२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छैठौं चतुर्भुज माण्डवी  कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सको तयारी अन्तिम चरणमा

छैठौं चतुर्भुज माण्डवी  कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सको तयारी अन्तिम चरणमा

छैठौं चतुर्भुज माण्डवी  कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सको तयारी अन्तिम चरणमा

छैठौं चतुर्भुज माण्डवी  कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सको तयारी अन्तिम चरणमा

छैठौं चतुर्भुज माण्डवी  कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सको तयारी अन्तिम चरणमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • रोल्पा । प्युठान र रोल्पाको संगमस्थल खुङ्ग्री चतर्भुजमा हुने छैठौं चतुर्भुज माण्डवी कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ  । रोल्पाको सुनिल स्मृति गाउंपालिका वडा नं. २ खुङ्ग्रीमा स्थानीय चतुर्भुज युवा क्लबको आयोजनामा माघ १५ देखि २७ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी चरणमा पुगेको आयोजकले बताएका छन् । 
    महोत्सवको तयारी अन्तर्गत स्टल निर्माणका सामान र बाल उद्यानका सामानहरु मेलास्थल आइपुगेका र अन्य तयारीसहित प्रचार प्रसारलाई तीब्रता दिइएको क्लबका अध्यक्ष  कमलविक्रम शाहले जानकारी दिए । अध्यक्ष शाहका अनुसार मेलामा १५० स्टल रहने छन् ।

    मेलामा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, बजारीकरणलाई प्राथमिकता दिई कृषि उत्पादनप्रदर्शन गर्ने १० स्टललाई निःशुल्क र कृषिजन्य उत्पादनको ब्यापार गर्ने स्टललाई ५० प्रतिशत छुटमा दिइएको प्रचार प्रसार संयोजक गिरीराज गिरीले जानकारी दिए । 
    महोत्सवमा आउने दर्शकलाई मनोरन्जन दिन हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने गिरीले बताए । 
    महोत्सव अवलोकनका लागि सय रुपैया टिकट दर कायम गरिएको र जेष्ठ नागरिक तथा अपांगता भएकालाई निशुल्क प्रवेश गर्न दिइने आयोजकले जनाएका छन् । 


    महोत्सवले यहांको ऐतिहासिक तथा धार्मिक चतुर्भुज शिव पञ्चायन मन्दिर र त्रिपुरा सुन्दरी मन्दिरको महत्व उजागर गरी पर्यटक आकर्षित गर्ने, स्थानीय रैथाने बाली कालो मासको दाल, मासको फुरौला, तेबाङको सुन्तला र जुनार, स्थानीय कला संस्कृतिको प्रवद्र्धन  हुने गाउंपालिकाको वडा नं २ का सचिव पुष्कर भारतीले बताए । 
    महोत्सवमा एक लाख बढी दर्शक अवलोकनका लागि आउने अनुमान गरिएको आयोजकले बताएका छन् । 


    महोत्सव सम्पन्न गर्न श्याम भारतीको संयोजकत्वमा मूल आयोजक समिति,गिरीराज गिरीको संयोजकत्वमा प्रचार प्रसार समिति,मदन गिरीको संयोजकत्वमा स्टल व्यवस्थापन समिति गठन गरी तयारीका काम भइरहेको छ । 
    सुनिल स्मृति गाउंपालिकाको संरक्षकत्वमा हुने महोत्सवलाई सफल बनाउन सिंगो गाउंपालिका सहित वडा नं १ का वडाध्यक्ष पवन कुमार कंवर,वडा नं २ का वडाध्यक्ष नेत्रबहादुर गिरीको समेत विशेष भूमिका रहेको  क्लबका अध्यक्ष कमलविक्रम शाहले बताए ।


    महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरु पल शाह, शान्तारानी परियार, शान्तिश्री परियार, ज्योति मगर, प्रमोद खरेल, शिव हमाल, शोभा त्रिपाठी, संगिता रानामगर लगायत प्रस्तुतिका लागि आउने निश्चित भएका आयोजकले बताएका छन् ।  
     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij