नवलपुर । जंगलमा घाँस काट्न गएका नवलपुरको हुप्सेकोट गाउँपालिका ४ डिहीका ६० बर्षीय पुरुष रमन राना मगरको मृत्यु भएको छ ।
आज विहान हुप्सेकोट ४ को थुम्किदेवी सामुदायिक वनमा घाँस काट्न मगर आज अबरसम्म नफर्केपछि खोज्न जाने क्रममा उनी रुख मुनी गम्भीर घाइते अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार राना मगरको मध्यविन्दु जिल्ला अस्पतालमा आज साँझ उपचारको क्रममा मृत्यु भएको हो ।
राना मगर रुखबाट लडेर गम्भीर घाइते भएको आशंका प्रहरीले गरेको छ । तथापि घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।




