२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सूर्य ज्योति लाईफ ईन्स्योरेन्सको १७४ औं शाखा तिलोत्तमाको कोटिहवामा

सूर्य ज्योति लाईफ ईन्स्योरेन्सको १७४ औं शाखा तिलोत्तमाको कोटिहवामा

सूर्य ज्योति लाईफ ईन्स्योरेन्सको १७४ औं शाखा तिलोत्तमाको कोटिहवामा

सूर्य ज्योति लाईफ ईन्स्योरेन्सको १७४ औं शाखा तिलोत्तमाको कोटिहवामा

सूर्य ज्योति लाईफ ईन्स्योरेन्सको १७४ औं शाखा तिलोत्तमाको कोटिहवामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१

  • बुटवल। सूर्यज्योति  लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७४ औं शाखा तिलोत्तमा नगरपालिका वडा नं. १५ स्थित कोटिहवामा बिहीबार एक कार्यक्रमका बीच समुद्घाटन भएको छ । सूर्य ज्योति लाईफ ईन्स्योरेन्स कोटिहवा शाखाका प्रबन्धक  चिरन अर्यालको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले सूर्य ज्योति लाईफ इन्स्योरेन्स  बिमाक्षेत्रको उदाउँदो नक्षत्र भएकोले यससंग जोडिएर बिमा गर्ने बिमितको जीवन सधै उज्यालो हुने बताए ।  उनले कम्पनीले पुस मशान्तभित्र ५ अर्ब  भन्दा बढी प्रिमियम कलेक्सन भएको र पुसभित्र वार्षिक साधारणसभा गरी बिमा प्राधिकरणलाई रिर्पोट बुझाई पहिलो बन्न सफल भएको बताए ।
    कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर फर्सुराम मरासिनीले बोल्दै बिमा गर्ने हरेक व्यक्तिको भविष्यमा आउने जोखिम बहन गर्न सजिलो हुने बताए । उनले व्यक्तिको जीवन आर्थिकसंग जोडिएकोले आर्थिकरुपमा मजबुत हुनका लागि पनि बिमा गर्नुपर्ने बताए ।
    कम्पनीका लुम्बिनी प्रदेश प्रमुख सुशिल चापागाईं, क्षेत्रिय प्रबन्धक विकास अधिकारी, कम्पनीका स्टार एजेन्सी म्यानेजर लक्ष्मण पन्थ, राजन पोखरेललगायत एजेन्सी तथा बिमितहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij