२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मायादेवी मन्दिरमा एक वर्षमा ४ लाख ११ हजार पर्यटक

मायादेवी मन्दिरमा एक वर्षमा ४ लाख ११ हजार पर्यटक

कोरोना महामारीपछि भारी मात्रामा कटौती भएको विदेशी पर्यटकको संख्या पछिल्लो एक वर्षमा उत्साहजनक रुपमा बढेको छ ।

मायादेवी मन्दिरमा एक वर्षमा ४ लाख ११ हजार पर्यटक

मायादेवी मन्दिरमा एक वर्षमा ४ लाख ११ हजार पर्यटक

कोरोना महामारीपछि भारी मात्रामा कटौती भएको विदेशी पर्यटकको संख्या पछिल्लो एक वर्षमा उत्साहजनक रुपमा बढेको छ ।

मायादेवी मन्दिरमा एक वर्षमा ४ लाख ११ हजार पर्यटक
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • भैरहवा ।कोरोना महामारीले शुन्य बनाएकोे बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटक आगमन बृद्धि हुँदै गएको छ । आन्तरिक पर्यटकले भरिभराउ हुने लुम्बिनीमा भारतिय र तेस्रो मुलुकका पर्यटकको आउने क्रम पनि बढ्दो छ । कोरोना महामारीपछि भारी मात्रामा कटौती भएको विदेशी पर्यटकको संख्या पछिल्लो एक वर्षमा उत्साहजनक रुपमा बढेको छ ।लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार सन् २०२४ मा नेपाली, भारतीय र अन्य मुलुकका गरि ११ लाख ७२ हजार २ सय ८२ जनाले लुम्बिनी भ्रमण गरेका छन् । 

    सन् २०२३ मा ९ लाख ९८ हजार ९ सय ३८ जना पर्यटक मात्रै लुम्बिनी आएका थिए ।यो हिसाबले गत वर्षभन्दा १ हजार ७३ हजार ३ सय ४४ बढी पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्यांकले देखाएको छ । यी तथ्याङक मायादेवी मन्दिर प्रवेश गर्नेको मात्रै हो, लुम्बिनी आउने सबै पर्यटक मायादेवी मन्दिर प्रवेश नगरेका पनि हुन सक्छन ।

    सन् २०२३ मा तेस्रो मुलुकका ७६ हजार २ सय १० जनामात्रै पर्यटक मायादेवी मन्दिरको दर्शन गरेकोमा यस २०२४ माविभिन्न ७७ देशका १ लाख ११ हजार ४सय ३ जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन् । जसमध्ये ५ हजार ३ सय ५ जना विभिन्न देशबाट आएका भिभिआइपी, भिआइपी, विशिष्ठ भिक्षु समेत रहेका छन । अहिले आउने विदेशी पर्यटकहरु सबै भन्दा बढि श्रीलंका र थाइलेण्डका रहेका छन ।  त्यस्तै,म्यानमार, चिन, दक्षिण कोरिया, भियतनामाका पर्यटकहरु उल्लेखीय रुपमा मायादेवी मन्दिरको दर्शन गरेका छन् । 

    गत वर्षको तुलनामा यो वर्ष लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या उत्साहजनक रुपमा बृद्धि भएको कोषका सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए । उनले नेपाली, भारतीयसँगै सबैभन्दा बढि तेस्रो मुलुकका पर्यटकहरुको आवागमन बृद्धि भएको छ । विदेशीसँगै नेपाली पर्यटकरुको आगमन पनि लुम्बिनीमा उल्लेखनीय रुपमा बढ्दो छ । २०२३ मा६ लाख ५६ हजार नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा यो वर्ष त्यो संख्या बृद्धि भएर ७ लाख ५९ हजार ९ सय ९० पुगेको छ ।यो तथ्याङ्क भने रुपन्देही, कपिलवस्तु र नवलपरासी बाहेकका पर्यटकको संख्या हो ।  मायादेवी मन्दिर प्रवेश गर्दा यी तीन जिल्लाका नागरिकलाई  टिकट नलाग्ने भएकोले तथ्याङकमा समाविष्ट हुदैन । 

    सन् २०२३मा भारतीयहरु पर्यटकको  संख्या २ लाख ६६ हजार भएकोमा २०२४मा यो संख्या बढेर ३ लाख ८ सय ८९जनाले भ्रमण गरिसकेको अधिकृत राईले बताए । जसमध्ये १४ हजार ३ सय २८ जना भिभिआइपी, भिआइपी, भारतिय विशिष्ट व्यक्ति र प्रतिनीधि हरु रहेका थिए । विशिष्ट व्यक्तिहरुको आगमनले पनि भारतिय पर्यटकहरुको संख्या लुम्बिनीमा बढ्दो छ । 
    कोभिड महामारीपछि सबैभन्दा निकै कम मात्रामा आएका पासपोर्टवाहक पर्यटक अर्थात नेपाल र भारत वाहेकका पर्यटकको संख्या यो वर्ष निकै उत्साहप्रद रुपमा बृद्धि भएको सूचना अधिकृत राईले बताए । 

    लुम्बिनीप्रतिको आस्था बढ्दै गएकाले बुद्ध जन्मस्थल मायादेवी मन्दिर आउने दर्शनार्थीहरुको संख्या बढदै गएको छ, यहाँ धेरै सम्भावनाहरु भएकोले आध्यात्मिक कार्यक्रमहरु आयोजनाका लागि विकास कोषले पहल गर्न जरुरी रहेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले भने । लुम्बिनी धेरैजसो अध्यात्म र ध्यानसंग सम्बधित भएकोले देशव्यापी कार्यक्रमहरु पनि यही हुने गरेको छ । मोन्लम, त्रिपिटक च्यान्टिङ्ग लगायतका आध्यात्मिक कार्यक्रमहरु मात्रै नभई संस्थागत कार्यक्रमहरु पनि लुम्बिनीमा हुनुपर्छ भन्ने मान्यता रहेकाले पनि लुम्बिनीप्रति आकर्षण बढ्दै गएको छ । यसले पर्यटनको विकास सँगसँगै होटल व्यवसायी पनि पर्यटकहरुलाई लुम्बिनीमा एक दिन रोक्न सके यस क्षेत्रको पर्यटन ब्यवसायमा सुधार आउने अध्यक्ष ज्ञवालीले भने । 
    बेलहिया नाका हुदै सबै भन्दा बढी पर्यटक लुम्बिनी  आउने भएकोले नाकामा हुने अध्यागमनमा ढिलाई, अव्यवस्थित पुर्वाधार र पर्यटकमाथि हुने व्यवहारलाई पनि सुधार गर्नुपर्ने नेप्लिज होटेलियर्स एशोसिएसन लुम्बिनीका अध्यक्ष प्रविणबहादुर पाठक बताउंछन् । पछिल्लो समय बेलहिया नाका र अध्यागमन कार्यालयमा पर्यटकमैत्री वातावरण नहुंदा पर्यटकहरु सास्ती खेपेर नै नेपाल आउने गरेका पाठकको गुनासो छ । यसलाई सुधार गरी आधुनिक प्रविधियुक्त र पर्यटकमैत्री सहज वातावरण बनाउन सके सोचेको भन्दा बढि पर्यटक नेपाल भित्रिन सक्ने पाठकले बताए । 

    भारतीय पर्यटकको हकमा उनीहरुले चाहे जति रकम नेपाल ल्याउन दिनुपर्ने व्यवस्थाका लागि सरकारले उच्च तहबाट भारत सरकारसंग कुटनीतिक प्रयास गर्नुपर्ने पनि अध्यक्ष पाठकले सुझाए । 


    विश्वको उत्कृष्ट नवौं गन्तव्य सूचिमा लुम्बिनी 
    बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा  राखेको छ । हालै मात्रै सार्वजनिक गरिएको सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँ मध्येको नवौं स्थानमा लुम्बिनी रहेको छ । २०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ मध्ये लुम्बिनी नवौं स्थानमा परेपछि पर्यटनव्यवसायीहरु पनि उत्साहित छन । यहाँको लागि यो ठूलो कुरा हो जस्को लागि निजी क्षेत्र र सरकारी तहबाट लुम्बिनीको प्रवद्र्धन गर्नुपर्छ । ‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्‌’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ– हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ लुम्बिनी । विनाशकारी भूकम्पले नेपाललाई हल्लाएको १० वर्षपछि नयाँ मन्दिर र ध्यान केन्द्रहरु खुलिरहेका छन् ।

    पत्रिकाले लुम्बिनीको संक्षिप्त परिचयमा गत नोभेम्बरमा खुलेको ‘थाउजेण्ड टेम्पल’बारे चर्चा गरेको छ । फोटो पनि सोही टेम्पलको भित्ताको पेन्टिङलाई राखिएको छ । ‘थाउजेण्ड टेम्पल’तीनतले तिब्बती शैलीको बिहार हो । यो बिहारभित्र १८ इन्च अग्ला हजार बुद्धका प्रतिमाहरु छन् । साथै त्रिकाल बुद्धका १६ फिट अग्ला तीन प्रतिमा पनि देख्न सकिन्छ । न्यूयोर्क टाइम्सले समेटेको विश्वका उत्कृष्ट गन्तव्यस्थलको सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन, इक्वेडरको ग्यालापागोस द्वीप, न्यूयोर्क म्युजियम, भारतको आसाम, थाइल्याण्डको ह्वाइट लोटस लगायत छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij