२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कृषिमा एकीकृत तथ्याङ्क प्रणालीको व्यवस्थापन

कृषिमा एकीकृत तथ्याङ्क प्रणालीको व्यवस्थापन

कृषिमा एकीकृत तथ्याङ्क प्रणालीको व्यवस्थापन

कृषिमा एकीकृत तथ्याङ्क प्रणालीको व्यवस्थापन

कृषिमा एकीकृत तथ्याङ्क प्रणालीको व्यवस्थापन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • राष्ट्रिय कृषि गणना-२०७८ का अनुसार, नेपालमा कुल घर परिवारमध्ये ६२ प्रतिशतको मुख्य पेशा कृषि रहेको छ । लुम्बिनी प्रदेशमा ६७ प्रतिशत घरपरिवारको मुख्य पेशा कृषि रहेको छ । कृषिमा ठूलो जनसंख्या आश्रित रहेको र कृषिको व्यवसायिक विकासका लागि राज्यले ठूलो लगानी गरेपनि अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन् । राज्यले गर्ने लगानी लक्षित वर्ग र नतिजामुखी भन्दा कागजपत्र मिलाउने टाढावाठा व्यक्तिमाँझ मात्रै पगेकाले कृषिमा गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको हो ।


    कृषिमा एकीकृत तथ्याङ्क प्रणालीको अभावमा राज्यस्रोतको दोहोरोपनाको उपभोग गर्ने वर्ग एकातिर छँदैछ, अर्कोतिर राज्यस्रोतको पहुँच नपुग्ने वर्ग सधै निराश हुनपरिरहेको छ । मुलुक संघीय शासन प्रणालीमा गइसकेपछि कृषि तहगत सरकारको साझा अधिकारको विषय हो । तहगत सरकारले कृषिमा अनुदान, उपकरण, मलबीउ खरिद गरी वितरण गरिरहेका छन् । तहगत सरकारले वितरण गर्ने अनुदान, उपकरण र मलबीउमा दोहोरोपना आएको छैन् भन्ने ग्यारेण्टी छैन् । एकीकृत तथ्याङ्क प्रणाली व्यवस्थापनमा ध्यान दिएको भए तहगत सरकारले गरेको लगानीको प्रतिफल पाउन संभव हुन्थयो । 


    अहिले स्थानीय तहबाट अनुदान लिने किसानले प्रदेश र संघबाट पनि लिएको छ, प्रदेशबाट लिनेले स्थानीय तहबाट पनि लिएको छ । कसैले कतैबाट पनि पाएको छैन् । एउटै टोलको एउटा किसानले दुई भन्दा बढी सरकारबाट अनुदान पाएको र अर्को किसान अनुदानबाट बञ्चित रहेको घटनाले समाजमा निराशा बढाउनु अस्वभाविक होइन् । कृषि अनुदान, औजार र मल बीउमा सबै किसानको पहुँच बढाउन एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणाली अपरिहार्य भइसकेको छ । 


    एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणालीको विकास गर्न सक्दा तहगत सरकारले सूचना प्रविधिको प्रयोग गरी उपभोग गर्न सक्छन् । यो तथ्याङ्क प्रणालीबाट अनुदान, मलबीउ र औजार वितरण पनि पारदर्शी हुन्छ । कर्मचारीसँगको मिलेमतोमा टाठाबाठा किसानको मात्र पहुँच हुन्न । नेपालमा २०७८ सालमा कृषि गणना भयो । यो गणनाबाट प्राप्त तथ्याङ्कप्रति सरकारी निकाय नै प्रश्न गरिररहेका छन् । 


     गणनाबाट प्राप्त तथ्याङ्क यर्थाथपरक र वस्तुवादी भन्दा अनुमानित जस्तो भएको टिप्पणी हुँदै आएको छ । कृषि गणनामा आवश्यक समेटिनुपर्ने विषयवस्तु के- के हुुन् ? कृषि गणनाका लागि कस्तो खालको जनशक्ति आवश्यक पर्छ ? भन्ने विषयलाई हेक्का नराख्दा कृषि गणना औपचारिकतामा सिमित भएको छ । 


    सूचना प्रविधिको जमानामा तथ्याङ्क व्यवस्थापन प्रणाली व्यवस्थित गर्न सहज छ । कृषिमा अपेक्षित नतिजा निकालेर युवालाई कृषिमै टिकाउने हो भने एकीकृत तथ्याङ्क प्रणाली व्यवस्थापन गर्न ढिलाई गर्न हुन्न । अनुदान, औजार मलबीउ पाउने किसानको तथ्याङ्क रहने र सहजै हेर्न मिल्ने भएकाले तहगत सरकारका काम पनि पारदर्शी हुन्छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij