२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आजदेखी अर्घाखाँची प्रिमियर लिग क्रिकेट

आजदेखी अर्घाखाँची प्रिमियर लिग क्रिकेट

आजदेखी अर्घाखाँची प्रिमियर लिग क्रिकेट

आजदेखी अर्घाखाँची प्रिमियर लिग क्रिकेट

आजदेखी अर्घाखाँची प्रिमियर लिग क्रिकेट
घिमिरे  अर्घाखाँचीमा रहेर समसामयीक विषयमा कलम चालाउँछन् ।
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • अर्घाखाँची । अर्घाखाँचीमा आजदेखी पाँचौं संस्करणको अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता हुने भएको छ ।सन्धिखर्कस्थित टुँडिखेलमा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको अर्घाखाँची क्रिकेट संघले जनाएको छ । 

    मैदानमा सरसफाइ, पिचको तयारी र अन्य अफिशियल कुराहरुको तयारी सकिएको अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए । 

    प्रतियोगितामा सुपर सुपा ईलेभेन, सौजन्य समाज किमडाँडा, ईलेभेन ब्रदर्स डिभर्ना र रोयल सन्धिखर्क गरी चार टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद १ लाख तथा उपविजेताले नगद ५० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । 

    साथै प्रतियोगितामा म्यान अफ द म्याच, बेस्ट ब्याट्समेन अफ द टुर्नामेन्ट, बेस्ट बलर अफ द टुर्नामेन्ट, ईमर्जिङ्ग प्लेयर अफ द टुर्नामेन्ट, अलराउन्डर प्लेयर अफ द टुर्नामेन्टका लागी पनी नगद र प्रमाणपत्र प्रदान गरिने छ । खेललाई रोमाञ्चक बनाउन अन्य विधाहरुमा पनि पुरस्कार राशीहरु घोंषण गरिएको छ । 

    शतक प्रहार गर्ने प्रत्येक खेलाडीलाई नगद १० हजार, अर्धशतक प्रहार गर्ने प्रत्येक खेलाडीलाई ५ हजार, लगातार ६ छक्का प्रहार गर्ने खेलाडीलाई ६ हजार, लगातार ६ चौका प्रहार गर्ने खेलाडीलाई ४ हजार, ह््याट्रिक विकेट लिने खेलाडीलाई ३ हजार, एक खेलमा १० वा त्यो भन्दा बढी छक्का प्रहार गर्ने खेलाडीलाई ५ हजार र दर्शक दिर्घामा क्याच गर्ने दर्शकलाई नगद ५ सय दिईने आयोजकले जनाएको छ । 

    पहाडी जिल्लाहरुमध्ये अर्घाखाँचीमा क्रिकेटको क्रेज बढ्दो छ । अर्घाखाँचीबाट सौरभ खनाल, विक्रम भुसाल, देव खनाल, उत्तम थापा मगर लगायतले राष्ट्रिय टोलीबाट खेलीसकेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij