२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पा प्याब्सनको अध्यक्षमा डाँसुराम पन्त निर्वाचित

पाल्पा प्याब्सनको अध्यक्षमा डाँसुराम पन्त निर्वाचित

पाल्पा प्याब्सनको अध्यक्षमा डाँसुराम पन्त निर्वाचित

पाल्पा प्याब्सनको अध्यक्षमा डाँसुराम पन्त निर्वाचित

पाल्पा प्याब्सनको अध्यक्षमा डाँसुराम पन्त निर्वाचित
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • पाल्पा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । प्याब्सन तानसेनमा भएको नवौ अधिवेशनले नयाँ नेतृत्व चयन  गरेको हो । अधिवेशनले डाँसुराम पन्तलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । 
     
    अध्यक्षमा निर्वाचित पन्त न्यूू होराइजन मावि तानसेनका प्रिन्सिपल  हुन् ।  नव निर्वाचित  प्याब्सनको उपाध्यक्षमा अशेष भट्टराई, सचिवमा गंगाबहादुर खत्री, नगर अध्यक्षमा रुपचन्द थापा र कोषाध्यक्षमा दुर्गा प्रसाद बस्याल रहेका छन ।  यसैगरी कार्यसमिति सदस्यहरुमा देवबहादुर मश्राङ्खी, ऋषिराम अर्याल, टेकबहादुर कार्की, अनुराधा बज्राचार्य, दिलिप रायमाझी, ताजेन्द्र कुमार थापा, गोपालबहादुर पि.सी र गणेश बस्याल चयन भएका छन् ।
     
    अधिवेशनको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री एवं प्याब्सन पूूर्व अध्यक्ष खेमबहादुर सारुले सम्बोधन गर्दै गुणस्तरीय, युग सुहाउँदो शिक्षामा प्याब्सनको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, प्याव्सनका केन्द्रीय उपाध्यक्षद्धय आशिष श्रेष्ठ, विष्णु पन्थी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतले शुभकामना व्यक्त गर्दै प्याब्सनको योगदानबारे चर्चा गरेका थिए ।
     
    सोही अवसरमा प्याब्सनले विभिन्न क्षेत्रमा योगदान पुुर्‍याउने व्यक्तिहरुलाई समेत सम्मान गरेको छ । समाजसेवाबाट पूर्णमाया महर्जन, शिक्षा सेवाबाट पुष्करराज रेग्मी, संस्कृतिकर्मीको तर्फबाट किरण चित्रकार, साहित्यकारको तर्फबाट चोलेश्वर शर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको तर्फबाट पाल्पा प्यारागन बोर्डिङ् स्कुुल  व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराई, सेन कपितानियो स्कुुलका अध्यक्ष सागरमान महर्जन, सनराइज बोर्डिङ स्कूूलका जनक रिजेल, विजुु बोर्डिङ् स्कुुलका विरेन्द्रकाजी शाक्य, पूर्ण ज्योति बोर्डिङ् स्कुुलका ऋषिराम आचार्य  र विभिन्न विद्यालयबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थी, प्याब्सनसँग सहकार्य गर्ने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
     
    अधिवेशन प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्यको अध्यक्षता, उपाध्यक्ष डाँसुराम पन्तको स्वागत र सचिव अशेष भट्टराईको सञ्चालनमा भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij