२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वैदेशिक रोजगारीमा जोखिम

वैदेशिक रोजगारीमा जोखिम

वैदेशिक रोजगारीमा जोखिम

वैदेशिक रोजगारीमा जोखिम

वैदेशिक रोजगारीमा जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • वैदेशिक रोजगारीका क्रममा १५ वर्षको अवधिमा १४ हजार ३५२ जना नेपालीले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ । यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र बोर्डबाट आर्थिक सहायता लिनेहरूको हो । श्रम स्वीकृति नलिई पुगेका तथा बोर्डबाट आर्थिक सहायता नलिएकाहरू समेत गणना गर्ने हो भने वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीहरूको तथ्याङ्क  भयावह छ । तर यस्तो तथ्याङ्क सरकारसँग छैन ।


    देशमा राम्रो अवसर नपाएपछि विदेशिएका नेपालीको मृत्युको तथ्याङ्क हेर्दा बहुआयामिक कारण छन् । वैदेशिक रोजगार बोर्डका अनुसार कामको खोजीमा विदेश गएका नेपालीहरूले दुर्घटना, हत्या, आत्महत्या तथा विभिन्न रोगका कारण ज्यान गुमाउने गरेका छन् । सबैभन्दा धेरै मलेसियामा चार हजारले ज्यान गुमाएका छन् । त्यसपछि साउदी अरब, कतार, युएई, कुवेत, दक्षिण कोरियालगायत मुलुकमा गएका नेपालीले ज्यान गुमाएको संख्या छ ।


    बर्सेनी वैदेशिक रोजगारीका लागि विभिन्न गन्तव्यमुलुक पुगेका ठूलो संख्यामा नेपालीहरूले किन ज्यान गुमाइरहेका छन् भन्ने बारेमा सरकारले सुक्ष्म अध्ययन गर्नुपर्छ । पर्याप्त सीप तथा तालिम अभाव तथा गन्तव्य मुलुकमा सुरक्षा व्यवस्था बिना काममा लगाइनेलगायत कारण अकालमा युवाशक्तिले ज्यान गुमाउनु परिरहेको लगायत अवस्था छ । गन्तव्य देशमा बेलुका सकुशल सुतेको व्यक्ति बिहान उठ्दा मृतक भेटिने घटना बढ्दै गएका छन् । अझ कतिपय अवस्थामा त विभिन्न दुर्घटना तथा रोगका कारण मृत्यु भएका श्रमिकलाई पनि मृत्युको कारण प्राकृतिक देखाएर पठाउने गरेको पाइन्छ । ।  दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बाध्यतालाई छल्न रोजगारदाताले मेडिकल रिपोर्ट नै फरक पार्ने गरेका घटनालाई रोक्न अपरिहार्य छ । रोजगारकर्ताको सुरक्षा रोजगारदाताको हो । रोजगारीमा जाँदा रोजगारदाता र रोजगारकर्ताले पालना गर्नुपर्ने नियम दुई पक्ष प्रष्ट हुनुपर्ने व्यवस्था भए पनि बेवास्ता भइरहेको छ ।


    वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिने, घाइते र अंगभंग भएकाहरुको उपचारको व्यवस्थालगायतका काम गर्दै आएको छ । बोर्डको स्थापना र सक्रियताले अहिले रोजगारीमा विभिन्न मुलुक पुगेका नेपालीलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सहज भएको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाहरूलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट आर्थिक सहायता उपलब्ध गराइँदै आएको छ । अब रोजगारदाता मुलुक र कम्पनीमा अनुगमन गर्न प्राथमिकता दिनुपर्छ । अनुगमनले रोजगारदाता र रोजगारकर्ताको अवस्था, सम्बन्धित देशको कानुनी प्रबन्धलगायत तथ्य जानकारी हुन्छ । जसले आगामी दिनमा गर्नुपर्ने काम सहज हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij