२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा भाेलिदेखी खाना महाेत्सव, तयारी पूरा

बुटवलमा भाेलिदेखी खाना महाेत्सव, तयारी पूरा

बुटवलमा भाेलिदेखी खाना महाेत्सव, तयारी पूरा

बुटवलमा भाेलिदेखी खाना महाेत्सव, तयारी पूरा

बुटवलमा भाेलिदेखी  खाना महाेत्सव, तयारी पूरा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • बुटवल । नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकारहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ।

    मुख्य प्रायोजक सागर डिष्ट्रिलरी (रोयल ब्लु) र गोर्खा ब्रुअरीको सहप्रायोजनमा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म हुने बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको आईतबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए।

    विभिन्न २७ उपसमिति बनाएर कार्य तिव्र गतिमा जारी रहेको उनले बताए । बिस २०७५ सालदेखि सडक खाना महोत्सव गराएर स्थानिय पर्यटकहरुलाई आफ्नै स्थानमा पर्यटनको माध्यमबाट योगदान दिदै आएको उनले बताए। सिद्धेश्वर मैदानमा हुने महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु पस्कने उनले बताए। संस्कृति जगेर्ना प्रवर्द्धन हुने गरि जातजातिको झाकी र सास्कृतिक नृत्य प्रस्तुत गरिने उनले बताए।

    थारु, मगर, नेवार, भजनकृतन जस्ता विविधता दिने गरि कार्यक्रम गरिने उनले बताए। यसैगरि राष्ट्रिय कलाकारको साथमा डिजेसम्मका प्रस्तुति रहने उनले बताए।

    यसैगरि स्थानिय लोक दोहोरी साझका कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम समेत गरिने उनले बताए। सडक खाना महोत्सवलाई ब्राण्ड बनाएको बेला पछिल्लो समय नया ढंगबाट चाडपर्वलाई प्रवर्द्घन हुने गरि कार्यक्रम गर्न लागेको बताए। माघेसक्रान्तीको दिन चारधामको जल ल्याएर स्नानको ब्यवस्था, सेल्फी जोनको समेत ब्यवस्था गरेको उनले बताए।

    पर्यटन प्रवर्द्धन हुने गरि रोमाकान्त पाण्डेको संयोजकत्वमा कार्यशाला गोष्ठी समेत गरिने प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले बताए। यसैगरि सामाजिक उत्तरदायित्व अन्तरगत माघ २ गते चाैराह हस्पिटलको प्राविधिक सहयोगमा बृहत् रक्तदान र स्वस्थ्य शिविर समेत आयोजना गरिने उनले बताए

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij