२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जिल्लास्तरीय छात्रा भलिबलको उपाधि एभरेष्टलाई

जिल्लास्तरीय छात्रा भलिबलको उपाधि एभरेष्टलाई

जिल्लास्तरीय छात्रा भलिबलको उपाधि एभरेष्टलाई

जिल्लास्तरीय छात्रा भलिबलको उपाधि एभरेष्टलाई

जिल्लास्तरीय छात्रा भलिबलको उपाधि एभरेष्टलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • बुटवल । बुटवलमा जारी तेस्रो रुपन्देही जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ स्कूल बुटवलले जितेको छ । न्यू होराइजन माविको संरक्षकत्व तथा न्यू होराइजन स्पोर्टस क्लबको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा न्यू होराइजन मावि बुटवललाई ३–१ सेटले पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो । 


    पहिलो सेट न्यू होराइजनले जितेपनि त्यसपछिका तीन सेट एभरेष्टले लगातार जितेको थियो । न्यू  होराइजन उपविजेता भएको प्रतियोगितामा कुंवरवर्ती बोर्डिङ तिलोत्तमा तेस्रो र कालिका मानवज्ञान मावि चौथो भएका थिए । प्रतियोगितामा रुपन्देहीका १२ विद्यालयको सहभागिता थियो ।  प्रतियोगिताको बेस्ट प्लेयर एभरेष्टकी मिना सुनार,बेस्ट सर्भर न्यू होराइजनका अन्लिका झेंडी मगर,बेस्ट डिफेन्डर कालिकाकी भिसा खत्री,बेस्ट सटर न्यू होराइजनकी प्रतिभा चौधरी,बेस्ट स्पाइकरमा कुंवरर्तीकी रिसा थापा,बेस्ट ब्लकरमा न्यू होारइजनकी ममता परियार घोषित भए । यस्तै बेस्ट कोच एभरेष्टका अर्जुन घिमिरे भए । उपाधि विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैया, तेस्रो टिमले १५ हजार रुपैया तथा चौथो टिमले नगद १० हजार रुपैया नगद तथा कप, मेडल, प्रमाणपत्र पाएका भलिबल प्रतियोगिता संयोजक जनककुमार श्रेष्ठले जानकारी दिए ।


    यस्तै न्यू होराइजन स्पोर्टस क्लबको आयाजनामा भएको बास्केटबलमा छात्रतर्फको फाइनलमा एभरेष्ट बोर्डिङ स्कूललाई पराजित गर्दै ब्रिटिस ग्रामर स्कूल तिलोत्तमाले उपाधि जितेको छ । 


    यस्तै छात्रातर्फ सिद्धार्थ बोर्डिङ स्कूललाई पराजित गर्दै एभरेष्ट बोर्डिङ स्कूलले उपाधि जितेको छ । 
    बास्टेकबलको छात्रतर्फ एभरेष्टका डार्बिन शाह मोस्ट भ्यालुयबल प्लेयर,ब्रिटिस ग्रामरका अनुभव एसी बेस्ट डिफेन्डर,ब्रिटिस ग्रामरकै नमसिंह राना हाइ स्कोरर र बेस्ट कोच ब्रिटिस ग्रामरकै हरिराज कुंवर घोषित भएका छन् । 


    बास्केटबलको छात्रातर्फ  एभरेष्टकी सुहाना पौडेल मोस्ट भ्यालुयबल प्लेयर, एभरेष्टकै विपासा भण्डारी बेस्ट डिफेन्डर, न्यू होारइजनकी सबल श्रेष्ठ हाइ स्कोरर र बेस्ट कोच एभरेष्टका झगबहादुर थापा घोषित भएका छन् । बास्केटबलमा छात्रतर्फ ६ र छात्रातर्फ ४ टिमले प्रतिस्पर्धा गरेका थिए । विजेता टिमले नगद १० हजार र उपविजेताले नगद ५ हजार रुपैया नगद पुरस्कार पाएका विद्यालयका खेल संयोजक मिलन रानाले बताए ।


    विजयी टिम र खेलाडीलाई बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, न्यू होराइजन माविका उपाध्यक्ष निर्मलप्रसाद लाकौल, कोषाध्यक्ष रामेश्वर श्रेष्ठ, प्राचार्य लोकनाथ उपााध्याय, उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल र राजीव श्रेष्ठ, न्यू होराइजन स्पोर्टस् क्लबका अध्यक्ष चेतन उचै ठकुरी, उपाध्यक्ष बालकृष्ण बस्याल, सचिव एलबी खनाल, विद्यालयका खेलकुद संयोजक मिलन राना, भलिबल प्रतियोगिता संयोजक जनककुमार श्रेष्ठ लगायतले  पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij