२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जीविकोपार्जनमा सुधारको बाटो

जीविकोपार्जनमा सुधारको बाटो

जीविकोपार्जनमा सुधारको बाटो

जीविकोपार्जनमा सुधारको बाटो

जीविकोपार्जनमा सुधारको बाटो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • रामग्राम नगरपालिका-१ सहुवाका जीवन पथ्थरकट्टाकोकुनै बेला  राम्रै कमाई थियो । महिनामा ५० हजार रूपैयाँ ढुंगाको सिलौटा बनाएर कमाई हुनु राम्रै थियो । अहिले उनको कमाई घटेको छ । समाजमा जीवनशैलीमा परिवर्तन आएको छ ।  सिटौलाको प्रयोगमा आएको कमीले उनको निर्वाहको माध्यम चुडिन लागेको छ ।
    नदी किनारमा बस्ने बोटे, माझीको जीवनयापन ठिकै थियो । पुलहरु  बनेपछि डुङ्गाबाट मान्छे आवतजावत गर्नुपरेन् । उनीहरुको रोजीरोटी पुलले खोस्यो । नदीमा माछा मारेर जीविका चलेको थियो, नदी खोलामा प्रयाप्त माछा पाइन छाडेपछि उनीहरुको आम्दानीको बाटो बन्द  भयो । अहिले बोटे समुदायको सामाजिक आर्थिक हैसियत कमजोर छ । 


    कुमाल समुदायले राम्रो माटोका भाडाँकुडाँ बनाउँथे । जीवनशैलीमा आएको परिवर्तनले माटोका भाँडा विक्न छाडे । कुनै बेला फस्टाएको उनीहरुको व्यवसाय अहिले नगण्य  छ । 
    यी तीन घटनाले के देखाउँछ भने जीवनयापन गरिरहेको कुनै समुदायको जीवनयापनको माध्यम खोसिएपछि झनै कमजोर बन्दै गएको छ । पत्थरकट्टा समुदायले जान्दै आएको सीपलाई आधुनिकरण गरेर समाजमा प्रयोग गर्न सक्दा राम्रै फाइदा हुन्छ । बोटे समुदायको जीवनयापनको माध्यम खोसिएपछि विकल्प दिने सरकारले हो । राज्यले ती समुदायको आर्थिक सामाजिक स्थिति सुधार्नका लागि जीविकोपार्जनको विकल्प दिनुपर्छ । बाँच्ने माध्यम खोसिएपछि उनीहरुको हैसियत सधैं कमजोर भयो । कुमाल समुदायको अवस्था पनि उस्तै हो ।


    ग्रामीण उद्यमशिलतामा जोडेर जाँदा उनीहरुको जीवनस्तर सुधार गर्न सकिन्छ । कुमाल समुदायलाई माटोका हस्तकलाका सामग्री बनाउन सक्ने बनाएर ती सामग्रीको प्रयोगमा अभियान चलाउनुपर्छ । बोटे समुदायका लागि स्थान विशेषका आधारमा सीपमुलक तालिम दिने र सीप अनुसार स्वरोजगारको बाटो खोल्नुपर्छ । कसैलाई ढाका बुनाई तालिम दिन सकिन्छ । कसैलाई हस्तकलाको सामग्री बनाउने तालिम दिन सकिन्छ ।


    हरेक पालिकाले सिमान्तकृत समुदायलाई माथि उकास्न उनीहरुको रुची अनुसारको तालिम दिनुपर्छ । तालिमपछि सिकेको सीप अनुसार कामको वातावरण पनि सरकारले नै मिलाईदिनुपर्छ । स्वरोजगारका लागि बीउ पूँजी दिएर सहयोग हुनसक्छ । अहिले विभिन्न तालिमका लागि तहगत सरकारले बजेट खर्च गरिरहेका छन् । तर खर्च अनुसार अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन् । तालिम दिएपछि त्यसको प्रतिफल आएन भने तालिमको अर्थ हुन्न । तालिममा सिकेको कुरा व्यवहारमा उतार्न सक्दा उपलब्धी हासिल हुन्छ । 


    गरिब र सिमान्तकृत समुदाय लक्षित कार्यक्रमको नतिजा प्रभावकारी हुन नसक्नुको कारण कार्यक्रम सञ्चालन गर्दा प्रतिफल मुखी ढंगले सञ्चालन नगर्नु हो । व्यक्तिको रूची र तालिम लिएपछि कार्याान्वयन हुन सक्ने र नसक्ने बारेपनि हेक्का राख्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij