बुटवल । बुटवल सुनचाँदी ब्यवसायी संघको चौथो र पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व सर्वसहमत चयन गरेको हो ।
अधिवेशनबाट संघको १७ सदस्यीय नयाँ नेतृत्व गकुल विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा निर्वाचित भएको छ । जसमा उपाध्यक्ष कृष्ण ब. सुनार, सचिव चुरामणी वि.क (दिपक ), कोषाध्यक्ष दल बहादुर वि.क.(राजु), स–सचिव इन्द्रबहादुर वि.क.(मनोज ), सह–कोषाध्यक्ष सरोज गहतराज रहेका छन ।
यसैगरि सदस्यहरुमा दिलिप विश्वकर्मा, हरि गहतराज, अमृत बेवारे, प्रेम विश्वकर्मा(हुकुम), बल बहादुर वि.क, विजुला विश्वकर्मा, निमा खड्का, राम बहादुर रसाइली, लक्षमण लोहनी, र शेर बहादुर विश्वकर्मा रहनु भएको निर्वाचन अधिकृत गोमति सुनारले बताए ।
यस अघि संघको अधिवेशनको उद्घाटन नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि रसाइलीले सुनचादी व्यवसायीलाई सरकारबाट सहयोग प्राप्त नभएको बताउदै व्यवसायिक एकता बलियो भएमात्र आफ्नो अधिकार प्राप्त हुने हुदा सुनचाँदी व्यवसायीहरु अब नयाँ तरिकाबाट अघि बढन जरुरी रहेको बताएका थिए । व्यवसायमा रहेको समस्या समाधान गर्न वर्तमान नेतृत्व इमानदार रहेर लागेको बताउदै उनले सुन वितरणको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश सभापति चन्द्र किशोर गौतम, लुम्बिनी प्रदेश सभापति धुर्व कुमार गहतराज, केन्द्रीय सदस्यहरु चेत नारायण विश्वकर्मा, दिपक कुमार स्वर्णकार, राजेन्द्र सुनार, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य यम बहादु सुनार, निवर्तमान केन्द्रीय सदस्य एमबि विश्वकर्मा लगायतले बोलेका थिए ।
कार्यक्रम संघका अध्यक्ष गकुल विश्वकर्माको अध्यक्षता, सचिव चुरामणी बिकको सञ्चालन तथा सहसचिव कृष्ण सुनारको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।




