२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

देवदहबाट लुम्बिनीसम्म बस सञ्चालन हुने

देवदहबाट लुम्बिनीसम्म बस सञ्चालन हुने

देवदहबाट लुम्बिनीसम्म बस सञ्चालन हुने

देवदहबाट लुम्बिनीसम्म बस सञ्चालन हुने

देवदहबाट लुम्बिनीसम्म बस सञ्चालन हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • बुटवल । लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि सञ्चालन शुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट सञ्चालन गरिने भएको हो ।

    देवदह शितलनगरबाट मणिग्राम, भैरहवा बेलहिया एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा विजुली बस सञ्चालन गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । उनका अनुसार हप्ताको तीन दिन देवदह र ३ दिन बुद्धको अस्तीधातु रहेको रामग्रामबाट विजुली बस सञ्चालन गर्ने गरी नयाँ रुट बनाइएको हो ।

    कोषाध्यक्ष भट्टराईले कोषले बहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिने गरी विजुली गाडी ल्याइएको बताउँदै अहिले दानपेटिका राखेर सञ्चालन गरिएको बताए । उनले रामग्राम, देवदह र पण्डितपुर जस्ता ऐतिहासिक पुरातात्विक क्षेत्रको विकास, संरक्षण र प्रबद्र्धन गर्ने गरी देवदह कार्यालयमा हप्ताको २ दिने  बसेर सेवा दिन थालेको समेत बताए ।

    पुरातात्विक  धार्मिक क्षेत्रको स्थानीय पालिका, सामुदायिक संगठन र संस्थाहरू संग मिलेर कोषको निति स्थानियसँग लुम्बिनी कार्यक्रम अबधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस धम्मयात्रा लेखेर परीक्षण स्वरुप सञ्चालन गरिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij