भैरहवा । रुपन्देहीको सिद्धार्थनगरको एसईई नतिजा यस वर्ष सन्तोषजनक छैन । विगतका वर्षहरुमा राम्रै नतिजा आउने यस नगरबाट अहिले भने विगतका भन्दा फरक नतिजा आए पछि शैक्षिक संस्थाहरु निराशा छाएको छ, सामुदायिक विद्यालयको नतिजा यस वर्ष मुख्यत खस्केको छ । गत चैत्रमा नगरका सामुदायिक तथा संस्थागत ३५ वटा विद्यालयबाट एसईईमा १ हजार ५ सय ६१ जना विद्यार्थी सहभागी भएकोमा ६ सय ९० जना अर्थात ४४ दशमलव २ प्रतिशत विद्यार्थीमात्रै उतीर्ण भएका छन ।
१२ सामुदायिक र २३ संस्थागत विद्यालयहरुबाट विद्यार्थीहरु सहभागी भएपनि ३ वटा सामुदायिक विद्यालयको नतिजा शुन्य आएको छ । विहिबार सार्वजानिक गरिएको माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा अनुसार समुदायिक विद्यालय तर्फ पक्लिहवा माविको ४३ जना मध्ये २ जना, भैरहवा नमुना माविको ८५ जना मध्ये ४ जना, रुपन्देही लिलाराम माविको २ सय ३ जना मध्ये ९२ जना, भानु माविको ७२ जना मध्ये ८ जना, सुसंस्कृत माविको २६ जना मध्ये १७ जना , बहिरा बाल माविको १० जना मध्ये ८ जना, सुर्यदेव माविका २८ जना मध्ये १ जना र नव दुर्गा माविको ३० जना मध्ये ६ जना मात्रै उर्तीण भएका छन । सामुदायिकका महात्मा बुद्ध, संस्कृत विद्याश्रम, बेलहिया माविको नतिजा शुन्य रहेको सिद्धार्थनगर शिक्षा शाखाले जानकारी दिएको छ ।
यस्तै संस्थागत तफबार्ट आर्य पब्लिक स्कुलले शत प्रतिशत विद्यार्थी उतीर्ण गरेको छ । बुद्ध ज्योतिले ३६ जना विद्यार्थी सहभागी गराउदा १६ जना उर्तीण भएका छन, एआरडी मोडलबाट १४ जना मध्ये ९ जना, सनसाइनबाट ४८ जना मध्ये ३२ जना, इस्ट वेस्टबाट २८ जना मध्येबाट ३ जना, आदर्श विद्या मन्दिरबाट २५ जना मध्ये १२ जना, जेसिसबाट ५८ जना मध्ये ३९ जना, बृहस्पतिबाट ४८ जना मध्येबाट १६ जना, मनकामनाबाट २३ जना मध्ये १९ जना उतीर्ण भएका छन । यस्तै मन्टेश्वरी मेमोरियलबाट ३० जना सहभागी हुदा ८ जना, नेपाल नालन्दाबाट ३८ जना सहभागी हुदा २० जना, साइग्लोबलबाट ७९ जना मध्ये ४२ जना , सिबी पब्लिकबाट १८ जना सहभागी हुदा ४ जना, पश्चिमाञ्चलबाट ६६ जना सहभागी हुदा ६१ जना, अमरज्योतिबाट ६८ जना सहभागी हुदा ५५ जना, न्यू इराबाट ७१ जना सहभागी हुदा ३६ जना, काशी नोबलबाट १सय १३ जना मध्ये ९५ जना, बुद्ध ज्ञाननिकेतनबाट २४ जना मध्ये ७ जना, मुनलाइटबाट ७८ जना मध्ये ३९ जना, युनिभर्सल पब्लिकबाट १९ जना मध्ये ७ जना मात्रै उर्तीण भएका छन ।
यसैगरि पशुपति शिक्षा मन्दिरबाट २२ जना सहभागी भएकोमा ४ जना, हेभेन्लीबाट २५ जना मध्येबाट १० जना, ब्राइट स्टारबाट ४३ जना मध्ये ५ जना र मोर्डन पब्लिकबाट १० जना मध्ये ५ जनाले मात्रै एसईई उर्तीण गरेको नगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।
आफ्नो नतिजामा चित्त नबुझे नजिता सार्वजानिक भएको १५ दिनभित्र अनलाईन माध्यमबाट पनि पुर्नयोगको लागी आवेदन दिन सक्ने व्यवस्था भने मिलाईएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय समेत गरेको छ ।
धेरै विद्यार्थीहरु अध्ययनबाट बन्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले शुक्रबार निर्णय गरेकी छिन । एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडी बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाई सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विहिबार सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो ।
ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि मन्त्रालयले दोस्रो पटक निर्देशिका संशोधन गर्ने र सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो ।
यसअघि निर्देशिकामा दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले अर्को वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने व्यवस्था रहेको थियो । राष्ट्रिय परिक्षा बोर्डले यस वर्ष पहिलोपटक नयाँ लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा सार्वजनिक गरेको थियोे ।
काशीका पन्त भईन नगर प्रथम
भैरहवा स्थित काशी नोबल एकेडमीकी विद्यार्थी श्रीदिमा पन्त एसईई सिद्धार्थनगर प्रथम भइकिछन । विद्यालयले आइतबार एक कार्यक्रम आयोजनागरि उतीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । काशीले यस अघि पनि उत्कृष्ट नतिजा ल्याउदै विद्यार्थीको प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको थियो , आइतबार विद्यालयका प्रथम हुने छात्र र छात्रालाई नगद सहित सम्मान गरेको हो । २०५१ सालमा स्थापित विद्यालयले २०६३ सालबाट एसएलसीमा सहभागीता जनाउदै आएको छ । १२ सय ५१ विद्यार्थी उर्तीण गराउन सफल विद्यालयले यस वर्ष १सय १३ विद्यार्थी एसईईमा सहभागी गराएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले जानकारी दिए । उनले विद्यार्थीहरुको प्रोत्साहनका लागि विगतका वर्षहरुबाट उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिदै आएको बताए ।




