२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटन क्षेत्रको विकासको लागि एकरुपता र दीर्घकालिन योजना बनाउन सुझाव

पर्यटन क्षेत्रको विकासको लागि एकरुपता र दीर्घकालिन योजना बनाउन सुझाव

पर्यटन क्षेत्रको विकासको लागि एकरुपता र दीर्घकालिन योजना बनाउन सुझाव

पर्यटन क्षेत्रको विकासको लागि एकरुपता र दीर्घकालिन योजना बनाउन सुझाव

पर्यटन क्षेत्रको विकासको लागि एकरुपता र दीर्घकालिन योजना बनाउन सुझाव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • बुटवल । पर्यटन क्षेत्रको विकासको लागि एकरुपता र दीर्घकालिन योजना जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।

    रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा जारी बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ अन्तरगत मंगलबार भएको रुपन्देहीमा पर्यटन ब्यवसायको अवसर, अवरोध र निकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सरकार पर्यटनको विकासमा दिर्घकालिन योजना अघि बढाउनुपर्ने सुझाव दिए । 

    कार्यक्रममा आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुषालले कार्यपत्र प्रस्तुत गर्दै रुपन्देही पर्यटनमा सम्भावना बोकेको स्थल भएको बताए । अवरोधका रुपमा वित्तिय चुनौतीहरु रहेको भन्दै परियोजनामा आधारित लोनको ब्यवस्था हुनुपर्ने बताए । पर्यटन रुट तयार गर्ने, बेलहिया नाकालाई आगन्तुकमैत्री बनाउने, नुवाकोट सास्कृतिक डबली र जितगढी किल्लामा विशेष प्याकेज स्थानिय बासिन्दासंग समन्वय गरि कार्यक्रम चलाउने, पर्यटन ब्यवसायमा रहेको क्षेत्रियताको भावना हटाउन जरुरी छ । 

    कार्यक्रममा पर्यटन उपाध्यक्ष तथा गोष्ठी संयोजक रोमाकान्त पाण्डेले बुटवलको पर्यटन विकासमा संस्थागत विकासमा लागेको बताए । बिसं २०५६ सालमा स्थापना भएको संस्था निरन्तर लागेको उनले बताए । सुस्ताएको पर्यटन क्षेत्रलाई आशा जगाउने गरि कार्यपत्र निर्देशन गर्ने उनले बताए । तिलोत्तमा नदीमा डुगा सयर जस्ता गन्त्बयस्थल बनाउन सरकारको ध्यान जान सके यसले बुटवलको पर्यटन विकासमा टेवा दिने उनले बताए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले बुटवलको आर्थिक विकास पर्यटनबाटै सम्भव रहेको बताईन । नेपालमा पर्यटनबाट आर्थिकमा फड्को मारेको छ । बटुवालाई भगवानका रुपमा स्वागत सत्कार गर्ने नेपालीहरु अहिले यसैलाई ब्यवसायका रुपमा विकास भएको बताईन। बुटवल हुँदै दिल्लीका पर्यटकलाई मुक्तिनाथसम्म पुर्याउने योजना, पुरानो बुटवललाई एकरुपता दिने गरि परापुर्व कालको झल्को दिने गरि पर्यटकिय स्थल बनाउन आवश्यक तयारी गरिएको उनले बताईन । 

    कार्यक्रममा पर्यटन विकास परिषदका निर्देशक रामु जोशीले लुम्बिनी पर्यटनको लागि प्राकृतिक रुपमा नै उत्कृष्ट गन्तव्य भएको भन्दै प्रदेश सरकार निरन्तर प्रवद्र्धनका कार्यक्रमलाई जोड दिदै आएको बताए । कार्यक्रममा टिप्पणीकर्ता युवराज कंडेलले नीजि क्षेत्र र सरकारबाट एकीकृत विकासको खाका तयार गर्न सुझाव दिए । ऐतिहासिक रुपमा रुपन्देही पर्यटनमा सबल क्षेत्र भएको भन्दै यसको प्रचारप्रसार र पर्यटक भुलाउने गरि प्याकेजमा जोड दिनुपर्ने उनले बताए ।

    कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले ब्यवसायीहरुको संस्थागत हकहितसंगै पर्यटन प्रवद्र्धनमा संघ निरन्तर लागेको बताए । रुपन्देहीका पर्यटकिय स्थलको पहिचान, प्रवद्र्धन र विकासमा सरकारसंग सहकार्य गर्दै आएको समेत उनले बताए । प्राकृतिक सम्पदा र पुर्वाधारले सम्पन्न लुम्बिनी प्रदेश अवसरै अवसर भएको समेत दाबी गरे । 

    कार्यक्रममा नेपाल होटल संघका निवर्तमान अध्यक्ष हिराध्वज शाह, लुम्बिनी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, संघका सल्लाहकार समुन्द्र जिसी, कुलचन्द्र पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, राष्ट्रिय उद्यान महासंघका अध्यक्ष खेम लुईटेल, संघका उपाध्यष माधव खनाल, महासचिव अर्जुन थापाले पर्यटकिय सम्भावना भएर पनि प्याकेज र प्रचार नहुदा सोचजस्तो प्रगति हुन नसकेको दुखेसो गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij