२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

खाना महोसत्वमा बुटवल ब्राण्ड खोई ?

खाना महोसत्वमा बुटवल ब्राण्ड खोई ?

खाना महोसत्वमा बुटवल ब्राण्ड खोई ?

खाना महोसत्वमा बुटवल ब्राण्ड खोई ?

खाना महोसत्वमा बुटवल ब्राण्ड खोई ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • माघी पर्व अर्थात माघे संक्रान्तिको अवसरमा बुटवलमा खाना महोत्सव शुरु भएको छ । विगतमा अंग्रेजी नयाँ वर्ष र नेपाली नयाँ वर्षहरुमा हुने महोत्सव यस वर्ष माघे संक्रान्तिका अवसरमा आयोजना भएको छ ।


    खाना महोसत्व स्थानीय पहिचानलाई स्थापित गर्ने अवसर हो । स्थानीय उत्पादन, तिनका परिकार र स्वाद उपभोक्तालाई पस्कने अवसर हो । खानाको स्वादले कुनै जाति र ठाउँको पहिचान स्थापित गर्छ । आज थकाली खाना एउटा बेग्लै ब्राण्ड भएको छ । थकाली खानाको ब्राण्ड देशभर फैलिएको छ । चितवनको तासको ख्यातिले चितवनलाई चिनाएको छ । पाल्पाको चुकाउनी र छोयलाले पाल्पालाई चिनाएको छ । ढिक्री र घोंगीले थारू समुदायको विशेषतालाई झल्काउँछ । बुटवलमा चलेको खाना महोत्सवले बुटवलको पहिचानलाई स्थापित गर्न सक्नुपर्छ । बुटवलको विशेषता के हो ? अहिलेसम्म बुटवलको परिकार विशेष स्थापित गर्न यहाँका होटल व्यवसायी चुकेका छन् । कुनै परिकारलाई बुटवलको ब्राण्डको रूपमा स्थापित गर्न चुक्दा यहाँको आतिथ्य संस्कार स्थापित हुन सकेको छैन् । सय वर्ष अघिको जुलेबी पसल अहिलेसम्म चलिरहेको छ । यसैलाई बुटवलको मिठाईको रूपमा ब्राण्ड बनाउन सक्छौं । छपियाको चिसो पानीको माछाको बेग्लै स्वाद छ । छपियाको माछा बुटवल ब्राण्ड बनाउन किन सकिरहेका छैनौं ?


    पर्यटन आगमन बढ्ने भनेको आथित्यता संस्कार राम्रो हुँदा मात्रै हो । राम्रो खाना र बास तथा घुम्ने ठाउँ बनाउन सक्दा पर्यटन आगमन बढाउन सकिन्छ । बुटवललाई पर्यटकीय ढंगले विकासको बहस चलिरहँदा बुटवल ब्राण्ड स्थापित गर्ने योजना पनि बनाऔं । कुनै बेलाको बुटवल व्यापारिक केन्द्र थियो । विभिन्न कालखण्डमा व्यापारको शैली बदलिएपनि व्यापारिक बर्चश्व कायमै रहयो । बुटवलको यो विरासत कायमै राख्न पर्यटक आगमन बढाउन र बुटवलमा पर्यटक रोकिने वातावरण बनाउनुपर्छ । लुम्बिनी आउने जानेहरुको बास बुटवल बनाउन सक्नुपर्छ । पोखरा र मुक्तिनाथ जानेहरुको विश्रामस्थल बुटवल बन्न सक्नुपर्छ । बर्दिया राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज घुम्नेहरुको विश्रामस्थल बुटवल बन्न सक्नुपर्छ । अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको जीतगढी किल्ला घुम्ने र यही विश्राम गर्ने वातावरण बनाउन कसरी सकिन्छ भन्ने बारेमा पर्यटन व्यवसायी बीच सुक्ष्म छलफल गर्न ढिलाई भइरहेको छ । 


    खाना महोसत्वलाई केवल औपचारिक मात्रै नबनाऔं । कुनै परिकारलाई बुटवल ब्राण्डको रूपमा स्थापित गरौं । त्यसो गर्न सक्दा आन्तरिक र बाह्य पर्यटक बुटवलमा खाना खानकै लागि आउँछन् । शहर गुल्जार हुन्छ । यहाँको समग्र आर्थिक गतिविधि चलायमान हुन बल पुग्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij