२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यू होराइजनको प्रदेश स्तरीय हाजिरीजवाफमा एभरेष्ट मावि प्रथम

न्यू होराइजनको प्रदेश स्तरीय हाजिरीजवाफमा एभरेष्ट मावि प्रथम

न्यू होराइजनको प्रदेश स्तरीय हाजिरीजवाफमा एभरेष्ट मावि प्रथम

न्यू होराइजनको प्रदेश स्तरीय हाजिरीजवाफमा एभरेष्ट मावि प्रथम

न्यू होराइजनको प्रदेश स्तरीय हाजिरीजवाफमा एभरेष्ट मावि प्रथम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • बुटवल । न्यु होराइजन मावि बुटवलको आयोजनामा भएको ३१औं संस्करणको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट बोर्डि स्कूल बुटवल प्रथम भएको छ । बिहीबार न्यू होराइजन माविको ब्लक २ भवनको सभाहलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा सर्वाधिक ५४० अंक सहित एभरेष्ट प्रथम भएको हो । यस्तै ३८० अंक सहित दाङ तुल्सीपुरको अमर बोर्डिङ स्कूल दोस्रो र ३ सय अंक सहित जनता मावि तानसेन पाल्पा तेस्रो भएका छन् । यस्तै पाल्पा रामपुरको रामतुल्सी मावि , अक्सफोर्ड मावि बुटवल र माउन्ट भ्यू बोर्डिङ घारोही दाङ सान्त्वना भएका छन् । 
     
    बुटवल, दाङ र पाल्पामा पहिलो चरणको छनोट प्रतियोगिता अन्तर्गत  बुटवल केन्द्रबाट एभरेष्ट बोर्डिङ स्कूल र अक्सफोर्ड बोर्डिङ बुटवल ,पाल्पा केन्द्रमा भएको प्रतियोगिताबाट जनता मावि तानसेन पाल्पा र  राम तुल्सी मावि रामपुर पाल्पा तथा लमही केन्द्र दाङमा भएको प्रतियोगिताबाट माउण्ट भ्यू बोर्डिङ स्कूल घोराही र अमर बोर्डिङ स्कूल तुल्सीपुर गरी ६ वटा विद्यालय फाइनलमा प्रवेश गरेका थिए । 


     फाइनलमा प्रथम भएको  विद्यालयले प्रथम पुरस्कार ४० हजार, द्वितीयले  २५ हजार र तृतीयले २० हजार नगद तथा सिल्ड, ट्रफी र प्रमाण पत्र पाएका  हाजिरीजवाफ प्रतियोगितामा संयोजक मुक्तिनाथ पौडेलले जानकारी दिए ।  

    कार्यक्रममा  राष्ट्रिय परीक्षा बोर्ड, लुम्बिनी प्रदेश प्रमुख रमाकान्त तिवारी, हिसान रुपन्देही अध्यक्ष दिनेश भुसाल, अभिभावक संघका लोकनाथ ज्ञवाली, प्याब्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्त, विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष  निर्मलप्रसाद लाकौल, कोषाध्यक्ष रामेश्वर श्रेष्ठ, न्यु होराइजनका प्रिन्सिपल लोकनाथ उपाध्याय, उपप्राचार्यहरु बालकृष्ण भण्डारी,बासुदेव अर्याल,राजीव श्रेष्ठ, व्यवस्थापक संकाय संयोजक प्रकाश खनाल लगायतले बोल्दै  न्यू होराइजन मावि बुटवलले शैक्षिक क्रियाकलापसंगै विद्यार्थीका प्रतिभा प्रष्फुटनका लागि खेलकुद,संगीत,कला, साहित्य जस्ता विधामा विभिन्न प्रतियोगिताहरु गर्दै आएको बताए। 

    वक्ताहरुले मुलुकको शैक्षिक विकास संगै  खेलकुद र अतिरिक्त क्रियाकलापमा  निजी शिक्षण संस्थाहरूको ठूलो लगानी महत्वपूर्ण योगदान रहे पनि राज्यले
    निजी शिक्षण संस्थालाई भेदभाव र सौतेलो व्यवहार गरेको गुनासो गरे । 

    यसअघि सेमी फाइलनलमा प्रत्येक केन्द्रमा प्रथमले ९ हजार, द्वितीयले  ६ हजार, तृतीयले  ४ हजार पांच सय  नगद पुरस्कार पाएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij