२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रूरू क्षेत्रको पुर्नउत्थानमा ढिलाई नगरौं

रूरू क्षेत्रको पुर्नउत्थानमा ढिलाई नगरौं

रूरू क्षेत्रको पुर्नउत्थानमा ढिलाई नगरौं

रूरू क्षेत्रको पुर्नउत्थानमा ढिलाई नगरौं

रूरू क्षेत्रको पुर्नउत्थानमा ढिलाई नगरौं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  •  रूरू क्षेत्र अर्थात रिडीको धार्मिक र सांस्कृतिक महिमा अतुलनीय छ । हिन्दु समुदायमा कालीगण्डकी नदीलाई निकै पवित्र मानिन्छ । रूरू क्षेत्रलाई  पनि उत्तिकै पवित्र धामका रुपमा लिइन्छ । यहाँका धेरै सम्पदा निकै महत्वपूर्ण छन् । ती सम्पदालाई हिन्दु संस्कृतिमा निकै श्रद्धा गरिन्छ । पवित्र कालीगण्डकी र रूरू क्षेत्र सहित यहाँको महत्वपूर्ण स्थल ऋषिकेश मन्दिर हो । सो¥हौं  शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द प्रथमले कुनै दिन सपनामा नारायणको मूर्ति कालीगण्डकीमा छिपेको छ निकाल्नु भन्ने जानकारी पाए । कार्तिक शुक्ल एकादशीका दिन कालीगण्डकीमा स्नान गर्न गए । स्नान गर्दै गर्दा उनले कालीगण्डकीको गर्भमा ऋषिकेश भगवानको मूर्ति फेला पारे । फेला पारेको मूर्ति राजाले अहिले मन्दिर भएको स्थानमा प्रतिस्थापन गरे । ऋषिकेश मन्दिरको इतिहास पाँच सय वर्ष भएको पुष्टि हुन्छ ।


    हिन्दु धर्मावलम्बीको पवित्रस्थल रूरू क्षेत्र कुनै बेला ख्याति निकै फैलिएको थियो । कालान्तरमा ओझेलमा पर्दै गयो । ओझेलमा परेको रूरू क्षेत्रमा योजनाबद्ध विकास  गरी पुर्नउत्थान गर्न जरूरी छ । कुनै बेला भारतदेखि तिब्बतसम्म फैलिएको रूरूको वैभव फर्काउन छ वर्ष अघि शुरु भएको रूरू क्षेत्र गुरूयोजना कार्यान्वयन सुस्त छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले रूरू क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ भनेर शुरु गरेको रूरू क्षेत्र गुरूयोजना कार्यान्वयन गर्न त्यसपछिका सरकारले पटक्कै चासो दिएका छैनन् । टुक्रे योजना कार्यान्वयनका लागि बजेट छर्ने बानी परेकाहरुको प्राथमिकता  ‘ड्रिम प्रोजेक्ट’ कार्यान्वयन गर्न चासो नजानु अस्वाभाविक होइन् । राजनैतिक अस्थिरताको कोपभाजनमा रूरू गुरूयोजना परेको  छ । 


    कालीगण्डकी करिडोर निर्माण सम्पन्न हुन लागेको छ । कालीगण्डकी करिडोर निर्माणले मुक्तिनाथ र पोखरासँगको दुरी घटाएको छ । सिद्धबाब सुरूङमार्ग  निर्माण हुँदै गरेको र यो सम्पन्न भएपछि अझ भारतीय पर्यटकको आवागमन बढ्ने निश्चित छ । रूरू क्षेत्र हुँदै मुक्तिनाथ जाने गरी आन्तरिक तथा बाहय पर्यटकलाई आर्कषित गर्न सकिन्छ । रूरू गुरूयोजना कार्यान्वयन हुने बित्तिकै आर्कषक पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । र, गुमेको चमक फर्काउन सकिन्छ ।


    कुनै बेला भारतबाट धेरै साधुसन्त र तिर्थालुहरु रूरू आए । श्री ३ जुद्ध शमसेर जबरा १३ वर्ष लामो राजकाज त्यागेर रिडी नजिकै अर्गलीमा आएर बसेका थिए । श्री ५ त्रिभुवनको निधनपछि अस्थि सेलाउन रिडी ल्याइएको थियो ।  अठार महापुराण मध्येको एक बराह महापुराणमा  उल्लेख भए अनुसार गण्डकीमा जीवित छदा स्नान गर्ने र निधन भएपछि अस्थि सेलाउने काम निकै महत्वपूर्ण रहेको मानिन्छ । पुराणमा उल्लेख भएकाले पनि रिडीमा नुवाउने प्रचलन धेरै पहिलेदेखि चल्दै आएको छ । पछिल्लो समय शासक वर्गकोे प्राथमिकतामा नपर्दा रिडी ओझेल पर्दै गयो ।

    रिडीका बारेमा जुन मान्यता स्थापित छन्, ती मान्यताका बारेमा  प्रचार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । सडक पूर्वाधार गुणस्तरीय बन्दै गएकाले आन्तरिक मात्रै नभई हजारौं भारतीय धार्मिक पर्यटक ल्याउन सकिन्छ । रिडीको पुर्नउत्थानले मुलुकको धार्मिक पर्यटन प्रवद्र्धनले फड्को मार्ने निश्चित छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij