२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

यसरी बढाउन सकिन्छ लुम्बिनीमा पर्यटक

यसरी बढाउन सकिन्छ लुम्बिनीमा पर्यटक

यसरी बढाउन सकिन्छ लुम्बिनीमा पर्यटक

यसरी बढाउन सकिन्छ लुम्बिनीमा पर्यटक

यसरी बढाउन सकिन्छ लुम्बिनीमा पर्यटक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०२४ मा ११ लाख ७२ हजार २ सय ८२ ले भ्रमण गरे । सन् २०२३ मा ९ लाख ९८ हजार ९ सय ३८ ले लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२३ मा तेस्रो मुलुकका ७६ हजार २ सय १० जनाले भ्रमण गरेकोमा सन् २०२४ मा १ लाख ११ हजार ४ सय ३ जनाले भ्रमण गरे । कोरोना महामारीले ठप्प भएको पर्यटक आगमन विस्तारै उकालो लाग्दैछ । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र विस्तारै तंग्रिदैछ । पर्यटन क्षेत्र तंग्रिदै जाँदा आर्थिक मन्दीले निराश व्यवसायीलाई आशा जगाएको  छ । 


    लुम्बिनीमा पर्यटक आगमन बढेकोे तथ्याङ्क हेर्दा कोरोना महामारी र त्यस लगत्तैको अवस्था भन्दा धेरै सुधार आएको छ । तर मुलुकको समृद्धि हासिल गर्ने पर्यटन भएको र लुम्बिनी एउटा महत्वपूर्ण ठाउँ भएकाले अहिले जुन आगमन छ, यो न्यून हो । लुम्बिनीमा अझै पर्यटकको संख्या बढाउनुपर्छ । आएका पर्यटकको बसाई पनि लम्ब्याउन सरकारी योजना हुनुपर्छ । लुम्बिनी आएका पर्यटक मायादेवी मन्दिर पुगेर मात्रै हुँदैन् भन्ने सन्देश प्रवाह हुनुपर्छ । बुद्धको अस्ति धातु रहेको  रामग्राम स्तुप र बौद्ध धर्म तथा संस्कृतिसँग सम्बन्धित विभिन्न संरचना रहेको कपिलवस्तु खुला संग्रहालय हो ।लुम्बिनी आएका पर्यटकलाई रामग्राम र कपिलवस्तु पु¥याउन पर्यटकीय पूर्वाधार निर्माणमा ढिलाई भइरहेको  छ । पूर्वाधार विकासको योजना निर्माण र कार्यान्वयनले नै हो पर्यटक आगमनको द्वार खोल्ने ।


    गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट विभिन्न बौद्ध मुलुकमा सिधा हवाई उडान हुन सकिरहेको छैन् । यद्दपी  चीन भ्रमणमा जाने उच्चस्तरीय भ्रमण टोलीले पोखरा र लुम्बिनीमा सिधा हवाई उडान गर्न आग्रह गर्दै आएको छ । चीन सकारात्मक भएको भनिएपनि कार्यान्वयन हुन सकिरहेको छैन् । कम्बोडिया लुम्बिनीमा सिधा हवाई उडान गर्न सकारात्मक भएको भनिएपनि किन कार्यान्वयन हुन सकिरहेको छैन् ?


     नारायणगढ-बुटवल सडक निर्माणमा भएको ढिलाईले सडक यातायात असहज छ । काठमाडौं र पूर्वी नेपालबाट आउने सडक नै अस्तव्यस्त भएकाले पनि लुम्बिनी आउने योजना र चाहना हुने हरु पनि आउन सकिरहेका छैनन् । नारायणगढ-बुटवल सडक निर्माण छिटो सक्दा लुम्बिनी आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने देखिन्छ । 


    पर्यटकको आगमन सगैं बसाई लम्ब्याउन सरकारी र निजी क्षेत्र मिलेर लाग्नुपर्छ । लुम्बिनी आएका अधिकांश पर्यटक भारतीय बौद्ध स्थल घुमेर विहान आउने र साँझ फर्किने गरेकालेस्थानीय ट्राभल ऐजेन्सी र होटल व्यवसायी मिलेर पर्यटन प्रवद्र्धनको प्याकेज ल्याएर पर्यटकको बसाई लम्बाउन सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij