२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लक्ष्मी माध्यमिक बिद्यालयको ४४ औ वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी माध्यमिक बिद्यालयको ४४ औ वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी माध्यमिक बिद्यालयको ४४ औ वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी माध्यमिक बिद्यालयको ४४ औ वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी माध्यमिक बिद्यालयको ४४ औ वार्षिक साधारण सभा सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१

  • बुटवल । लक्ष्मी माध्यमिक बिद्यालय बुटवल ४ को ४४ औँ वार्षिक साधारण सभा तथा अभिभावक दिवस सम्पन्न भएको छ । 
    कार्यक्रमका प्रमुख अतिथि तथा बुटबल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले बिद्यालयले यस क्षेत्रका बालबालिकाहरुलाई शिक्षाको उज्यालो दिन अत्यन्त मेहनत गरेको भन्दै प्रशंसा व्यक्त गरे । 

    उनले विद्यालयका विभिन्न समस्याहरु समाधान गर्नका लागि नगर प्रमुखको हिसाबले र आफ्नो व्यक्तिगत हिसाबले पनि विभिन्न किसिमबाट सहयोग गर्ने.प्रतिबद्धता समेत व्यक्त गरे । उनले बुटवलको मात्र नभएर समग्र रुपन्देही क्षेत्रकै शैक्षिक उपलब्धि हासिल गर्नका लागि आफुले योजना बनाएको समेत बताए । 

    त्यस्तै कार्यक्रमका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ४. का वडाध्यक्ष.नरिश्वर शर्मा पौडेलले लक्ष्मी मावि. यस क्षेत्रको गहनाको रुपमा रहेकाले यसको संरक्षण समर्थन र शैक्षिक गुणस्तर वृद्धिका लागि आफूले सक्दो पहल गर्ने बताए । 

    कार्यक्रममा बोल्दै वडा नम्बर ४ का निवर्तमान अध्यक्ष टंक पराजुलीले विद्यालयले विभिन्न समयमा शैक्षिक स्तर अभिवृद्धिका लागि महत्वपूर्ण काम गरेको बताए । उनले विद्यालयले साना साना बालबालिका र जो अलिकति.विद्यालय बाहिर रहेका बालबालिकालाई पनि बिद्यालयमा समावेशी गर्नका लागि उहाँले आग्रह गरे । 

    कार्यक्रममा सल्लाहकारहरु हिराध्वज शाह , नारायणप्रसाद नागिला , निवर्तमान अध्यक्ष बाबुराम ढकाल ,लक्ष्मी आदर्श सामुदायिक वनका अध्यक्ष सर्वजित केसी , अक्षयदाता मुकुन्द भट्टराई , नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल प्रसाद बस्याल , लक्ष्मी नगर विकास समितिका अध्यक्ष गोकर्ण शर्र्मा लगायतले बोलेका थिए । 


    अभिभावक दिवसमा विद्यालयका प्राधानाध्यापक शान्ति शर्माले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । 


    कार्यक्रममा देव कुमार आमात्य अक्षययकोष २ लाख ५१ हजार १ सय ११रुपयाका अक्षययदाता मनोज आमात्य र धर्मेन्द्र भट्टराइ अक्षययकोष १ लाख, ११ हजार १ सय ११ रुपैयां बराबरको अक्षयकोषदाता मुकुन्द मुकुन्द भट्टराई र  पुष्पा भट्टराई लगायतलाई सम्मान गरिएको थियो । 


    त्यस्तै अन्य अक्षयदाता ,उत्कृष्ट हुन सफल विद्यार्थी , विद्यालयका सल्लाहकारहरू, पूर्व अध्यक्षज्युहरु लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम शिक्षक डिल्ली प्रसाद शर्माको सञ्चालन तथा शिवप्रसाद अर्यालको स्वागतमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij