रहेका छन । सहकारीमा २ करोड ८ लाख निक्षेत्र, ७० लाख ९ हजार शेयर पूँजी र २ करोड ५५ लाख ऋण लगानी रहेको छ ।
सहकारीका उपाध्यक्ष सुभाष रसाइलीको स्वागत तथा सचिव क्षेत्रबहादुर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।




