२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दलित– जनजाति जनसमुदायको मुक्तिका लागि

दलित– जनजाति जनसमुदायको मुक्तिका लागि

दलित– जनजाति जनसमुदायको मुक्तिका लागि

दलित– जनजाति जनसमुदायको मुक्तिका लागि

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • ‘विश्वका सारा मजदुर तथा उत्पीडित राष्ट्रहरु एक हो ।’ यो कम्युनिष्ट पार्टीको घोषणा पत्रको मूल नारा हो । कम्युनिष्ट पार्टीको तत्कालीन उद्देश्य मजदुर (सर्वहारा वर्ग) लाई एउटा वर्गको रुपमा संगठित गर्दै पूँजीपति वर्गको प्रभुत्वको मुलोच्छेदन गर्नु र सर्वहारा वर्गको राजनीतिक सत्ता स्थापना गर्नु हो । कम्युनिष्टहरुको सिद्धान्तलाई केवल एक वाक्यमा व्यक्त गर्दा व्यक्तिगत सम्पत्तिको उन्मूलन गर्नु नै हो । 


    यसरी कम्युनिष्टको मूलभूत सिद्धान्त भनेको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक तथा जातीय सामनता पनि हो । कम्युनिष्टहरुको अन्तिम उद्देश्य वर्गविहीन राज्य र जातजाति विहीन समाज हो, जसलाई साम्यवादी मानव समाज भनिन्छ । जुन यु.जे. पोत्तरले सर्वहारा अन्तर्राष्ट्रिय गीतमा ‘यो अन्तिम युद्ध हो, आआफ्नो ठाउँमा डटौं, अब मानिसको अन्तर्राष्ट्रिय  जाति हुनेछ ।’ भनी उल्लेख गरेका छन् । तर अहिले विश्वव्यापी रुपमा जातजातिबीच, राष्ट्र–राष्ट्र र देशबीच दमन, अन्याय, अत्याचार, लुटमार अनेक द्वन्द्व भइरहेको छ । यसै क्रममा हालै नेपाल–भारतमा विद्यमान जातीय प्रथा र व्यवस्थाको बारेमा अध्ययनको लागि भारतीय एक टोली नेपाल भ्रमणमा आएको छ । 


    भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी, लेनिनवादी) रेड स्टारका महासचिव क. पिजे जेम्सले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव क. मोहन वैद्य ‘किरण’ यही जनवरी–६ अर्थात पौष २२ मा एक पत्र लेखी जानकारी गराएका रहेछन् । सोही अनुसार १४ जनवरीमा बुटवलमा एउटा  गोष्ठी सम्पन्न भएको छ ।  १४ जनवरी बुटवलमा एउटा गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा सर्वप्रथम भारतीय कम्युनिष्ट पार्टी (माले) रेड स्टारका पोलिट व्यूरो सदस्य क. तुइन देव र क.शंकरले आफ्नो देशमा देखिएको यो दलित जातीय प्रथाको ऐतिहासिक पृष्ठभूूमि र त्यसको असर अनि त्यसका विरुद्ध भएका संघर्षको बेली विस्तार गर्नु भएको थियो । त्यस्तै नेपालका बारेमा क. सन्त बहादुर नेपाली र क. शशीधर भण्डारीले लिखित रुपमा नै अवगत गराउनु भएको थियो । सारमा उहाँहरुको भनाइ थियो– २१ औं शताब्दीको यो वैज्ञानिक र प्राविधिक विश्वमा पनि यस प्रकारको छुवाछुत र जातीय विभेद निन्दनीय नै छ । यसको संरक्षण अहिलेसम्म पनि राज्यले नै गर्दै आएको छ । 


    हिन्दु ब्राह्माणवादी राज्य सत्ताको प्रभाव भारत– नेपाल दुवै राष्ट्रमा समान नै छ । संवैधानिक र कानूनी रुपमा जे भनिएर लेखिए पनि व्यवहारमा त्यो पटक्कै देखिएको छैन । यो विरुद्धको संघर्षमा दुवै देशमा जनता अरु खासगरी कम्युनिष्ट पार्टीहरु नै संयुक्त एक भई लाग्नु पर्ने महसुस उहाँहरुबाट भएको थियो ।  त्यसका लागि भारतमा गुरु घाँसीदास सेवा संघ जस्ता अनेकौं संघसंस्था सक्रिय भइरहेको भारतीय कमरेडहरुले बताए भने नेपालका कमरेडहरुले  पनि नेपालमा जातीय समता समाज लगायत विभिन्न जातीय भूमि मोर्चा–संगठन आदि सक्रिय भइरहेको बताए । उहाँहरु दुवैको जोड यो देशको जातीय र सामाजिक कुरीति प्रथा मात्रै नभएर यसमा आर्थिक र राजनीतिक विभेद पनि छ । खासमा यो वर्गीय असमानताकै उपज हो । यसको अन्त्य जातीय संघर्षको साथसाथै अन्ततः वर्ग संघर्षकै माध्यमबाट हुनु पर्ने उहाँहरुको जोड थियो । 


    त्यसपछि अन्य विभिन्न वक्ताहरुले पनि यसको बारेमा आआफ्ना मन्तव्य राखेका थिए । केही वक्ताहरुले आफू लामो समयसम्म कम्युनिष्ट पार्टीमा बसी यसका विरुद्ध लडेको तर कम्युनिष्ट पार्टीका मूल नेताहरु नै यसको पक्षमा ब्राह्माणवादकै अनुयायी भई दिएकाले आफू त्यस्ता पार्टी परित्याग गर्दै कोही स्वतन्त्र भने कोही बुद्धमार्गी भएको बताउँदै कम्युनिष्ट पार्टीबाट यस्तो जातीय विभेद र मुक्तिसम्म नभएको सुनाए । हुन पनि आफूलाई कम्युनिष्ट भन्ने र त्यस्तो पार्टीको नेता पनि बन्ने तर जातीय छुवाछुत अनि धार्मिक रुढिवादी अन्धविश्वास अनुसार धार्मिक गतिविधि गरिरहने त्यस्ता अवसरवादी नेताहरुकै कारण जातीय समानता र  मुक्ति सम्भव नहुने निश्चित नै छ । त्यस्तै कम्युनिष्ट भनौदा नेताहरुको गतिविधिले गर्दा देशका आम दलित जनसमुदाय यस्ता  नेता र त्यस्ता पार्टीहरुप्रति विस्तृष्णा बढ्नु स्वाभाविक नै छ । जसले गर्दा कम्युनिष्ट पार्टी, माक्र्सवाद–लेनिनवाद र माओवादप्रति नै दलित जनसमुदायको आकर्षण घट्दो छ ।


    यसै क्रममा केही कम्युनिष्ट पार्टी अनि त्यसका केही खास खास नेताहरुको यस्तो दोधारे चरित्र अर्थात् कुरामा कम्युनिष्ट तर व्यवहारमा पुुरानो रुढिवादी जातीय र धार्मिक परम्पराका पक्षपाती नेताहरुको बारेमा चर्चा गरौं । सर्वप्रथम १० वर्षे माओवादी जनयुद्धका प्रमुख कमाण्डर क. प्रचण्डको अगुवाईमा माओवादी जनयुद्धको थालनी भयो । त्यो क्रममा ठूलठूला सशस्त्र संघर्ष भए । त्यस मध्येको एउटा क्रान्ति जातिय, धार्मिक र सांस्कृतिकको पनि थियो । जातीय समानता, रुढिवादी, धार्मिक परम्परा र अन्धविश्वास विरोधी संघर्ष भए । ठाउँठाउँमा मन्दिर, गुम्बा, चर्च भत्काइए ।


     यतिसम्मकि ठाउँ ठाउँमा पुराना पण्डित–पुरोहित आदिलाई कारबाही भयो ।  यही रुपन्देहीमा पण्डित नारायण पोखरेलको हत्या नै गरियो । तर अहिले तिनै माओवादीका प्रमुख नेता प्रचण्ड कहिले आफ्नो ग्रहदशा कटाउन हिन्दु विधि विधान अनुरुप भैसीको पुजा गर्छन् भने कहिले गेरु बस्त्र धारण गरी भारतको कालिमन्दिरमा गई देवीको पूँजा आजा गर्ने गरेका छन् । यतिसम्मकि धर्म निरपेक्षताको पक्षधर देशको प्रधानमन्त्री नै भएका प्रचण्डले भारतीय प्रम नरेन्द्र  मोदीको दलाली र चाकडीका लागि एउटा हिन्दुवादी धार्मिक पण्डा जस्तै गेरु बस्त्र नै धारणा गरी कालिमन्दिरको पूँजा आजा, दान दक्षिणा अनि आर्शावाद–प्रसादी लिई पुनः नेपालको पशुपतिनाथ मन्दिरमा भोलेनाथको आर्शीवाद थाप्न पुगेका थिए । हाय ! यो कस्तो विडम्बना ? विचार, सिद्धान्तमा माक्र्सवादी–लेनिनवादी अझ माओवादी तर बानी–व्यवहार र दैनिक क्रियाकलापमा रुढिवादी धार्मिक परम्परा अन्धविश्वासका पक्षपाती ।


    यस्ता धेरै कम्युनिष्ट नेताहरुका उदाहरणहरु छन् । तबत देशका दलित– जनजाति सबैमा यिनीहरु र यिनीहरुले नेतृत्व गर्दै आएका कम्युनिष्ट पार्टीप्रति विस्तृष्णा र घृणा बढ्न थालेको छ । यस्ता ढोगी र पाखण्डी नेताहरु नै कारण नेपालको सिंगो कम्युनिष्ट आन्दोलन क्षत विक्षत हुँदै गइरहेको छ । तर हाम्रा यी दलित नेता र अगुवाहरुले के बुझ्नुपर्दछ भने कम्युनिष्ट पार्टीको असली विचार र सिद्धान्त यो होइन । खासमा समानताकै हो । जातीय छुवाछुतको मात्रै अन्त्य होइन, दलित भनिने जातपातको मात्रै पनि होइन । हरेक जातजाति सबैको अन्त्य खाली एउटै अन्तर्राष्ट्रिय मानव जाति मात्र रहने कम्युनिष्टको  सिद्धान्त हो । जुन माथि सर्वहारा अन्तर्राष्ट्रिय गीतमा भनिएको छ । खास कम्युनिष्ट पार्टीको उद्देश्य निजी सम्पत्ति, निजी परिवार, जातपात, रुढिवादी धार्मिक परम्परा यतिसम्मकि राज्यकै उन्मूलन नै गर्ने साम्यवादी सिद्धान्त हो ।


    यही अनुरुप कम्युनिष्ट पार्टीको स्थापना गर्ने भनिएको हो । कम्युनिष्ट हुनुको अर्थ खाली यो कम्युनिष्ट सिद्धान्त र विचारलाई मान्ने मात्रै होइन त्यस अनुरुप व्यवहार गर्नु पनि हो । तर दुःखको कुरा यहाँ एउटा कम्युनिष्ट पार्टीको सदस्यको त के स्वयं यसका उच्च नेताहरुले नै यो लागू गरेको पाइदैन । एउटा कम्युनिष्ट पार्टीको सदस्य हुनुको अर्थ हो सर्वहारा । सर्वहारा भनेको निजित्वको परित्याग हो । निजी सम्पत्ति, निजी परिवार सबैको परित्याग र सामूहिकताको थालनी हो । तर आज हाम्रा देशका सबै कम्युनिष्ट भनौदा नेताहरुको धन सम्पत्ति, घर परिवार, नातागोता, लवाई खुवाई, चालचलन कस्तो छ ? छर्लङ्ग छ बताइरहनु पर्ने छैन । अरबौ अरबको भ्रष्टाचारमा सबै डामिएका छन् । विदेशी कम्पनी र विदेशी बैंकमा अरबौं रुपैयाँ थुप्राइएको छ । कम्युनिष्ट र सर्वहाराको नाममा अरबौका धनी–पूँजीपति कमरेड नेता अनि कसरी पत्याउलान देशका आम शोषित, पीडित, दलित जनसमुदायले यिनीहरुलाई । यिनीहरुकै कारण आज नेपालको सिंगो कम्युनिष्ट आन्दोलनप्रति नै जनआस्था र विश्वास घट्दो छ । घट्दो मात्र होइन बदनामी भइरहेको छ । 


    यो कुनै नौलो कुरा होइन । माक्र्सवादको साथसाथमा संशोधनवाद पनि जन्मियो । त्यसका प्रमुख नेता वनास्टिन, काटस्कि, प्लखानोम, टाटस्की, खु्रश्चोभ अनि लिउ–देङ आदि थिए । संशोधनवाद विचार–सिद्धान्त राजनीतिमा मात्र होइन हरेक क्रियाकलापमा देखा पर्दै आएको छ । बानी व्यवहार, चालचलन, धन सम्पत्ति, परिवार नाता गोता, धर्म संस्कृति आदि सबैमा यो छ । आज नेपालमा पनि माक्र्सवादको नाममा संशोधनवादको खेती गरिदैछ । संशोधनवादका यी छाउराहरुलाई जे गर्दा पनि  लाजश्रम केही छैन । अझ भन्ने हो भने यी सबै रोमानियाका पूर्व शासक चाउचेस्कोका असली चेला हुन् । कम्युनिष्टको नाममा चाउचेस्कोले त्यहाँ  यस्तै लुटपाट मच्याएका  थिए । श्रीमतीका गहन, घडीका त कुरा परै छाडौ जुत्ता,चप्पल पनि हिरा जडित सुनका थिए । यहाँ पनि सुनिन्छ कम्युनिष्ट नेताका घडी सुनका करोडौ पर्ने । नेताकी छोरीका हेण्ड वेग नै लाखौं रुपैयाँको ।


    यस्तै कम्युनिष्ट नेताहरुकै कारण देशमा दलित आन्दोलन सही दिशामा अग्रसर हुन सकिरहेको छैन । खासमा दलित मुक्ति आन्दोलन वर्गीय मुक्ति आन्दोलनको एउटा हिस्सा हो । यो  वर्गीय मुक्ति आन्दोलनको नेतृत्व कम्युनिष्ट पार्टीको अभावमा दलित मुक्ति आन्दोलन पनि दिशा हिन अवस्थामा छ । दलित–जनजाति सबै कोही कांग्रेसी भोट बंैक भने कोही दक्षिणपन्थी अवसरवादी माले, एमाले, मसाल, माओवादी आदिका भोट बैंक मात्र भएका छन् ।


     त्यति मात्रै होइन अहिले दलित र जनजातिको एउटा ठूलो हिस्सा विदेशी साम्रराज्यवादी एजेन्सी दलाल (एन.जी.ओ र आइएनजीओ) को कमाउ धन्दा पनि भइरहेको छ । गाउँ, शहर टोलबस्ती चारैतिर वर्षे झरीमा उम्रने च्याउ जस्तै अनेक थरीका क्रिश्चियन चर्च बनिरहेका छन् । 


    त्यसमा सबभन्दा बढी दलित अनि त्यसपछि जनजातिका जनसमुदाय समेटिएका छन् । दलितका समस्याहरुलाई लिएर कम्युनिष्ट पार्टी र नेताहरुप्रति आक्रोश व्यक्त गर्ने दलित अगुवा त्यसप्रति भने त्यति आक्रोशित मात्रै होइन विरोध नै गरेको पाइँदैन । कतै कम्युनिष्टको विरोधको नाममा दलित– जनजाति सबलाई विस्तारै विस्तारै साम्रराज्यवादी छहारीमा पु¥याउन त खोजिएको छैन । त्यसो हो भने सावधान ! ताप्केको माछो भुग्रामा हुने दुस्कर्म कसैबाट नहोस् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij