बुटवल । राष्ट्रिय सेवादल, मध्य तालिम शिक्षालयमा संचालित सि.सं. १९ औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको खेलकुद विद्या अन्र्तगत छात्रा भलिबलको उपाधि मणिमुकुन्द मा.वि. बुटवल–११, योगिकुटी रुपन्देहीले हात पार्न सफल भएको छ ।
नेपालभरबाट प्रतिस्प्रधि १५ ओटा बिद्यालय सहभागि रहेको फाइनल खेलमा, पध्मोदय नमुना मा.बि. घोराही दाङ्गलाई सोझो तिन जिरो सेटमा हराउन सफल भएको थियो ।
खेल समापन पछि शिक्षाधिकृत प्र.से. बासु सरण खड्का, सेनानी राज कुमार भुजेल, क्याप्टेन बिनोद ढकाल, उपसेनानी सुनिता फुयाल लगाएत प्रमुख ब्यक्तित्वहरुले सम्पुर्ण खेलाडिहरुलाई र बिद्यालय परीवारलाई बधाई तथा शुभकामना ब्यक्त गरेकाे सम्न्वय शिक्षक चित्र बहादुर बुढाथोकीले दिए ।




