२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्राम–लुम्बिनी बिजुली बस

रामग्राम–लुम्बिनी बिजुली बस

रामग्राम–लुम्बिनी बिजुली बस

रामग्राम–लुम्बिनी बिजुली बस

रामग्राम–लुम्बिनी बिजुली बस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • लुम्बिनी विकास कोषले रामग्रामदेखि लुम्बिनीसम्म बिजुली बस चलाउनु सकारात्मक छ । बौद्ध स्थलहरुको एकीकृत पर्यटन प्रवद्र्धन कार्यक्रम चलाउन दबाब परिरहेका बेला कोषले गरेको यो निर्णयले लुम्बिनीलाई आसपासका बौद्धस्थलमा पर्यटन प्रवद्र्धन गर्न बल पु¥याउने छ ।


    बौद्धमार्गीहरुका लागि बुद्ध जन्मस्थल लुम्बिनी जत्तिकै महत्वपूर्ण छ, रामग्राम । बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपलाई बौद्धमार्गीहरु श्रद्धा राख्छन् । कपिलवस्तु बुद्धले २९ वर्ष बिताएको स्थल हो । सिद्धार्थ गौतमभन्दा अघिका दुई बुद्धको जन्मले पनि कपिलवस्तु महत्वपूर्ण मानिन्छ । बुद्धसँग सम्बन्धित दर्जन विभिन्न स्थल रहेकाले कपिलवस्तुलाई खुला संग्रहालय मानिन्छ । अहिले लुम्बिनीमा आएका पर्यटकका लागि कपिलवस्तु, रामग्राम र देवदह पुग्न असहज भइरहेका बेला लुम्बिनी विकास कोषले बिजुली बस चलाएर लुम्बिनी आएका पर्यटकलाई रामग्राम, देवदह र कपिलवस्तु लैजाने अगुवाइ गरेको छ । कोषको यो अभियानले पर्यटक आवागमन विस्तार हुनेछ । लुम्बिनी आएका पर्यटक आसपासका बौद्ध स्थल घुमफिर गर्न पाउँदा उनीहरुको बसाइ लम्बिन सक्छ । 
    अहिले साताको तीन दिन लुम्बिनी–रामग्राम बिजुली बस सेवा चल्ने कोषका अधिकारीहरुले जनाएका छन् । प्रत्येक दिन बस चल्नुपर्छ । प्रत्येक दिन बस नचल्दा लुम्बिनी आएका पर्यटक बस चल्ने दिन कुरेर रामग्राम जाने साइत हेरेर बस्दैनन् । अहिले मान्छेलाई हरेक विषयमा छिटो–छरितो सेवा आवश्यक परेको छ । छिटोछरितो सेवाको अपेक्षा भइरहेका बेला छरितो सेवाबाट मात्रै लाभग्राहीको चित्त बुझाउन सकिन्छ । एशियाली विकास बैंकको अनुदान सहयोगमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७९ जेठमा लुम्बिनी विकास कोषलाई दिएको थियो । सेतो नम्बर प्लेटका ती बस र भ्यान त्यत्तिकै थन्किरहेका बेला पर्यटक बोक्न प्रयोग गरेर सदुपयोग गरेको छ ।


     दातृ निकायले दिएका सामग्रीको सदुपयोग हुनुको साटो त्यत्तिकै खेर जाने जोखिम बढिरहेका बेला कोषले सदुपयोगको बाटो रोजेको छ । रामग्राम–लुम्बिनी यातायात सेवालाई अझ विस्तार गर्दै जानुपर्छ, जसले लुम्बिनीसहित बौद्ध स्थलहरुको पर्यटकीय विकासमा सघाउ पु¥याउने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij