२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कानुन बनाउन ढिलाई

कानुन बनाउन ढिलाई

कानुन बनाउन ढिलाई

कानुन बनाउन ढिलाई

कानुन बनाउन ढिलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • मुलुकमा संवैधानिक प्रबन्ध अनुसार आवधिक चुनाव भई राजनैतिक संघीयता स्थापित भएको सात वर्ष बितिसकेको छ । पहिलो कार्यकालको पाँच वर्ष सकिएपछि दोस्रो कार्यकालको आधा समय सकिएपनि संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन नबन्दा संविधान कार्यान्वयनमा विलम्ब हुनुको साथै तहगत सरकारहरु कामकाजी बन्न सकिरहेका छैनन् । कतिपय नीतिगत सुधारका लागि सरकारले अध्यादेश ल्याएर काम गर्ने बाटो खोलेको  छ । अब मुलतः संसदमा विधाराधीन विधेयकलाई छिटो पारित गर्न प्राथमिकता दिनु उत्तम हो ।


    राजनैतिक नेतृत्वले अघि सारेको नीति, योजना र कार्यक्रमलाई कार्यान्वयन गर्ने कर्मचारी प्रशासनले हो । कर्मचारी प्रशासनको चुस्त परिचालनबाट नै सरकारले नतिजामुखी काम गर्न सक्छ । संघीय शासन प्रणाली अनुसार कर्मचारी प्रशासन चल्न संघीय निजामती ऐन नबन्दा कर्मचारी प्रशासन काम चलाउ ढंगले अघि बढेको छ । राजनैतिक नेतृत्व नभएपनि सरकार चलाउने कर्मचारी प्रशासनले हो । त्यसैले कर्मचारी प्रशासनलाई ‘स्थायी सत्ता’ भनिन्छ । ‘स्थायी सत्ता’ मानिने कर्मचारी प्रशासनलाई सहज ढंगले अघि बढ्न कानुनी प्रबन्ध गर्न सरकार चुकेको छ । संघीय निजामती ऐनको अभावमा प्रदेश सरकारले बनाएको प्रदेश निजामती ऐन निष्कृय भएको छ । स्थानीय सेवा ऐन बन्न सकेको छैन् । निजामती ऐन नबन्दा कर्मचारी प्रशासनमा आएको समस्या बारे सरकार जानकार नभएको होइन् तर स्वार्थ समूहको दवाव र प्रभावले कानुन बन्ने प्रक्रियामा ढिलाई भएको छ । सबै अवरोधलाई छिचोल्दै  कानुन निर्माणमा पहलकदमी लिने काम सरकारको हो । प्रदेशको शान्ति सुरक्षाको सवाल प्रदेशको एकल अधिकारको सूचीमा रहेको विषय हो । प्रदेश सरकारलाई शान्ति सुरक्षा कायम गर्न आवश्यक पर्ने प्रहरी समायोजन हुन सकेको छैन् । निजामती सेवा विधेयक प्रतिनिधि सभामा दर्ता भएपनि प्रहरी विधेयक अघि बढ्न सकेको छैन् । शिक्षा विधेयक प्रतिनिधिसभाको विषयगत समितिमा अड्केको छ । गुठी सम्बन्धी विधेयक संसद्बाट फिर्ता भएको चार वर्ष भइसक्यो । पुनः संसद लैजाने सुरसार छैन् । गुठी सम्बन्धी कानुन नबन्दा किसानले मोहियानी हक पाउन सकेका छैनन् । दाङमा गुठी पीडित किसान सडक आन्दोलनमा उत्रेका छन् । संघीयता कार्यान्वयनसँग सम्बन्धित ४० वटा कानुन बन्न बाँकी छन् । ती कानुन बनाउन संसदमा छरितो विधि अवलम्बन गर्न सकिन्छ ।


    विषयगत समितिहरुका सभापतिले समितिमा विधाराधीन विधेयक छिटो टुंगो लगाएर अघि बढ्न तयार भएका छन् । हिउँदे अधिवेशन कानुन निर्माणको अधिवेशन भएकाले पनि विषयगत समितिहरुको सक्रियता पनि उत्तिकै अर्थपूर्ण हुन्छ ।  सरकारले आवश्यक विधेयक संसद पठाउने र पठाएका विधेयक छिटो पारित गर्नका लागि व्यवस्थापिका प्रमुखसँग छलफल गर्न गर्नुपर्ने हुन्छ । 


    प्रधानमन्त्री र सभामुखबीच केही दिन अघि भएको भेट हिउँदे अधिवेशनमा विधेयक पारितका सन्दर्भमा केन्द्रीत भएको बताइएकाले प्रधानमन्त्री संसदमा अड्केका विधेयक छिटो पारित गर्न सक्रिय छन् भन्ने सन्देश प्रवाह भएको छ ।विगतमा कानुन निर्माणमा पटक्कै ध्यान नगएको पनि होइन्, स्वार्थ समूह हावी हुँदा सरकारलाई काम गर्न दिइएन्, सरकारले स्वार्थ समूहलाई कमजोर बनाएर अघि बढ्न सकेन् । अब विगतबाट पाठ सिक्दै अबको अधिवेशनमा कानुन निर्माणले प्राथमिकता पाउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij