२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यु होराईजनमा छात्रा भलिबल र बास्केटवल प्रतियोगिता हुँदै

न्यु होराईजनमा छात्रा भलिबल र बास्केटवल प्रतियोगिता हुँदै

न्यु होराईजनमा छात्रा भलिबल र बास्केटवल प्रतियोगिता हुँदै

न्यु होराईजनमा छात्रा भलिबल र बास्केटवल प्रतियोगिता हुँदै

न्यु होराईजनमा छात्रा भलिबल र बास्केटवल प्रतियोगिता हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • बुटवल । बुटवलमा तेस्रो रुपन्देही जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।  न्यू होराइजन मावि बुटवल अन्तर्गतको न्यु होराईजन स्पोर्टस क्लबको आयोजनामा मंगलबारदेखि सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका सामुदायिक र संस्थागत विद्यालयबाट १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । 


    विद्यालयको ३५ औं वार्षिकोत्सवको अवसरमा छात्रा भलिबल संगै छात्र–छात्रा बास्केटबल र टेबलटेनिस प्रतियोगिता पनि गरिने प्राचार्य एवं क्लबका संरक्षक लोकनाथ उपाध्यायले बताए । उनले विद्यालयको आफ्नै लगानीमा १७ जना खेल प्रशिक्षक नियुक्त गरेर विभिन्न विधाका खेलको विकासमा विद्यालयल् लगानी गरेको बताए । माघ ३ गतेसम्म संचालन हुने भलिबल प्रतियोगिता लिग कम नकआउट र बेष्ट अफ फाईभको आधारमा खेलाइने विद्यालयका खेल संयोजक मिलन रानाले जानकारी दिए । 


    उपाधि विजेताले नगद नगद ४० हजार, उपविजेताले नगद २५ हजार रुपैया, तेस्रो टिमले नगद १५ हजार रुपैया तथा चौथो टिमले नगद १० हजार रुपैया नगद तथा कप, मेडल, प्रमाणपत्र पाउने  उनले बताए । क्लबले १७ वटा विधाका खेल प्रशिक्षकमार्फत विद्यार्थीलाई प्रशिक्षण दिंदै आएको  रानाले बताए ।  छात्रा भलिबलको पहिलो संस्करण एभरेष्ट बोर्डिङ बुटवल र दोस्रो संस्करणको उपाधि न्यु होराइजन मावि बुटवलले जितेका थिए । 


    बास्केटबलमा छात्रतर्फ ६ र छात्रातर्फ ४ टिमले प्रतिस्पर्धा गर्नेछन् । बास्केटबलमा छात्रछात्रातर्फ विजेता टिमलाई नगद १० हजार र उपविजेतालाई नगद ५ हजार रुपैया नगद सहित पुरस्कृत गरिने उनले बताए । २०६८ सालमा स्थापना भएको क्लबले खेलकुदका विभिन्न विधामा जिल्लास्तरीय देखि राष्ट्रिस्तरका प्रतियोगिता गर्दै उपाधि समेत जितेको क्लबका संस्थापक अध्यक्ष प्रकाश खनालले बताए । 

    कार्यक्रममा प्रा.डा रामकृष्ण महर्जनले शारिरिक शिक्षा तथा खेलकुद नेपाल (सोफेस) मार्फत टेबलटेनिस खेल प्रवद्र्धनका लागि बुटवलमा पनि टेबलटेनिस राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिता गर्न लागेको बताए । 

    कार्यक्रममा न्यू होराइजन माविका कोषाध्यक्ष रामेश्वर श्रेष्ठ, न्यु होराइजनका उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजिव श्रेष्ठ , क्लबका उपाध्यक्ष तथा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल लगाएतले बोल्दै न्यु होराइजन विद्यालयको संरक्षकत्वमा क्लबले खेलकूदका विभिन्न विधामा खेलाडी उत्पादन सहित स्थानिय देखी राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजनाहरु गर्दै आएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij