२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मुद्रण व्यवसाय बिस्तारमा सरकारी नीतिहरू बाधक!

मुद्रण व्यवसाय बिस्तारमा सरकारी नीतिहरू बाधक!

मुद्रण व्यवसाय बिस्तारमा सरकारी नीतिहरू बाधक!

मुद्रण व्यवसाय बिस्तारमा सरकारी नीतिहरू बाधक!

मुद्रण व्यवसाय बिस्तारमा सरकारी नीतिहरू बाधक!
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष २७ २०८१
शनिवार, पौष २७ २०८१
  • बुटवल ।  छापाखाना सञ्चालन गर्दै आएका मुद्रण ब्यवसायीहरुको विस्तारको लागि सरकारी नीतिहरू बाधक रहेको सरोकारवालाले बताएका छन्।

    शनिवार बुटवलमा सम्पन्न मुद्रण उद्योग संघ रुपन्देहीको १० औँ वार्षिक साधार सभा बोल्ने वक्ताहरूले सरकारको छपाई सम्बन्धित  नीतिहरूमा व्यापक परिवर्तनहरू गर्नुपर्ने उल्लेख गरेका थिए। 

    उनीहरूले कच्चा पदार्थ ल्याउँदा कर लगाउने तर तयार सामाग्री ल्याउँदा करको दर निकै कम हुँदा भारतीय मुलुकबाट छपाई सम्बन्धी कामहरू गर्ने गरेको बताउँदै यो नीति परिवर्तन हुनुपर्ने उल्लेख गरेका थिए। 

    कार्यक्रममा बोल्दै सहभागीहरूले व्यवसायीहरूले मुद्रण व्यवसायीलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै रोजगारी समेत प्रदान गर्दै आएका ब्यवसायीहरुको सोचेजस्तो सफलता प्राप्त नभएको गुनासो गरेका थिए। 

    कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विष्णु तिवारीले मुद्रण उद्योगलाई राज्यले सम्मान गर्न नसकेको बताउँदै यसो हुँदा व्यवसायीहरू पलायन हुन थालेको बताए। उनले आफूहरू उद्योगीहरूको लागि सरकार समक्ष लडे पनि कार्यक्रममा बोल्दै सरकारले सम्बन्धित काम नगरेको बताए।

     बोल्दै संघ रुपन्देही अध्यक्ष पशुपति पौडेलले सरकारले स्वदेशी बस्तु उपभोग गर्ने सम्बन्धी निर्देशिका २०७१ अनुसार पनि स्वदेशी उद्योग तथा कच्चा पदार्थ निर्मित बस्तु खरिद गर्ने अवधारणा ल्याए पनि कार्यान्वयन पक्ष कमजोर रहेको गुनासो गरे। 

    महासंघका द्वितीय उपाध्यक्ष मनोज जिसीले उत्पादित सामाग्रीमा कर नलाग्ने तर कच्चा पदार्थमा कर लाग्ने अवस्था अन्त्य हुनुपर्ने उल्लेख गरे। 

    रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटाले उद्योगीहरूका गुनासो बोक्दै सरकारसमक्ष पुगेपनी नसुनेको गुनासो गरे। उनले मुद्रण उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै स्वदेशी उद्योगहरूमार्फत नै कामहरुगर्नुपर्ने उल्लेख गरेका थिए। 

    संस्थापक अध्यक्ष खेम प्रसाद लुइँटेलले व्यवसायीहरू पलायन भइरहेको सङ्केत देखिइरहेको उल्लेख गरे। उनले संघलाइ बलियो र व्यवस्थित बनाउनको लागि थप गृहकार्य गर्नुपर्ने देखिएको उल्लेख गरे।
    मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष घनश्याम घिमिरेले  राज्यले स्वदेश बस्तुको उपभोगमा ध्यान दिनुपर्ने भए पनि यसो हुन नसकिरहेको बताए। 

    कार्यक्रममा रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनाल ,उद्योग व्यापार संघका उपाध्यक्ष केशव श्रीस,नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल ,इम्प्रेसन नेपालका अध्यक्ष गोपाल सुबेदी लगायतले बोलेका थिए। 
    सो अवसरमा  बुटवल नगर गानका रचनाकार संघका सल्लाहकार डिल्लीनारायण पाण्डेयलाई सम्मान समेत गरिएको थियो 
    साधारण सभाले अध्यक्ष पौडेलको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भरतराज पाठकको आर्थिक प्रतिवेदन पारित भएको थियो। संघ सचिव राजु घिमिरेको सञ्चालन तथा  द्वितीय उपाध्यक्ष सागर पाठकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij