बुटवल । रुपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । नविन ज्याेति क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा आयोजित तेस्रो लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा ३० वर्ष माथिको र ४५ वर्ष माथिको उमेर समुहबिच प्रतिष्प्रर्धा भएको क्लवका अध्यक्ष कृष्ण पान्डेले जानकारी दिए ।
उनका अनुसार ४५ वर्ष माथिको उमेर समुहमा बुटवल ब्याडमिन्टन क्लवका गोपाल टण्डन र अशोक प्रधानको जोडि प्रथम भएको छ भने बुटवल ब्याडमिन्टन क्लवकै महेश्वर नेपाल र दिलिप गौचनको जोडि द्वितिय भएको छ ।
यस्तै तृतिय र सान्तवना भने तिलोत्तमा ब्याडमिन्टन क्लवका खेलाडिहरु भएका छन् । सुरज गुरुङ र बसन्त थापाको जोडि तृतिय भएको छ भने रमेश रेग्मी र पुरन रानाको जोडि सान्त्वना भएका छन् ।
यता ३० वर्ष माथि उमेर समुहमा स्म्यास ब्याडमिन्टन क्लवका सुमन बुचा र तुल्सी पाण्डे मगरको जोडि प्रथम भएको छन् । यस्तै बाणगंगा ब्याडमिन्टन क्लवका जितेन्द्र घिमिरे र रोशन थापाको जोडि द्वितिय भएका छन् ।
फिट एण्ड फाईन क्लवका दल बहादुर थापा र बैकुण्ड श्रेष्ठको जोडि तृतिय भएको छ भने तिलोत्तमा ब्याडमिन्टन क्लवका कमल गौतम र अभय गुरुङको जोडी सान्त्वना भएका छन् ।
दुबै उमेर समुहका बिजेतहरु प्रथम , द्वितिय, तृतिय दुबै टोलिलाई क्रमशः ३० हजार, २० हजार र ५/५ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले प्रतियोगिताको उद्धाटन गर्दै खेलमार्फत आफ्नो क्षेत्र चिनाउन सकिने भएकोले लनगपूर्वक खेल्न आग्रह गर्दै खेल क्षेत्रको विकासमा तिलोत्तमाले अग्रणी भूमिका खेल्ने बताएका थिए ।




